March 20, 2025
/ Undifined / [Onlinesiraha.com] म सिडिओ र शिक्षा अधिकारीलाई टेर्दैन:मेयर बरबरिया

[Onlinesiraha.com] म सिडिओ र शिक्षा अधिकारीलाई टेर्दैन:मेयर बरबरिया






जनकपुरधाम, ६ चैत्त । नेपालकै कान्छो मेयर भनेर चिनिने धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले धनुषाका सिडिओ र जिल्ला शिक्षा अधिकारीलाई नटेर्ने बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी र जिल्ला शिक्षा अधिकारीले धनुषाको धबौलीमा तोकेको परीक्षा केन्द्राध्यक्षलाई नराख्ने अडानमा मेयर बरबरिया रहेका छन् ।

आज मँगलबार बसेको नगर कार्यपालिकाको बैठकबाट कारवाहीमा परी निलम्बनमा परेको एस एन आर ज उ मावि धबौलीको तत्कालिन प्रधानाध्यापक श्रीप्रसाद गोहिवारलाई सुपरिटेन्डेन्ट नराख्ने निर्णय गरेका छन् ।

शहिदनगर नगरपालिकाको वडा नं. ७ धबौलीमा रहेको उक्त विद्यालयमा केन्द्राध्यक्ष विवाद चुलिएको छ ।  आज भएको नगर कार्यपालिकाको निर्णयबाट तत्कालिन प्रअ गोहिवार कारवाहीमा परी निलम्बन भएको शिक्षकलाई उक्त परीक्षा केन्द्रको केन्द्राध्यक्ष स्विकार नगर्ने जनाएको छ ।

म जिल्ला प्रशासन कार्यालयलाई सम्मान गर्छु , सिडिओ साहबलाई सम्मान गर्छु, जिशिअलाई सम्मान गर्छु तर उहाँहरुले गर्नुभएको निर्णय हामीलाई मान्य छैन, स्थानीय तह सञ्चालन ऐन २०७४ अन्तर्गत  गोहिबारलाई कारवाही गरिसकेका छौँ र कारवाहीमा परेका शिक्षकलाई परीक्षाकेन्द्रको केन्द्राध्यक्ष राख्नु भनेको निर्देशिका र नीति उलँघन हुन्छ । त्यसैले जिशिका लाई बैठकमा प्रतिनीधि पठाईदिन बारम्बार अनुरोध गरे, नपठाएको खण्डमा हामी आफैँ निर्णय गर्छौ र त्यसपछि निर्णयमा कुनै परिवर्तन नल्याउने भनेपनि जिल्ला शिक्षा कार्यालयबाट प्रतिनीधि नआएपछि हामीले निर्णय सदर गरेका छौँ ।

यसका साथै नगरपालिकाले उक्त विद्यालयको लागि तोकेको प्र.अ. देवेन्द्र यादव बाहेक नगर शिक्षा समिति सँयोजकले आफैँ केन्द्राध्यक्ष भैँ आसन्न एसईई परीक्षा सँचालन गर्ने निर्णय गरिएको जिल्ला शिक्षा कार्यालय धनुषा र जिल्ला प्रशासन कार्यालय धनुषालाई बोधार्थ गरी नगरपालिका कार्यालयले काटेको पत्रमा उल्लेख छ ।

--
Posted By Naresh-Onlinesiraha to Onlinesiraha.com at 3/20/2018 09:20:00 AM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment