Onlinesiraha-Nepali |
राजपा ले दिए संगठन मा जाेड, संविधान संसाेधन नगरे आन्दोलन को सुनामी आउने : नेता सिंह Posted: 24 May 2018 10:11 PM PDT सप्तरी , १० जेठ । राष्ट्रिय जनता पार्टी ले संगठन मजबुत पार्न गाउँ स्तरीय भेला एवं अन्तरक्रिया लाई विशेष जोड दिएका छन । हालै बलान बिहुल गाउपालिका को मौवहा गाउँमा गरिएको कार्यकर्ता भेला ले विभिन्न निर्णय गरि सार्वजनिक गरेका छन । उक्त भेला ले बलान बिहुल गाउपालिका को ६ वटै वडा लाई सक्रिय गर्न वार्ड कमिटी गठन गरेको छ । प्राप्त जानकारी अनुसार वार्ड न. १ मा अध्यक्ष को लागि रामेश्वर यादव, वार्ड न. २ मा गगन (अमीत) गोईत, वार्ड न. ३ मा राम बिलास यादव, वार्ड न. ४ मा विरेन्द्र यादव, वार्ड न. ५ मा सम्पैत यादव र वार्ड. न. ६ को लागि दर्शन महरान लाई अध्यक्ष पदको लागि चयन गरिएको छ । नेता राम विलास यादव काे अध्यक्षता मा बसेको सो बैठक ले विभिन्न गते मिति र स्थानमा कार्यक्रम लाई निरन्तरता दिने निर्णय गरेका छन । जेठ ११ गते वार्ड न. १ को सरस्वती बजार , १२ गते वार्ड न. २ को चन्ही, १३ गते वार्ड न. ३ को मौवहा हटिया, १४ गते वार्ड न. ४ को बजरङ्गबली मन्दिर, १५ गते वार्ड न. ५ को कविर बजार र १६ गते वार्ड न. ६ को सेहरा मा. बि मा कार्यक्रम गरिने जानकारी प्राप्त भएको छ। साथै सबै कार्यक्रम को समय दिउँसो १ बजे तय भएको जनाईएको छ । कार्यक्रम मा बोल्दै राजपा नेपाल का उपाध्यक्ष मृगेन्द्र सिंह यादव ( राज बाबू) ले भने "आउदो दिनमा राजपा ले नै मधेस लाई निकास दिनेछ । " नेता सिंह सरकार को रवैया प्रती असन्तुष्टि व्यक्त गर्दै भने "सरकार ले संविधान सन्सोधन नगरे आन्दोलन को सुनामी ल्याउछौं " |
धनगढीमाईले ड्रोन उडाउंदै, विकासको लक्ष्यतर्फ बढ्दै Posted: 24 May 2018 10:01 PM PDT दिनेश्वर गुप्ता नवसंग्राम दैनिक लहान, १० जेठ । सिरहाको धनगढीमाई नगरपालिकाले समृद्ध बनाउन आफ्ना नगरक्षेत्रलाई नक्सांकनको लागि अत्याधुनिक प्रविधि ड्रोनको प्रयोग गर्न थालिएको छ । 'ड्रोन क्यामेरा'को प्रयोग गरी नगरको भौगोलिक अवस्थाको तस्बिर र भिडियो संकलन गर्न थालिएको नगरपालिका प्रमुख हरिनारायण चौधरीले बताएका छन् । बुधवार ड्रोन उडाएर नगरको विभिन्न ठाउँको तस्विर र भिडियो खिच्न शुरु गरिएको उहांले बताउंनुभयो । प्रमुख चौधरीले 'नगरभित्र कुन कुन ठाउँ कस्तो विकासको योजना आवश्यक छ, त्यसका लागि डिजिटल म्यापिङ्ग आवश्यक रहेकोले यो प्रविधिको सहयोग लिएको हो ।' विकास र समृद्धिको लागि सञ्चार प्रविधिको प्रयोग अतिउपयोगी रहेको नगर प्रमुख चौधरीले बताए । उनका अनुसार विकासका योजना प्रभावकारी बनाउन तथ्यांक आवश्यक छ । ड्रोन उडाएर सजिलै नगरको भौगोलिक अवस्थाबारे जानकारी हुने उनले बताए । वन जंगल, पोखरी, सिँचाई, खानेपानी, ढल, सडक लगायतका योजना कुन वडामा के आवश्यकता छ । त्यस अनुसार योजना बनाउन मद्दत पुग्ने नगर प्रमुख चौधरीले बताए । उनका अनुसार जेठ १५ गतेभित्र नगरको सर्वेक्षण सम्पन्न हुन्छ । नगरभित्रको समाजिक, आर्थिक अवस्था बुझ्न नगरमा घरधुरी सर्वेक्षण पनि गरेको प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले जानकारी गराउंदै जीपीएस ट्रयाकिङ्गको माध्यमले स्मार्ट फोनको प्रयोग गरी संकलकले नगरको सम्पूर्ण घरधुरी सर्वेक्षण सहज हुने छ । उहांले 'संकलन गरेको तथ्यांक नगरपालिकाको एप बनाएर त्यसमा राखिन्छ,' प्रमुख प्रशासकीय अधिकृत शर्माले भने, 'नगरको सम्पूर्ण अवस्थाबारे बुझन त्यसबाट सजिलो हुन्छ ।' दुई सय मिटर उचाईमा गएर ड्रोनले तस्बिर र भिडियो खिच्न मिल्ने ड्रोन विशेषज्ञ प्रसन्न महर्जनले जानकारी गराए । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment