बारा, १ चैत । धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा बारा प्रहरीले एक जनालाई सार्वजनिक गरेको छ ।
बाराको सिम्रौनगढ नगरपालिका–४ मा धारिलो हतियार प्रहार गरी भारतको पुर्वी चम्पारण विहारका २९ वर्षिय अजय माझीलाई हत्या गरकेको आरोप प्रहरीले विहारकै २० वर्षिय अवधेश कुमार माझीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
सिम्रौनगढको ताहिद मियाँ अन्सारीको गहु खेतमा माझीको हत्या भएको प्रहरीले जनाएको छ । पक्राउ परेका माझीलाई कर्तव्य ज्यान मुद्दामा बारा जिल्ला अदालतबाट म्याद गरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको छ ।
--
Posted By madheshexpress.com to JANLOKPRIYA at 3/14/2018 10:07:00 PM
No comments:
Post a Comment