/ Undifined / [JANLOKPRIYA] सिरहामा पसलमा आगलागी , लाखौको क्षति

[JANLOKPRIYA] सिरहामा पसलमा आगलागी , लाखौको क्षति


रामनारायण प्रडित । फाल्गुन 30, सिरहा ।  सिरहाको सुखीपुर नगरपालिका ८ स्थित बजारमा मंगलबार साँझ ८ : २० बजेमा तीनवटा पसलमा आगलागी हुँदा लाखौको क्षति भएको छ ।

सुखीपुर गुद्री बजारमा रहेको संजिब गुप्ताको जस्ताको घरमा विभिन्न व्यक्तिहरुले सञ्चालन गरेको किराना , फेन्सी, टेलर्स पसलहरुमा आगलागी हुँदा १५ लाख बराबरको धनमाल जलेर क्षति भएको ईलाका प्रहरी कार्यालय सुखीपुरका सई सुरदर्शन दास बताउनुभयो ।
उपेन्द्र साहको किराना पसलबाट अचानक सुरु भएको आगोले छेउमै रहेको संजिब गुप्ताको फेन्सी पसल र लटु यादबको टेलर्स पसलभित्र रहेका नगद सहित १५ लाख बराबरको समान जलेर नष्ट भएको छ ।

राति पसल बन्द गरेर घर गएका उपेन्द्र साहको किराना पसल आगो लागेको अवस्थामा देखेपछि छरछिमेकले आगो निभाएको निभाउदै पसल संचालक , बारुण यन्त्र र प्रहरीलाई जानकारी गराएको प्रत्येक्षदर्शीहरुले जानकारी गराउनुभयो ।
विद्युत सर्ट सर्किट भई सो आगलागि भएको अनुमान रहेको प्रहरीले जनाएको छ ।


--
Posted By madheshexpress.com to JANLOKPRIYA at 3/14/2018 07:55:00 PM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment