Onlinesiraha-Nepali |
- मिर्चैयामा शान्ति सुरक्षा फितलो मेयर यादव
- अर्नामा गापाका प्रमुख विरुद्ध आन्दोलन
- विदेशको मासिक ३ लाख त्यागेर राजेश्वर वडाध्यक्ष, गाउंमा विकासको रफ्तार
- राष्ट्रियता धोति र टोपिको बराबर : फोरम उपाध्यक्ष कार्की
- मिर्चैया : दुर्घटना न्यूनीकरण गर्न सवारीसाधन चेकजाँचमा कडाई
मिर्चैयामा शान्ति सुरक्षा फितलो मेयर यादव Posted: 29 May 2018 12:19 AM PDT दिनेश्वर गुप्ता नवसंग्राम दैनिक लहान, १५ जेठ । सिरहाको मिर्चैया क्षेत्रमा सुरक्षा व्यवस्था फितलो रहेको मिर्चैया नगरपालिकाका मेयर श्रवण यादवले बताएका छन् । ब्रह्मचारी दामोदरानन्द कलेज मिर्चैयाले आज गरेको पत्रकार सम्मेलनमा मेयर यादवले 'दिउंसै गुण्डा आएर कांलेज प्रमुखलाई कुटपिट गरेको छ । ' 'कुटपिट गर्ने कांलेजका पूर्व प्रमुख संजयकुमार साहलाई प्रहरी प्रशासनले तीन दिनमै रिहा गरिएको छ ।''शान्ति सुरक्षाको अवस्था दयनीय रहेकोले बजार र ग्रामिण क्षेत्रमा गुण्डागर्दी पहिले भन्दा ह्वातै बढ्ेको छ ।' उहांले बताउंनुभयो । ब्रह्मचारी दामोदरानन्द कलेज मिर्चैयाका निमित्त प्रमुख उमेश साह कुटिएपछि पूर्वप्रमुखलाई प्रहरीले जेठ ४ गते पक्राउ गरेको थियो । कलेज संचालनको समयमा निमित्त प्रमुख उमेश साहलाई कलेजका पूर्वप्रमुख संजयकुमार साहको नेतृत्वमा रहेको समूहले कलेजमा पुगेर कुटपिट गरेपछि पूर्व प्रमुख साहलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले पक्राउ गरेको थियो । प्रमुख साहलाई पूर्व प्रमुखका समूहले जेठ ३ गते कांलेज संचालनकै बेला कुटपिट गरिएको थियो । प्रमुख साहले भने 'म माथी अन्याय नै भएको छ ।, 'मलाई न्याय चाहियो ।' 'गुण्डाहरुको कुटाईले मेरो लेफ्ट साईडको टाउंको भित्रीरुपले फ्याक्चर र नाक अझै पनि दुख्ने गरेको छ ।' 'पेन किलर खाएर पीडा सहन गरिरहेको छु । ' ब्रह्मानन्द कांलेज मामा मधुरी साह र पूर्व प्रमुख उमेश साहको पेवा नै भएको स्थानीयहरुको दावी छ । करिब ६ बर्षदेखि मधुरी साह कांलेजको व्यवस्थापन समितिका अध्यक्ष रहेका छन् । अध्यक्ष साहले आफ्ना भन्जालाई कांलेजको प्रमुख बनाएर पांच कठ्ठा जग्गा दान गरिएपनि त्यसको बद्लामा कलेजको नाममा रहेको करोडौंको जग्गा उपयोग गरिरहेका छन् । मामा मधुरी साह र भन्जा उमेश साह मिलेर बिना प्रतिस्पर्धा शिक्षक भर्ना गरेको, कलेजको आय व्यय पारदर्शी नगरी लेखापरीक्षण गरिएको, कर्मचारीहरुलाई लामो समयदेखि तलब उपलब्ध नगराएको आरोप रहेको छ । त्यस्तै, कलेजको भवन निर्माणका लागि प्राप्त आएको अनुदान रकम अनियमितता गरेको, कलेजको नाममा विभिन्न निकायमा कीर्ते कागजात पेश गरेको लगायतका आरोप लगाउँदै कलेज संचालक समितिले २०७४ पुस १२ गतेको निर्णय अनुसार तत्कालीन कलेज प्रमुख साहलाई पदमुक्त गरी उप–प्राध्यापक उमेश साहलाई निमित्त कलेज प्रमुख बनाएपछि विवाद चुलिएको हो । पूर्वप्रमुखको रिट पनि खारेज संचालक समितिले उमेशलाई निमित्त कलेज प्रमुख बनाएपछि असन्तुष्ट बनेका तत्कालीन प्रमुख साहले उच्च अदालत जनकपुरको राजविराज इजलासमा दायर गरेको रिट २०७४ चैत २५ गते खारेज भएको थियो । अदालतले रिट खारेज गरेपछि कलेज संचालक समितिका अध्यक्ष मधुरी साहले अदालतको आदेशको अवहेलना गर्दै २०७४ चैत २६ गतेदेखि लागू हुने गरी संजय कुमार साहलाई कलेज प्रमुख नियुक्त गरेपछि विवाद उत्कर्षमा पुगेको हो । कलेज संचालक समितिको म्याद पछिल्लो मंसिर १६ गते सकिएपछि त्रिविले मधुरी साहलाई समितिको अध्यक्षमा पुनः ६ महिनाको लागि म्याद थपेर पाँच सदस्यीय समिति बनाई विधान संशोधन गर्न जिम्मा दिएको भएपनि उनले कार्यादेशविपरीत कलेज प्रमुख नियुक्त गरेको हो । नियमित पठनपाठनको मागसहित पछिल्लो माघ २४ गतेदेखि विद्यार्थीहरुले कलेजमा तालाबन्दी गरेपछि निमित कलेज प्रमुख उमेश साहको उपस्थितिमा ४ बुँदे सहमति गरी वैशाख ६ गतेदेखि कलेज संचालनमा आएको हो । ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी श्यामल सुब्बाले 'शान्ति सुरक्षाको निवेदन दिए हामी प्रमुख उमेश साहलाई संरक्षण गर्न तयार छु ।' 'यसको लागि प्रहरी निगरानी बढाउंछु र अपराधीलाई नियन्त्रण लिने जिम्मा हाम्रो हो ।' |
अर्नामा गापाका प्रमुख विरुद्ध आन्दोलन Posted: 29 May 2018 12:03 AM PDT दिनेश्वर गुप्ता नवसंग्राम दैनिक सिरहा, १५ जेठ । सिरहाको अर्नामा गाउंपालिका प्रमुख ठकु महतोले आफ्ना कार्यकर्तामुखी निर्णय गरेको आरोपमा नेपाली कांग्रेसका नेता कार्यकर्ता आन्दोलित भएका छन् । गाउंपालिका प्रमुखले कृषि, स्वास्थ्य, शिक्षा जस्ता जनताका प्रत्यक्ष लाभ हुने काममा न्यून रकम विनियोजित गरेकोले बैशाख १६ गते उनीहरुले ज्ञापनपत्र दिएका थिए । महिनो वितिसक्दा ज्ञापनपत्रको जवाफ नआएपछि कांग्रेस नेता कार्यकर्ता आन्दोलित भएका छन् । गाउंपालिकाले कार्यकर्ता पाल्न मठ मन्दिर, माटो कच्ची सडकमा बढी लगानी गरेको छ । मोटरसाईकल, ट्रायक्टर, घरमा दोहोरो लगाएको छ । समाजिक सुरक्षा भत्ता नबढाएको आरोप छ । कर्मचारी नियुक्ति गोप्य ढंगले गरिएको ,विना कोटेशनको दर्जनो गाडी भाडामा लिने तथा खरिद गर्ने, सडक निर्माण विना मापदण्डको रहेको, प्रतिपक्ष नेपाली कांग्रेसलाई विकास कार्यमा सहभागी नगराएको ,गठन गरिएका उपभोक्ता समिति तथा अस्टिमेटलगायतको प्रतिलिपि माग गर्दा वेवस्ता गरिएकोले आन्दोलनमा जानुपरेको गाउंपालिकाका पराजित प्रमुख रामअधिन यादवले बताए । उनले हाम्रा माग पुरा नभए जेठ २ गतेदेखि गापा परिसरमा १० देखि १२ बजेसम्म शान्तिपूर्ण धार्ना दिने, जेठ २७ गतेदेखि विहान १० बजेदेखि १२ बजेसम्म कार्यालयको कामकाज ठप्प पार्ने र शान्तिपूर्ण विरोध जुलुस र कोणसभा गर्दै सशक्त आन्दोलन गर्ने संघर्ष समितिका समेत संयोजक रामअधिन यादवले बताए । वडा ५ मा ३ लाखको ५ मिटर सडक निर्माणमा १ लाखसम्मको पनि काम नभएको स्थानीयको दावी छ । उपभोक्ता समितिका सदस्य रहेपनि भोला महतोकी बुहारीलाई जानकारी समेत नरहेको तर नक्कली कागजातको आधार रकम निकासी गरिरहेको छ । परिषद् अगावै कामकाज गरेको र अहिले उपभोक्ता समिति बनाएर रकम निकासामा लागेको गापा प्रमुखमाथी आरोप छ । |
विदेशको मासिक ३ लाख त्यागेर राजेश्वर वडाध्यक्ष, गाउंमा विकासको रफ्तार Posted: 28 May 2018 11:56 PM PDT दिनेश्वर गुप्ता नवसंग्राम दैनिक लहान, १५ जेठ । जनताको आग्रहमा विदेशमा ३ लाखको महिना कमाउंदै आएका राजेश्वर साह वडा अध्यक्ष बनेका छन् । अध्यक्ष साह आफ्ना गाउंठाउंलाई विकासको गति दिन आफ्नै निजी घर नै भत्काएर सडक मर्मत गरेका छन् । लक्ष्मीपुर पतारी ६ सितापुरका अध्यक्षमा निर्वाचित भएपछि आफ्ना वडाको ३२ वटा शाखा सडक र एउटा मुख्य सडक निर्माण तथा मर्मत गरेर विकास प्रेमी भएका छन् उनी । सितापुर बजारदेखि दक्षिण पथरगाडा धारसम्म २ किलो मिटरको सडकलाई २२ फिटबाट ३४ फिट चौडाईमा विस्तार गरेको छ । सोही सडक विस्तारको क्रममा अध्यक्ष साहले सबैभन्दा पहिलो आफ्नो कम्पाउण्ड वाल र घरको बरन्डा भत्काएर ग्राभेल मर्मत कार्य अघि बढाएको हो । मुख्य र शाखा सडक गरी ९० प्रतिशत ग्राभेलको काम गरिएको वडा सचिव फेकु यादवले बताए । सडक निर्माण तथा मर्मतसंगै अध्यक्ष साहले कृषि विधुतीकरण, खानेपानी र मठ मन्दिरको जिणोद्धारको काम गरेको छ । स्वास्थ्य चौकीको मर्मत र रंगरोगन समेत गरेर वडा नम्बर ६ लाई विकासको रफ्तार दिएको स्थानीय नथुनी साह र लिला परियार बताउंछन् । सितापुरमा सोलखर, कल्याणपुर, दवारी, सितापुर बजारलगायतको सडकमा यत्तिबेला खाल्टाखोल्टी पुरिएको छ भने विकासको गतिले सडकहरु दुरुस्त बनेको स्थानीय मलारी पासमान बताउंछन् । स्थानीय रामचन्द्र राम भन्छन् —'लाखौको जागिर त्यागेर आएका अध्यक्ष साहले गरेको कामप्रति हामी खुशी छु ।' 'हामीले चाहेको अध्यक्ष पाएको छु ।' 'दलित गरिबको शिक्षा स्वास्थ्यप्रति पनि उतिकै जागरुक भएर काम गरिरहेको महसुस भइरहेको छ ।' सुनिता साह भन्छीन् —' यहां पहिले खाल्टाखोल्टी थियो बेलगाडा चल्न पनि कठिनाई थियो ।' 'अहिले विकास भएपछि गाडीघोडा सहज रुपमा चल्न थालेको छ ।''अध्यक्षको कामप्रति हामी धेरै नै खुशी छु ।' |
