/ Undifined / [Onlinesiraha.com] गार्इ काट्न पाउने कानून बनाउँदै वाम सरकार, यस्तो छ गृहमन्त्रीको तयारी

[Onlinesiraha.com] गार्इ काट्न पाउने कानून बनाउँदै वाम सरकार, यस्तो छ गृहमन्त्रीको तयारी

चैत्र ९  । केपी शर्मा ओली नेतृत्व सरकारले राष्ट्रिय जनावर गाई काट्न पाउने कानून ल्याउने प्रतिबद्धता जनाएको छ । प्रदेश ३ का उपसभामुख राधिका तामाङसहित तामाङ अगुवाको टोलीले गाईको मासु काटेर खान पाउने कानून बनाउन ध्यानाकर्षण गराएपछि माओवादी केन्द्रबाट गृहमन्त्री बनेका रामबहादुर थापा बादलले कानून बनाउने प्रतिबद्धता जनाएका हुन् । रोचक त के छ भने भने गाई काटेर खान पाउनुपर्छ भन्ने राधिका तामाङ पनि माओवादीकै नेतृ हुन् । 
जंगलमा गाई काटेर मासु भाग लगाइरहेको अवस्थामा गस्तीमा खटिएको सेनाले केही व्यक्तिलाई मकवानपुरबाट नियन्त्रणमा लिएपछि उनीहरुलाई रिहा गर्नुको साथै मासु खान पाउनुपर्ने माग उठेको हो। तामांग समुदायले ऐतिहासिक कालदेखि गाई गोरुको मासु खाने प्रचलन भएकोले गाई गोरु काटेर खादा जेल हाल्ने जुन ब्याबस्था छ यसलाई परिमार्जन गरि विधिगत हिसाव बाट उनीहरु माथिको अन्याय हटाउनु पर्ने माग उपसभामुख तामाङले गृहमन्त्रीसमक्ष राखेको बताइएको छ। नेपाल तामाङ घेदुङले विहिबार गृहमन्त्री बादल समक्ष माग पत्र पेश गर्न पुगेका प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उपसभामुख तामाङले उक्त माग गरेकी हुन् । मागपत्र पेश गर्न प्रदेश ३ का उपसभामुख तामाङ तामाङ सांसद तथा अगुवाहरु पुगेका थिए ।
धर्मरिनपेक्ष देशमा हरेक जातिलाई आ–आफ्नो सांस्कृतिक र धर्मिक परम्परा अनुसार कार्य गर्न पाउने संवैधानिक अधिकार भएकोले पक्राउ गर्ने कार्य बन्द गरिनुपर्ने भन्दै उनीहरुले मुल संविधानसँग बाझिने कानुनी ब्यवस्थाको खारेज गरी दिर्घकालिन समधान निकाल्न माग गरेका छन् । जवाफमा गृहमृन्त्री थापाले कानुन संशोधन नगरी समस्याको समाधान नहुने भन्दै त्यसको लागि आवश्यक पहल गर्ने आश्वासन दिएको घेदुङका उपाध्यक्ष कुमार घिसिङले जानकारी दिए । गाई काटेर खाएको अभियोगमा मकवानपुर पदमपोखरीका कान्छीमाया ब्लोन, मंगलबहादुर ब्लोन र रामबहादुर ब्लोनलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ । गृहमन्त्री थापाको निवास पुल्चोकमा तामाङ घेदुङका उपाध्यक्ष कुमार घिसिङ, महासचिव बाबु घिसिङ, घेदुङका प्रमुख सल्लाहकार कुमार योञ्जन, सांसद हितबहादुर तामाङ, ३ नम्बर प्रदेशका उपसभामुख राधिका तामाङ, पुर्व राज्यमन्त्री सुर्यमान दोङ र प्रदेश ३ का सांसद ओम ग्लान लगायत ध्यानकर्षण गराउन पुगेका थिए ।


--
Posted By Blogger to Onlinesiraha.com at 3/23/2018 09:54:00 AM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment