सिरहा, १० वैशाख । सडकक्षेत्र कायम गर्दै मिचेको भाग खाली गर्न चिनो लगाएको महिनौं दिन भइसक्दा अटेरी गर्नेहरुको विरुद्धमा सिरहा नगर पालिकाका वडाध्यक्ष महेश यादवले डोजर चलाउन लगाए ।
चालु आर्थिक वर्षको योजना कार्यान्वयन गर्न वडा कार्यालय सम्लित स्थानीयहरुको सहभागीता रहेका टोलीले सडक क्षेत्र कायम गर्दै बाँकी भाग खाली गर्न चिनो लगाउदै सार्वजनिक सूचना जारी गरेपनि केही व्यक्तिहरुले अटेरी गर्दै आएको थियो ।
मापदण्ड अनुसारको सडकक्षेत्र खाली नहुँदा उपभोक्ता समितिलाई निर्माण कार्य सुचारु गर्न कठिनाई हुँदै आएको वडाध्यक्ष यादवले बताए । वडाभित्रका सबै सडकलाई मापदण्ड अनुसार कायम गरी क्रमिक रुपमा सबैमा आरसीसी ढलान गर्ने योजना कार्यान्वयन गरिने उनले जनाए ।
२ सय २० मिटर रामजी तत्माको घरदेखि शंकर दास तत्माको घरसम्म १५ को लागतमा १३ फिट चौडाई सडकमा ८ इन्चको आरसीसी ढलान गरिने उपभोक्ता समितिका अध्यक्ष जितेन्द्र दासले बताए । अबको दुईदिन भित्र ढलान कार्य सुचारु गर्ने उनले जनाए ।
'यो वर्षको बजेटले भ्याएसम्म आरसीसी ढलान गरिने,'वडाध्यक्ष यादवले भने,'बाँकी सडकमा ढलान र पानी निकासको लागि नाला आउदो वर्षको बजेटबाट बनाउनेछु ।' वडाबासी समक्ष गरेको प्रतिबद्धता अनुसार विकासका योजनाहरु बनाएर लागु गराउने उनले जनाए ।
जनप्रतिनिधि विहिनताको अवस्थामा बजेट विनियोजन र उपभोक्ता समिति गठन गरेर केही व्यक्तिहरुको विवादका कारण उक्त सडकको विकास हुन सकिरहेको थिएन् । केही व्यक्तिहरुको सडक चेपुवा नीतिले पैदल यात्रीलाई आवत आवत गर्न समेत समस्या हुने गरेको स्थानीय राकेश मण्डलले बताए । सडककमा आरसीसीसँगै पानी निकासको लागि नाला बनाउनुपर्ने अतिआवश्यक भएको उनले थपे ।
'दशकौंको सपना पुरा भयो, ६५ वर्षिय मोल्हा दास भन्छन्,'अरु त जसो त्यसो गइहाल्थ्यो तर हामीलाई वर्षातको महिनामा सडकमा भएको हिलोले ज्यादै समस्या हुन्थ्यो । सडक बानाउन आफुहरुले थालेको प्रयास केही व्यक्तिका झेलीपनले विफल हुँदै आएको उनले थपे ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 4/24/2018 01:31:00 AM
No comments:
Post a Comment