जनकपुरधाम । वैशाख । भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीले मिथिलाञ्चलको राजधानि जनकपुरबाट मैथिलीमा मिथिलाञ्चल बासी लगायतलाई सम्वोधन गर्नु हुने छ ।
प्रधानमन्त्री मोदी २८ वैशाख बिहान जनकपुर पुग्नेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा मिथिलाञ्चलको राजधानि जनकपुरबाट मैथिलीमा मिथिलाञ्चल बासी लगायतलाई अभिनन्दन समारोह मैथिली भाषामा सञ्चालन गरिने निर्णय गरिएको छ ।
'जनकपुर सीताको जन्मस्थल हो । मैथिली यहाँको भाषा हो । मोदीलाई मैथिली भाषामा अभिनन्दन गर्दा यस भूमिको पनि सम्मान हुन्छ ।'
मिथिलाका नगर क्षेत्रका मुख्य इलाकालाई केसरिया रङमा रंगाउने अभियान पनि सुरु भएको उनले बताए । बाह्रबिघादेखि जानकी मन्दिरसम्मको ५ सय मिटर नयाँ सडक निर्माण गर्ने तथा उक्त सडकको दुवैतर्फ मिथिला पेन्टिङको अभियान थालेको छ । विवाहमण्डप तथा बाह्रबिघा रंगभूमि मैदानको पर्खालमा मिथिला पेन्टिङ गर्ने काम सुरु भएको छ ।
विमानस्थलदेखि राममन्दिर, रामानन्द चोकदेखि जानकी मन्दिर, बाह्रबिघा पश्चिम र उत्तरको सडक मर्मत सम्भार कामलाई पनि तीव्र बनाइएको छ ।
भारतीय प्रधानमँिन्त्र नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्रि केपी शर्मा ओलिले संयुक्त रुपमा रमायण सकिटको उद्घाटन गर्ने स्रोतले जानकारी दिए । प्रधानमन्त्री मोदी २८ वैशाख बिहान जनकपुर पुग्नेछन् । जनकपुरस्थित जानकी मन्दिरमा प्रधानमन्त्री ओलीले मोदीको स्वागत गर्नेछन् । मन्दिरमा विशेष पूजा अर्चनापछि मोदीको सम्मानमा जनकपुर उपमहानगरपालिकाले नागरिक सम्मान गर्ने कार्यक्रम छ जहाँ मोदीले मुख्य बक्ताका रुपमा नेपाल भारत सम्बन्धबारे सम्बोधन गर्नेछन् । त्यहाँ प्रधानमन्त्री ओलीले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
२८ वैशाखमा मोदी काठमाडौं पुग्नेछन् । उनलाई टुंडिखेलस्थित सैनिक मञ्चमा नेपाली सेनाको टोलीले सैनिक गारत सम्मान ९गार्ड अफ अनर० दिनेछ । टुंडिखेलमा गार्ड अफ अनर पाउने उनी दोस्रो प्रधानमन्त्री हुनेछन्, यसअघि पाकिस्तानका प्रधानमन्त्री सहिद अब्बासी आउँदा टुंडिखेलमा उनको सम्मानमा सेनाले गार्ड अफ अनर दिएको थियो ।
मोदीले राष्ट्रपति भवन शितलनिवासमा राष्टपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसँग बेग्लाबेग्लै भेटवार्ता गर्नेछन् । सोही दिन परराष्टमन्त्री प्रदिप ज्ञवालीले भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । २८ वैशाखमै दुवै प्रधानमन्त्रीबीच औपचारिक प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ । काठमाडौंबाट ओली र मोदीले अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्ने कार्यक्रम छ ।
मोदी २९ वैशाखमा मुक्तिनाथ दर्शनका लागि जाने कार्यक्रम छ । मुक्तिनाथबाट फर्केपछि मोदीको सम्मानमा काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । यसअघि प्रदेश सरकारले नागरिक अभिनन्दन गर्ने कार्यक्रम राखे पनि नगरपालिकास्तरबाट सम्मान हुने भएको हो ।
मोदीले २०७१ साउन र मंसिरमा दुईपटक नपाल भ्रमण गरेका छन् । प्रधानमन्त्रीका रुपमा उनको यो तेस्रो नेपाल भ्रमण हो भने दोस्रो राजकीय भ्रमण हो । नेपालमा संविधान जारीसँगै संविधान कार्यान्वयनपछि नेपाल भ्रमण गर्ने संसारका सबैभन्दा उच्च नेता पनि उनी नै हुन् ।
प्रधानमन्त्री मोदीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, मधेस केन्द्रित दलका शीर्ष नेतासँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ । भारतीय विदेश मन्त्रालयले यो भ्रमणलाई उच्चस्तरीय भ्रमणको लामो परम्पराको निरन्तरता भनेको छ ।
--
Posted By madheshexpress.com to JANLOKPRIYA at 5/05/2018 10:47:00 PM
No comments:
Post a Comment