/ Undifined / [Onlinesiraha.com] छोरीको हत्या कसुरमा एक वर्ष पाँच महिना कैदको फैसला

[Onlinesiraha.com] छोरीको हत्या कसुरमा एक वर्ष पाँच महिना कैदको फैसला

फिरोज शेख लहान २०७४ चैत्र १ । एक वर्षीया छोरीको हत्या गरेको कसुरमा सिरहा जिल्ला धनगढीमाइ नपा-१२ की ३० वर्षीया हिरा खडकालाई जिल्ला अदालतले एक वर्षपाँच महिना कैदको फैसला गरेको छ। न्यायाधीश देवेन्द्र पौडेलको इजलाशले सो फैसला गरेको सरकारी वकिल जुद्धबहादुर आलले बताए । आरोपितले एक वर्षीया छोरी दिलसा खनाललाई भदौ ३० गते घर छेऊकै सार्वजनिक इनारमा फाली पछिबाट आफूपनि त्यही इनारमा हाम फाल्दा छोरीको ज्यान गएको आरोपमा इलाका प्रहरी कार्यालय लहानले आरोपितलाई भदौ ३० गते गिरफ्तार गरेको थियो ।घरायसी विवादमा आरोपितले छोरीलाई इनारमा फाल्दा छोरीको मृत्यु भएको थियो । मृतक बालिकाको शवको पोष्टमार्टम भदौ ३० गते रामकुमार सारदा उमाप्रसाद मुरारका अस्पतालमा भएको थियो । सिरहा जिल्ला अदालतको आदेशमा असोज १० गतेदेखि आरोपित पुर्पक्षका लागि थुनामा रहेकी थिइन् ।


--
Posted By Blogger to Onlinesiraha.com at 3/14/2018 11:23:00 PM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment