सप्तरी, २ चैत । चैत १ गते गर्ने भनिएको बलान बिहुल गाउपालिका को प्रथम गाउसभा बिबादै बिबाद को भुमरीमा परि स्थगित भएको छ । स्थानीय कानुन संवत् गाउसभा नबोलाएको भन्दै स्थानिय ले गाउसभालाई भंग गरि गाउपालिका भवनमा अनिश्चितकालिन तालाबन्दी गरेका छन । स्थानीय ऐन अनुरूप एक साता अघि नै गाउँसभा हुने स्थान र समय बारे स्थानिय समक्ष सुचना गर्नुपर्ने हो तर यहाँका अध्यक्ष लगायतका गाउपालिकाका प्रतिनिधिहरुले सुटुक्क ३० गते फाल्गुन मा बैठक बसी १ गते चैतमा गाउँसभा डाकेको गम्भीर आरोप छ ।
गाउपालिका का प्रमुख एवं वार्ड प्रतिनिधि हरु पारदर्शी निर्णय नगरी त्यहाँका जनता सङ्ग कुठाराघात गरेको आरोप छ । बलान नदी र बिहुल नदि को बिचमा पर्ने सप्तरी को कान्छो गाउपालिका बोदेबरसाईन नगरपालिका बाट छुट्टीएको हो । अधिकांश नगरपालिका र गाउपालिका ले बजेट सार्वजनिक गरि बिकास कार्यलाई अघि बढाएतापनी बलान बिहुल गाउपालिका चाहिँ कार्यलय भवन काहा राख्ने विषयको टुंगो लागेको छैन । हाल गाउपालिका भवन साविकको मल्हनिया गा।वि।स भवनमा रहेको छ । उक्त कार्यालय सबैको समदुरी हुने गरि रुबि पोखरी को डिल अर्थात वरिपरि तथा धामी पोखरी को छेउछाउमा सार्ने प्रस्ताव आएता पनि वार्ड १ र २ का प्रतिनिधिहरु नमान्दै आएका छन । जम्मा ६ वार्ड भएको उक्त गाउपालिका बिकासको सवालमा अति नै नाजुक अवस्थामा रहेको छ । सडक, बिजुलि, शिक्षा, स्वास्थ आदि को पुर्वाधार रहित यो गाउपालिका पंचायतीकाल देखि नै विभिन्न विवादमा परि विकास का काम देखि कोसौं टाढा रहेको यहाँका स्थानीयहरु बताउँछन् ।
स्थानिय माओवादीका नेता छ्त्र नारायण यादव उक्त गाउँपालिका का अध्यक्ष दयानन्द गोईत को क्रियाकलाप देखि असन्तुष्टि व्यक्त गर्दै भन्छन । हाम्रो अध्यक्ष लगायत का प्रतिनिधिहरु आ(आफ्ना निजी स्वार्थमा लागेका छन । उनीहरु बिकास भन्दा पनि चुनावमा भएको खर्च ब्याज समेत उठाउने कसरतमा लागेका छन । अर्का राजपा का नेता रामेश्वर यादव भन्छन देश संघियता को स्वाद लिदै छन तर हाम्रो अध्यक्ष उहीँ सामन्तवाद्को पुछर समाई राखेका छन ।
--
Posted By Samagrasandesh to Samgrasandesh.com at 3/15/2018 10:24:00 PM
No comments:
Post a Comment