फिरोज शेख लहान २०७४ चैत्र ६ | लहान नगरपालिका भित्र एकीकृत वस्ती निर्माण हुने नगर प्रमुख मुनि साहले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिनु भएको छ। लहान नगरपालिकाले यस क्षेत्र भित्र विभिन्न विकासका नयाँ योजनाहरु ल्याएको सम्बन्धि आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरि अति विपन्न ,गरिब , दलितहरुका लागि वडा नम्बर ५ ,११ र २१ मा एकीकृत वस्तीको निर्माण , सामुदायिक भवन निर्माण , वाल विकासका लागि उचित बन्दोवस्त गरिने भावी रणनीति रहेको प्रमुख साहले जानकारी दिनुभएको छ । एकीकृत वस्ती निर्माण कार्यक्रम अन्तर्गत वडा नम्बर ५ , ११ र २१ मा ऐलानी जग्गामा वस्दै आएका विपन्न परिवारहरुका लागि पहिलो चरणमा ५० वटा व्यवस्थित एक तल्ले पक्कि घर निर्माण गरिने बताउनु भएको छ। र यहि चैत ९ गते देखि लहान नगरपालिका भित्र डिजे प्रतिबन्ध गर्ने निर्णय भई सकेको हुनाले यसलाई कार्वयन गर्न अग्रसर रहेको बताउनु भएको छन्।
त्यस्तै लहान नगरपालिका लाई स्वक्ष , हराभरा र व्यवस्थित बनाउन पुर्व पश्चिम सडक खण्ड अन्तर्गत राजमार्गका सडकहरु लाई विस्तार गर्न वलान नजिक जिर्ण अवस्थामा रहेको बसपार्कमा बस व्य्वसाईहरुले बस पार्किङ्ग गर्न नमानिरहेको समस्यालाई मध्येनजर गर्दै अस्पताल चौक देखि सिङ्गराही सम्म राजमार्गमा पर्ने १ विघा जग्गा लिजमा दिने वा जग्गा धनीले आफ्नै निगरानीमा अस्थायी बस पार्क संचालन गर्ने अनुमति दिने भावी योजना रहेको बताउनु भएको छ। २०७१ सालमै लहान नगरपालिका लाई खुल्ला दिसा मुक्त गर्ने योजना भए पनि अहिले जनप्रतिनिधिहरुको छनोट पछि विभिन्न सहयोगी संघ - संस्था , जनप्रतिनिधि ,संचारकर्मी , नागरिक समाज र लहानवासीको अथक प्रयास पछि लहान नगरपालिका खुल्ला दिसा मुक्त घोसना गर्न सफल भएपनि पूर्ण खुल्ला दिशा मुक्त गर्न निकै चुनौती रहेको हुनाले सम्पूर्ण सहयोगी हातहरुको सहयोगको अपेक्षा रहेको बताउनु भएको छ।
पुराना आदत बाट ग्रसित केहि व्यक्तिहरु दोल्डालको नाममा बौघारी तथा खुला ठाउमा दिसा गर्ने गरेको व्यापक जनगुनासो रहेकोले त्यस सम्बन्धि जनचेतना मुलक सुचना संचारमाध्यम बाट प्रकाशन प्रसारण गरिदिन हुन् पत्रकारहरुलाई आग्रह गर्नु हुदै लहान नगरपालिका खुल्ला दिसा मुक्त कार्यक्रममा कर्मचारी हरुका कारण केहि त्रुटी देखिएको हुनाले त्यसलाई आत्म साथ् गर्दै आगामीदिनमा यस्तो त्रुटी नहुने प्रमुख साहले बताएका छन्।
यसै बीच अहिलेको चुनौतीको रुपमा रहेको राम कुमार उमा प्रसाद स्मारक अस्पतालको जग्गा कसरि अस्पतालको नाममा नामसारी गर्ने भनि लागिपरेको र यस विषयमा विभिन्न व्यक्तित्वहरु संग छलफल भइरहेको बताउनु भएको छ। अस्पतालका जग्गा शारदा र मुरारका परिवारले दानमा दिएको हो तर अहिले सो जग्गा शारदा परिवारको नाममा घरनक्सा पास भएको हुनाले अस्पतालको समस्या थप जटिल बन्दै गइरहेको हुनाले समस्याको समाधानका लागि सम्पूर्ण नगरवासीको सहयोगको आवस्यकता रहेको प्रमुख साहले बताउनु भएको छ।
--
Posted By Blogger to Onlinesiraha.com at 3/20/2018 12:41:00 AM
No comments:
Post a Comment