जनकपुरधाम । २३ बैशाख । मन्दिरमा विशेष पूजा अर्चना नागरिक अभिन्नदन पछि प्रधानमन्त्री मोदीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, मधेस केन्द्रित दलका शीर्ष नेतासँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ । भारतीय विदेश मन्त्रालयले यो भ्रमणलाई उच्चस्तरीय भ्रमणको लामो परम्पराको निरन्तरता भनेको छ ।
मोदीले २०७१ साउन र मंसिरमा दुईपटक नपाल भ्रमण गरेका छन् । प्रधानमन्त्रीका रुपमा उनको यो तेस्रो नेपाल भ्रमण हो भने दोस्रो राजकीय भ्रमण हो । नेपालमा संविधान जारीसँगै संविधान कार्यान्वयनपछि नेपाल भ्रमण गर्ने संसारका सबैभन्दा उच्च नेता पनि उनी नै हुन् ।
--
Posted By madheshexpress.com to JANLOKPRIYA at 5/05/2018 11:00:00 PM
No comments:
Post a Comment