राष्ट्रियता धोति र टोपिको बराबर : फोरम उपाध्यक्ष कार्की Posted: 28 May 2018 08:03 PM PDT राम नारायण पंडित, सिरहा, १४ जेष्ठ । संघिय समाजवादी फोरम नेपालका राष्ट्रिय उपाध्यक्ष युवराज कार्कीले देशमा राष्ट्रवादको कुरा गरेर गल्ति ढाकछोप हुने काम मात्र भइरहेको बताएका छन् । मिर्चैयामा आइतबार आयोजित संगठन बिस्तार तथा सुदृढिकरण कार्यक्रमको सम्बोधन गर्दै उपाध्यक्ष कार्कीले बर्तमान सरकारले सय दिन पुगेपनि उखान टुक्का वाहेक कुनै नयाँ काम गर्न नसकेको आरोप लगाए । उनले भने "यो देशमा राष्ट्रियता धोती र टोपि दुवैको वरावर छ, अहिलेको आवश्यक्ता संघियतालाई वचाउनु भएपनि संघियता मास्ने खेल भैरहेको छ ।" अधिकार प्राप्ति र पहिचानका लागि संघिय समाजवादी फोरम नेपालको बिकल्प नरहेको उनले दाबी गरे । कार्यक्रममा प्रदेश नं. २ फोरम नेपालका सचेतक शैलेन्द्र यादवका स्वकिय सचिव सिपी यादवले प्रदेश सरकारले गरिरहेको कार्य प्रगतिहरुको विवरण र केन्द्रिय सरकारले गरिरहेको हस्तक्षेपमाथि प्रकाश पारेका थिए । केन्द्रिय उप–सचिव प्रकास अधिकारी, उदयपुर जिल्ला इन्चार्ज देवराज राई, केन्द्रिय परिषद सदस्य विरेश्वर यादव, केन्द्रिय सदस्य अशेश्वर यादव र संगठन विस्तार समिति सदस्य रामभरोस महतो लगायतका नेताहरुले संगठनात्मक संरचनाको वारेमा प्रष्ट पार्दै अगामी रणनितीको बारेमा सहभागिहरुलाई प्रशिक्षण दिएका थिए । फोरम नेपाल सिरहा क्षेत्र नं. ४ (क) प्रदेश सभाका संगठन विस्तार समितिका संयोजक विष्णु साहको अध्यक्षतामा भएको कार्यक्रममा उदघोषण युवा नेता अजय कुमार यादवले गरेका थिए । |
मिर्चैया : दुर्घटना न्यूनीकरण गर्न सवारीसाधन चेकजाँचमा कडाई Posted: 28 May 2018 07:52 PM PDT राम नारायण पंडित, सिरहा, १४ जेष्ठ । सवारी साधन दुर्घटना भएर मानिसको ज्यान जाने क्रम बढेपछि ट्राफिक प्रहरीले सबारी साधन चेकजाँचमा कडाई गरेका छन् । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न सवारी चालकको लापर्वाही, मादक पदार्थ सेवन गरी सबारी साधन चलाउने, अत्याधिक यात्रु बोक्ने जस्ता कार्य घटाउन सक्रियता बढाएको हो । ट्राफिक प्रहरी पोष्ट मिर्चैयाले मातहतका स्थानमा सवारी साधनको चेकजाँचमा कडाई गरेका छन् । खासगरी पुर्बपश्चिम लोकमार्गमा लामो तथा छोटो दुरीका सवारी साधन गुड्ने र दुर्घटना हुने क्रम पनि बढेकाले चेकजाँचमा कडाई गरिएको ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका ईन्चार्ज (प्रहरी नायब निरिक्षक) मनोज चौधरीले बताए । नियम विपरीत सवारी साधन चलाएको पाइएपछि ऐन अनुसार कार्वाही गरिरहेको ईन्चार्ज चौधरीले बताए । उनले भने "नियम विपरीत सबारी चलाउने चालकलाई कुनै पनि सर्तमा छाड्न सक्दैनौं, आवश्यकता भन्दा बढी यात्रु कोच्ने बस, माइक्रोबस, म्याजिक भ्यान, हाइस ट्रक जस्ता सबारीलाई कार्वाही प्रक्रिया अगाडी बढाएको छौ ।" यात्रुहरुको चाप बढी हुने स्थान तथा रुटको पहिचान गरी सवारी चेकजाचमा कडाइ गरिएको उनले बताए । यात्रु बोक्ने बसदेखि सामान ढुवानी गर्ने ट्रक लगायतका सम्पूर्ण सवारी साधनहरुमाथी कडा चेकजाँच थालिएको ईन्चार्ज चौधरीले बताए । उनले भने "दुर्घटना कम गर्न अहिले कडा रुपमा लगेका छौ" यात्रुहरुलाई पनि यसमा सजग हुनु जरुरी छ ।" ट्राफिक नियमको पूर्ण पालना, ओभरलोड, यात्रुहरुको चाप र सवारी साधनमा यात्री संख्या लगायतका विषयमा सुरक्षा जाँचमा कडाई गरेको उनले बताए । सिट बाहेक यात्रुहरुलाई पनि उभिएर यात्रा नगर्न ईन्चार्ज चौधरीले अनुरोध गरेका छन् । उनले भने "यात्रुहरुले पनि बुझ्ने कुरा हो, तर बुझ्दैनन् बरु झुण्डिएर यात्रा गर्छन' हामी अब जनचेतना फैलाउनमा पनि लागेका छौं, जनचेतनाले यात्रुहरु सजग हुन्छ भन्ने हामीले बिश्बास लिएका छौं ।" झुण्डिएर यात्रा गर्दा दुर्घटना हुने भन्दै उनले यात्रु राखिसकेपछि ढोका बन्द गरेर मात्र सवारी चलाउन चालकहरुलाई अनुरोध गरेको हुन् । मातहतका क्षेत्रहरुमा छड्के चेकिंग र भिगरस चेकिंग खडागरी मादक पदार्थ तथा बिभिन्न प्रकारका नशालु पदार्थ सेवन गरी सवारी साधन चलाउनेमाथी कडा निगरानी बढाईएको ईन्चार्ज चौधरीले बताए । त्यस्तै, मोटरसाइकल चलाउँदा हेलमेट प्रयोग नगर्ने, दुईजना भन्दा बढी सबार भई यात्रा गर्ने प्रबृति बढ्दै गएकोले यसलाई नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्ने उनले दाबी गरे । अहिले बिभिन्न स्थानहरुमा दिउँसो तथा रातीको समयमा चेक प्वाईन्ट खडा गरी सवारी साधन चेकजाँचमा कडाई गरिएकोले दुर्घटनामा कमी आएको ईन्चार्ज चौधरीले बताए । बढदो सवारी दुर्घटना न्युनिकरणका लागि चालक तथा सहचालकहरुलाई भेला गरी सवारी दुर्घटना न्युनिकरणका लागि जनचेतना फैलाउने काम भईरहेको उनले बताए । ग्रामिण क्षेत्रमा जाने सवारी साधनले यात्रुसंगै छतभरी सामान बोक्ने परम्परा बढ्दै गएकाले त्यसलाई कडाइ गरी नियन्त्रण गर्ने ईन्चार्ज चौधरीले बताए । चेकजाँचमा कडाई गरेपछि राजस्वमा बृद्धि भएको समेत उनले दाबी गरे । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment