Onlinesiraha-Nepali |
मिस एण्ड मिस्टर छनौट, लैगिंक हिंसा विरुद्ध प्रदेश २ मा अभियान Posted: 24 May 2018 09:28 AM PDT दिनेश्वर गुप्ता नवसंग्राम दैनिक लहान, १० जेठ । एक शान्त वातावरणमा मिठो स्वरको धुन चलिरहेको हुन्छ ।'जलवा.....जवाल' म्युजिकमा एक बलिउडकी कली जस्ती लहानको एक हांलमा दर्शक र जज हेरेको हेरे भए । कतिले नेपाली चलचित्रको अर्थात हालै एक मैथिली फिल्ममा नायिका खेलेकी केकी अधिकारीको भान देखियो । तर, उनी मुम्बई न काठमाण्डौ चलचित्र उद्योगको नायिका हुन् । उनी लहानको अधिकारी हुन् । ईला अधिकारी जो आज र्याम्प शोमा टप देखियो । यसमा पनि ईलाले एक्टिगं र डान्सले आफ्नो सुन्दरतामा सुगन्ध फिजाईदियो । प्रदेश २ स्तरीय मिस एण्ड मिस्टर आईकनको सिरहा सप्तरीको लागि गरिएको अडिशनमा आज दर्जनौ युवायुवतीले र्याम्प देखायो । यसका आयोजक विशाल विष्ट र राज थपलियाले लैगिंक विभेद विरुद्धको यो अभियानलाई सशक्त रुपमा अगाडि बढाउंन प्रदेश २ को अन्य जिल्लाबाट छनौट भएकालाई असार १० गतेभित्र फाइनल प्रदर्शन हुने बताएका छन् । फाईनल अगाडि छनौट भएका कलाकारहरुलाई २० दिने तालिम दिने भएको छ । एक्टर तथा कोरियोग्राफी राज थपलियाले 'मधेशी समाजमा रहेको बालविवाह, बहुविवाह, दहेजप्रथा, महिला हिंसा जस्ता घटनालाई न्यूनिकरण गर्न यो अभियान सवल बन्दै गएको छ ।' छनौटमा ५० कलाकारलाई २० दिनमा र्याम्प, पर्सनालिटी, फिटनेश, ब्यूटीकेयर, स्पीच, टाइलेन्ट सम्बन्धी तालिम दिने भएको छ । स्थानीय आयोजक मुहमुद आलमले 'प्रदेशका प्रतिभालाई आन्तरिक जागरण गरी नेशनल पहिचानको रुपमा स्थापना गर्न यो कार्यक्रम सार्थक हुने भएको छ ।' आजको कार्यक्रममा लियोनार्धो दाभिन्चीले विश्वविख्यात चित्र कोरेको एक सुन्दरीको चर्चा ऐतिहासिक नै बनेको छ । सोही रुप भएकी पुजा यादवको एक्टीभिटीले दर्शक र जजलाई उच्च मूल्यांकन गर्न बाध्य पारिदियो । र्याम्प अन्तिम फाईनल जनकपुरमा हुने भएको छ । |
जन्म दिनको अवसरमा दृष्टि विहिन वालवालिका लाई सहयोग Posted: 23 May 2018 09:19 PM PDT फिरोज शेख लहान २०७५ जेष्ठ ९। सिरहाको लहानमा अवस्थित पशुपति आदर्श उच्च माविमा अध्यनरत र सोहि माविको दृष्टि विहिन होस्टलमा बस्दै आएका दृष्टि विहिन विद्यार्थीहरु लाई सगरमाथा चौधरी आखा अस्पतालको ओए श्रेणीमा अध्यनरत एक विद्यार्थीले आफ्नो जन्म दिन दृष्टि विहिन बालबालिका संग मनाएकी छिन। मेचीनगर १ झापा बस्ने हेम सगर भट्टराई र लक्ष्मी भट्टराई की छोरी मोनिका भट्टराईले आज १८ वसन्त पार गरि १९ वसन्तमा प्रवेश गर्दै जन्मदिनको नाममा अत्यधिक तडक–भडक गर्ने परम्परालाई चुनौति दिँदै उनले दृष्टि विहिन विद्यार्थीहरु संग रमाइलो गरेर जन्मदिन मनाएकी हुन् । मोनिकाले असहाय दृष्टि विहिन बालबालिकाहरुका लागि होस्टेलमा ३ वटा सिलिङ्ग पंखा उपलव्ध गराउनुका साथै फलफुल , मिठाई , जुस वितरण गर्दै उनीहरुसँगै सामुहिक रुपमा आफ्नो जन्म दिन मनाएकी छिन। हरेक बालबालिकालाई रमाइलो गर्ने , खेलकुद गर्ने, नाच्ने , गाउने , पढाई लेखाइ संगै माया प्रेम स्नेह पाउने चाहना हुने गरेको बताउँदै मोनिकाले भनिन् 'यस होस्टेलका बालबालिकाहरु लाई पनि सबैले माया, ममता र दुलार गर्नुपर्छ त्यसैले मैले आफ्नो स्तरबाट भुमिका निभाउने प्रयास मात्र गरेको छु ।' त्यसैले आफ्नो जन्मदिनको अवसरमा यी विद्यार्थीहरुको होस्ला बढाउन विना तडकभडक शान्तमय वातावरणमा यी बालबालिकाहरु संग आफ्नो जन्मदिन मनाएको उनले बताईन् । 'आफ्नो क्षमता भ्याएसम्म समाजकालागि केही नकेही कामहरु गर्दै जानुपर्छ' मोनिकाले भनिन् 'दृष्टि विहिन असहाय विद्यार्थीका साथ रमाइलो गर्न र सहयोग गर्न पाउदा म सर्वाधिक खुशी छु।' उक्त अवसरमा पशुपति आदर्श उच्च माविका शिक्षकहरु शोभित चन्दिग्र्ह , राम उदगार यादव ,शुभास चन्द्र निरौला , सम्भु यादव लगायत लहान एभरेष्ट कलेजका प्रिन्सिपल चक्रपाणी दाहाल , प्रमुख धरणीधर अधिकारी , शिक्षक ललित महतो , संचारकर्मी फिरोज शेख , रमिता नेपाल लगायतको उपस्थिति रहेको थियो।'दृष्टि विहिन होस्टलमा हाल १२ जना विद्यार्थी बसिरहेका छन् । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment