दिनेश्वर गुप्ता लहान, ५ चैत्त । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सिरहाले आज एक कार्यक्रमबीच लहानका दलित छात्रालाई छात्रवृत्ति प्रदान गरेका छन् । दलित समाज कल्याणका सिरहा अध्यक्ष मोहन पासमानका सभाध्यक्षता भएको सो कार्यक्रममा लहानक्षेत्रका विद्यालयमा अध्ययनरत एक सय छात्रालाई छात्रवृति प्रदान गरिएका छन् । सन २०१३ मा ५० छात्रा, २०१४ मा १ सय २० छात्रा, २०१५ मा १ सय २० छात्रा, २०१६ मा एक सय र २०१७ मा एक सय गरी ४ सय ९० दलित छात्रालाई उक्त छात्रावृति प्रदान गरिएको हो । सो छात्रावृति त्रैमासिक रुपमा उपलब्ध गराउंदै आएको छ भने विशेष लक्षित समूह अन्तर्गत कक्षा ६ देखि ८ सम्मलाई मासिक ४ सय प्रदान गर्दै आएको छ । अत्ति जोखिम समूहका लागि मासिक ५ सय र कक्षा ९ र १० लाई ६ सय, कक्षा ११ र १२ लाई १२ सय छात्रवृति स्वरुप प्रदान गर्दै आएको छ । त्यसैगरी, स्नातक र प्राविधिकलाई २ हजार र स्नात्तकोतरलाई २ हजार ५ सय मासिक छात्रवृत्ति प्रदान गरिदै आएको छ ।
सेभ द चिल्ड्रेन युएस र युएसआईडी को सहयोगमा दलित समाज कल्याणले प्रत्येक त्रैमासिकमा २ लाख १५ हजार गरी बर्षमा ८ लाख ६ सय छात्रवृत्ति प्रदान गर्दै आएको छ । यो कार्यक्रम पछिलो २० बर्षदेखि १५ जिल्लामा संचालन रहेको छ भने सन् २०१३ देखि मधेशका सिरहा, महोत्तरी र सर्लाहीमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघमार्फत संचालनमा रहेको छ । उक्त कार्यक्रम २०२२ सम्म संचालन रहने आजको कार्यक्रममा सार्वजनिक गरिएको छ । सो छात्रवृति मार्कसिटको आधार र नियमित कक्षामा उपस्थितिको आधारमा छनौट गरेर छात्रालाई प्रदान गरिदै आएको छ । उमेर नपुगेर विवाह गरेका छात्रालाई यो छात्रावृतिबाट हटाउंने गरेको छ । कार्यक्रमका प्रमुख अतिथी संघका केन्द्रीय सदस्य बच्चु सरवरिया रहेका थिए भने अतिथीहरुमा लहान स्रोत केन्द्रका काशिन्द्र यादव, नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष दिनेश्वरप्रसाद गुप्ता, लहान २४ वडा अध्यक्ष कमलदेव यादव, सनहु रामलगायतका थिए । स्वागत मन्तव्य बरिशलाल मोचीले गरेका थिए ।
--
Posted By Blogger to Onlinesiraha.com at 3/20/2018 08:52:00 AM
No comments:
Post a Comment