राम नारायण पंडित, सिरहा, ०१ चैत । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको चोहर्वामा ट्रिपरको ठक्करले मोटरसाइकलमा सबार एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएको छ । आज बिहान पूर्वबाट पश्चिमतिर जाँदै गरेको स १ क १७१ नम्बरको ट्रिपरले विपरीत दिशाबाट आउँदै गरेको स ३ प १४५६ नम्बरको मोटरसाइललाई ठक्कर दिँदा गम्भिर घाइते भएका मिर्चैया नगरपालिका ७ फूलबरिया बस्ने अन्दाजी २४ वर्षीय रामप्रताप यादवको उपचारको क्रममा मंगलम हेल्थकेयरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय मिर्चैैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) गजुसिद्धि बज्राचार्यले जनाएको छ ।
त्यस्तै, मोटरसाइकलमा सबार सोही स्थानका अन्दाजी २३ वर्षीय उदयचन्द्र यादवको स्थानिय स्तरमा उपचार सम्भब नभएपछि थप उपचारका लागि काठमांडौ रेफर गरिएको प्रहरीले जनाएको छ ।
यता, ट्रिपर र चालक प्रहरी नियन्त्रणमा रहेको डिएसपी बज्राचार्यले बताए । शब पोष्टमार्टमका लागि राम कुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पताल लहान पठाईएको प्रहरीले जनाए ।
बिरोधमा चक्काजाम र तोडफोड
ट्रिपरको ठक्करले एक जनाको मृत्यु र एकजना गम्भिर घाइते भएपछि आक्रोशित स्थानियहरुले पुर्बपश्चिम राजमार्गको चोहर्वा सडकखण्डमा चक्काजाम गरेका थिए । चक्काजामको क्रममा काठमाडौंबाट पूर्वतिर जाँदै दुई बटा माइक्रोमा समान्य तोडफोड भएको बताईएको छ । घटनापछि मिर्चैया प्रहरीले ठूलो संख्यामा प्रहरी परिचालन गरी स्थिति नियन्त्रणमा लिएको थियो ।
--
Posted By Samagrasandesh to Samgrasandesh.com at 3/14/2018 11:34:00 PM
No comments:
Post a Comment