चैत्र ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र समूह बनाउने भएका छन्। नाम स्वतन्त्र समूह भनिएपनि ओलीले आफ्नै पार्टीका नेता राजन भट्टराईलाई खटाएका छन्। यो समूहमा भट्टराई पनि महत्वपूर्ण पदमा रहने स्रोतको दाबी छ । नेपालको स्थिर परराष्ट्र नीति निर्माणका लागि सुझाव लिन यो समूह निर्माण गरिएको बताइएको छ। यो समूहलाई थिङ्क ट्यांक पनि भनिन्छ। नेपालको भूराजनीतिलाई समेत ध्यानमा राख्दै निर्माण हुने भनिएको उक्त समूह प्रधानमन्त्री कार्यालय मातहत हुने र त्यसले प्रधानमन्त्रीलाई नीतिगत विषयमा सुझाव दिने बुझिएको छ । संसदबाट नै कानून पारित गराएर दीर्घकालीन रूपमा प्रधानमन्त्री कार्यालयमा त्यस्तो स्वतन्त्र विज्ञ समूह गठन गर्ने ओलीको तयारी रहेको बताइन्छ। प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व सम्हालेपछि स्वतन्त्र विज्ञ समूह राखेर सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउने बताउँदै आएका थिए । उनले कानून, अर्थ, सुरक्षा, कुटनीति, विकास योजना, शिक्षा लगायतका क्षेत्रमा लामो अनुभव बटुलेका केही विज्ञ र अगुवासँग विहीबार छलफल समेत गरेका थिए।
--
Posted By Blogger to Onlinesiraha.com at 3/23/2018 10:01:00 AM
No comments:
Post a Comment