/ Undifined / [Samgrasandesh.com] एक सफल समाजसेवीको देहावसान, जसले जिबन समाजसेवामा नै बिताए !

[Samgrasandesh.com] एक सफल समाजसेवीको देहावसान, जसले जिबन समाजसेवामा नै बिताए !

मुकेश यादब, सिरहा । समाजमा बिभिन्न किसिमका ब्यक्ति जन्मिन्छन् । जसमा कोहि समाजमा सम्झन लायक हुन्छन् भने कोहि तिरस्कृत हुन्छन् । कोहि संसार छाडेर गएपनि उनले गरेका सेबाहरु मानसपटलमा सधै गुन्जिरहेका हुन्छन् । संसारको यो चक्रमा सिरहा जिल्लाको उत्तरबर्ती क्षेत्र चुरेको कोख साबिक चन्द्रदोयपुर गाउँ बिकास समिति बडा नं. ३, हाल गोलबजार नगरपालिका बडा नं. १० डन्डामा बि. स. १९९८ सालमा समान्य परिबारमा बुबा अवधी महतो र आमा पारो देबी महतोको कोखबाट एउटा होनहार समाजसेबी शुभनारायण महतोको जन्म भयो । महतो जिबनको सुरु देखि नै समाजप्रति उत्तरदायित्ब बहन गर्ने स्वभाबका थिए, उनका साथीहरु बताउँछन् । स्थानिय स्तरमै एसएलसीसम्म अध्ययन गरेका महतोले जिबनको उत्तरार्धमा धेरै आरोह–अबरोहहरुलाई सामना गर्दै समाजमा एउटा सबल समाजसेबीको रुपमा स्थापित भए । उहीं समाजसेबी महतो हामीलाई छाडेर बिदा भए, अब हामी बिचमा रहेनन् । भनिन्छ, राम्रो फुललाई चाँडै मान्छेले टिप्छट । त्यस्तै महतोको पनि चाडै दैबले टिप्यो । समाजसेबी महतोको यहि फाल्गुन २७ गते ७५ बर्षको उमेरमा घरमै निधन भयो । लेख्न नचाहेर समाजसेबी महतोको जिबनमा आएको उतारचढाब र उसले समाजमा गरेका कामहरु लेख्न साहस गरेको छु । एउटा अभिभाबक र सहयात्री गुमाउँदा भईहरको अभाबको पिडा बेहोर्न बाध्य भएका छन्, स्थानिय डन्डाबासी । स्व. महतोले सदैब समाजमा असल काम गरेर उदाहरणीय बनिरहे । 

स्थानिय दुखी यादब भन्छन् "समाजसेबी महतो बाचुन्जेल हामीले एक्लोपना कहिले महशुस गरेनांै, उसले सधै समाजका बिकासका लागि तत्पर रहिरहे, उनको नरम स्बभाब, मिलनसार, सहयोगी ब्यबहार अहिले पनि आखाँ अगाडी झझल्को आईरहेका छन् ।" त्यस्तै अर्का नन्दलाल महतोले भन्छन् "समाजसेबी महतो रहुन्जेल हामीले उँहालाई अभिभाबकको रुपमा मान्थ्यौं, उहाले पनि आफना घरपरिबार जस्तै सबै गाँउबासीहरुलाई सम्झन्थे, कसैलाई दुजाँभाब कहिले गरेनन् । उनको मृत्युले हामीलाई सधै एउटा असल अभिभाबकको अभाब खट्किनेछ, हामी एउटा असल अभिभाबक गुमाएको महसुस गरिरहेको छौं ।" 

स्व. समाजसेबी महतोले जिबनको अन्तरालमा बि.स. २००२ सालमा डन्डामा प्रा. बि. स्कुलको स्थापना गरी मृत्यु हुनेबेलासम्मा उच्च मा.बि. स्तरसम्म बनाउन सफल भयो । उनले बि.स. २०३२ सालमा जिल्ला पंचायत सिरहाको सदस्य, बि.स. २०२२ सालमा डन्डामा रामकबिर कुटिट्को स्थापना गरे । त्यस्तै, उनले बि.स. २०५२ सालमा कबिर कुट्टि चोहर्बाको स्थापना समेत गरेका थिए भने बि.स. २०६५ सालसम्म उक्त चोहर्बा कुट्टिको अध्यक्ष पदमा २ कार्यकाल बिताए । स्व. समाजसेबी महतोले डन्डामा रहेको उमाबिको हालसम्म ब्यबस्थापन समितिको अध्यक्षको भुमिकामा समेत रहीरहे ।  

सबैका आँखाका नानी बन्नु भएका महतो अस्ताउँदा सिंगो डन्डाबासीलाई क्षति भएका छन् । नागरिकहरुको हकहितका लागि सधैं लड्रिहने, आवाज उठाइरहने महतोको दुखद निधनले सबै भावविव्हल भएका छौं स्थानिय अशेश्वर महतोले भने ।
महतो राजनीतिका साथै समाज सेवामा सधै तल्लिन हुनुहुन्थ्यो, यस्तो व्यक्ति समाजमा कमै भेटिन्छन, स्थानिय माओबादी नेता रामचन्द्र महतोेले सुनाए । निधन भएको खबर पाएलगत्तै स्थानियहरु उनको निवास पुगेका थिए । उनको निधन भएको दिन गाँउमा २ बटा बैबाहिक कार्यक्रम रहेको भएपनि स्थानियहरुको भिर महतोको निबासमा लागेका थिए उनले थपे । 
नेकपा माओबादी केन्द्र निकट रहेका समाजसेबी महतो समाजमा छुट्टै पहिचान बनाउन सफल रहे  ।


--
Posted By Samagrasandesh to Samgrasandesh.com at 3/16/2018 02:13:00 AM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment