/ Undifined / [Marganugami Daily] जसोतसो उठाउँदै भन्सार राजस्व

[Marganugami Daily] जसोतसो उठाउँदै भन्सार राजस्व

रामबाबु यादब
सिरहा, १८ वैशाख । भारतको मुख्य बजारसँग जोडिएको सीमा नाका भए पनि लक्ष्य अनुसारको भन्सार असुली हुन नसकेपछि सिरहा भन्सारको राजस्व सम्बन्धित निकायहरुले जसोतसो उठाउँदै आएका छन् ।
माडरको खैरटोकामा रहेको सिरहा भन्सार कार्यालयको चालु आर्थिक वर्षको राजस्व लक्ष्य १५ करोड ७८ लाख भए पनि उक्त कार्यालयले चैत मसान्तसम्म छ करोड २५ लाख ८७ हजार मात्र भन्सार असुली गर्न सकेको छ । लक्ष्यको अनुपातमा ४० प्रतिशत मात्र उठ्ती भएको उक्त राजस्वमध्ये अधिकांश राजस्व भन्सार र नेपाल प्रहरीको गस्ती टोलीले बरामद गरेको मालसमान को लिलामीबाट उठेको हो ।
सिरहा भन्सार कार्यालयको तथ्याड्ढ अनुसार, चालु आर्थिक वर्षको चैत मसान्तसम्म ११ करोड ३४ लाख भन्सार असुली गर्नुपर्ने लक्ष्य थियो तर उक्त अवधिमा छ करोड २५ लाख ८७ हजार मात्र भन्सार असुली भएको छ । विगतको छोटी भन्सार कार्यालयहरु झाँझपट्टी र औरही हाल अस्तित्वमा नआएपनि त्यहाँ सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) कार्यालय छ । माडर, ठाडी र बरियारपट्टीमा भन्सार कार्यालयका कर्मचारीहरु उपलब्ध भए पनि त्यहाँबाट भन्सार नतिरी तस्करहरुले झाँझपट्टी, औरही, लगाडिगढियानी लगायत सीमावर्ती नाकाबाट चोर बाटो अपनाई मालसमान भित्र्याउने गरेको पाइएको छ ।
यहाँ भन्सार काटेर भन्दा पनि चोर बाटो अपनाएर नै मालसमान भित्र्याउन व्यापारीहरु पल्किएका रहेछन्, सिरहा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र हमालले भने, सोही कारण दिनरात गरेर त्यस्ता सामानहरु पक्रिएको पक्र्यै छौ । 'भन्सार कार्यालयमा सड्ढलित राजस्वको ठूलो हिस्सा गस्तीको क्रममा तस्करीका सामान बरामद गरी लिलामी गर्दा उठेको राजस्व हो , उनीले भने–जबसम्म यहाँ यथेष्ट कर्मचारी र छुट्टै राजस्व प्रहरी दिइदैन तबसम्म यहाँको भन्सार असुलीमा प्रगति हुन सक्ने अवस्था छैन ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरिक्षक शेखर कोइरालाले भारतबाट आयात हुने भन्सार छलीका समानदेखि तेश्रो मुलुकबाट आयातित मालसमानहरु भारतसम्म पु¥याउने गिरोह नै सक्रिय रहेको उल्लेख गर्दै त्यस्ता गिरोहको पहिचान गरी चोरी पैठारी तथा निकासीमा कडाई अपनाइएको बताए ।
शान्ति सुरक्षाको नाजुक अवस्थाका कारण सिरहाको सम्पूर्ण प्रहरी इकाईहरु त्यसैतर्फ व्यस्त रहेकोले सिरहा प्रहरीले चाहेर पनि भन्सार चोरीतर्फ ध्यान दिन सकेको छैन, प्रउ कोइरालाले भने, भन्सार चोरीलाई रोक्न छुट्टै राजस्व प्रहरी तैनाथ गर्नु यहाँ अत्यन्त आवश्यक देखिएको छ तर पनि नेपाल प्रहरीले तस्करीप्रति देखाएको कडाईका कारण चालु आर्थिक वर्षमा मात्र एक करोड ५८ लाख ७९ हजार ७९५ रुपियाँ बराबरको १९ थान सवारी साधन तथा विभिन्न किसीमका मालसमानहरु बरामद गरेर भन्सार कार्यालयलाई जिम्मा लगाएका छौ ।


--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 5/01/2018 09:50:00 PM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment