मिथिलेश यादव
सिरहा, १० वैशाख । सिरहाको धनगडिमाई नगरपालिका–९ मा खानीको नाममा अनियन्त्रीत ग्राभेल उत्खन्न भैरहेको छ । जिल्ला समन्वय समितिबाट ईजाजत नलिई ग्राभेल उत्खन्न भैरहँदा पनि नियन्त्रणकारी निकाय चुपचाप छ ।
जिल्लाभित्र विकास निर्माणका काम अवरुद्ध नहोस भनेर तत्कालिन स्थानीय विकास मन्त्रालयको सचिव स्तरीय निर्णययबाट नीजि खानी सञ्चालन सम्बन्धी कार्य्बिधी तयार पारेर नीजि खानी अनुमती दिने प्रावधान बनायो । ०.२५ वर्ग्किलोमिटर जग्गामा नीजि खानी सञ्चालन अनुमती जिल्ला समनवय समितिले दिनसक्ने कार्य्विधिले प्रावधान तोकेको छ । राजमार्गबाट एकसय मिटरको दुरी, घनाबस्ती र बनबाट १०० मिटरभन्दा बढी, हाईटेन्सन लाईनबाट ५० मिटर दुरी राखेर मात्र अनुमती दिन मिल्ने मापदण्ड समेत कार्यविधिमा उल्लेख छ । तर, यहाँ कार्यविधि, मापदण्ड, नियमलाई धज्जी उडाउँदै प्रहरी, जिल्ला समन्वय समिति र खानी सञ्चालकको सेटिंगमा गैरकानुनी रुपमा अनियन्त्रीत ग्राभेल उत्खन्न भैरहेको छ ।
हामी निर्वाचित भएर आईसकेपछि यो खानी रोक्न प्रयास पनि गर्यौ, धनगडिमाई नगरपलिकाका प्रवक्ता समेत रहेका वडाअध्यक्ष प्रकाश योन्जनले भने,'जिल्ला समन्वय समति बीचमा आएपछि हामी पछि हट्न बाध्य भयौं । वनजंगल, बस्तीको बीचमा खानी सञ्चालनको अनुमती दिएर सुरुमा जिल्ला समन्वय समितिले पनि नियम मिच्यो । त्यसपछि खानी सञ्चालकहरु अर्को अर्को जग्गामा समेत अनियन्त्रीत उत्खन्न सुरु गर्न थाल्यो स्थानीय बताउँछन् ।
नीजि खानी सञ्चालन सम्बन्धी कार्य्बिधिले तोकेको मापदण्डबाहिर गएर उत्खन्नकार्य भैरहँदा बस्ती, हाइटेन्सन पोल, नजिकैको वनमा जोखिममा बढाएको स्थानीयको गुनासो छ । बस्तीको बीचभागमा अनियन्यत्रीत उत्खन्न गरी खहरे खोलो जस्तो बनाइदिएपछि बस्ती बाढी पहिरोको जोखिमामा परेको स्थानीयहरु बताउँछन् । उत्खन्न र उत्खन्न गरीएका ग्राभेल ढुवानी गर्ने टिपरले उडाउने धुलोले स्थानीय आजित बनेको स्थानीय डेनोक मोक्तानले बताए ।
जिल्ला समनवय समिति र स्थानीय प्रहरीको संरक्षणमा यहाँ धेरैले प्राकृतीक स्रोतमाथी दोहन तिब्र पारेका छन, मोक्तानले भने,'अनियन्त्रीत दोहान रोक्न नियमनकारी मौन बस्नु बिडम्बना हो । स्थानीय एक किसानले भने,'प्राकृतिक स्रोतको अनियन्त्रीत दोहान गर्नेसँग धन छ, धनको अगाडी नियमनसियम फिका पर्छ । खानी सञ्चालनको अनुमती दिने र त्यसउपर निगरानी गर्न जिल्ला समनवय समितिमा प्राविधिक उपसमिति गठन गरिएको छ । समितिमा जिल्ला प्राविधिक कार्यालयका डिभिजनल ईन्जिनियर, वातवारण तथा उर्जा शाखाका इन्जिनियर र राजस्व शाखाका प्रमूखगरी तीनजना छन् ।
उपसमितिका सदस्य राजस्व शाखाका प्रमूख महेन्द्र यादवका अनुसार यहाँ धनगडि ९ मा सञ्चालित खानीले कानुन, नियम र मापदण्ड मिचेकै हो । यसलाई नियन्त्रणका लागि ईलाका प्रहरी कार्यालय धनगडिका प्रहरी नायव निरीक्षक मोहम्मद नुरुललाई अग्राह गर्दा बेवास्ता गरेको यादवले बताए । प्रहरी नायव निरीक्षक नुरुलले भने,'खानी नियमन र अनियन्त्रीत उत्खन्न रोक्ने हाम्रो काम होईन । नियम मिचेर उत्खन्न गर्ने उपर कारबाही गर्न जिल्ला समन्वय समिति नै काफी छ । काराण अनुमती दिनेसँग कारबाही गर्ने अधिकार सुरक्षित हुन्छ । तर, मिलेमतो ढाकछोप गर्न जिल्ला समन्वय समितिले प्रहरी र प्रहरी जिल्ला समन्वय समिति देखाउँदै पन्छिदै छ । खानीको नाममा ग्राभेल उत्खन्न गरी ५० फिटसम्म गहिरो खाल्डो पारिएको छ । यहाँ सञ्चालित खानीबाट निकालिए को ग्राभेल सिरहा, सप्तरी र धनुषाको ढल्केबरसम्म सप्लाई हुने गरेको छ । यहाँबाट दैनिक करिब तीनसय टिपर ग्राभेल गैरकानुनी उत्खन्न गरि निकासी भैरहेको छ ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 4/24/2018 01:28:00 AM
No comments:
Post a Comment