/ Undifined / [Samgrasandesh.com] दीप प्रज्वलन तथा श्रद्धाञ्जली

[Samgrasandesh.com] दीप प्रज्वलन तथा श्रद्धाञ्जली

रौतहट, ३० फागुन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सोमबार भएको युएस बंगला विमान दुर्घटनामा परी निधन भएकाको स्मरणमा बुधवार साँझ गौरको वी।पि चौकमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रममा गरिएको छ ।
रिपोर्टर्स क्लब नेपाल रौतहट शाखा एवं मधेश प्रदेश अनलाईनको आयोजना गरेको उक्त कार्यक्रममा दुर्घटनाप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरि मौन धारण समेत गरिएको छ । सोही दुर्घटनामा परी घाइते भएकाको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।
उनीहरुले विभिन्न समयमा दैवी प्रकोप, मानवीय विपद्, दुर्घटनामा सर्वसाधरणलाई उद्धारपछिको स्वास्थ्य उपचार, औषधि वितरण, मनोवैज्ञानिक परामर्शलगायत सहयोग निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

रौतहट शाखाका अध्यक्ष अभिमनु कुमार पटेलले उक्त दुर्घटनामा परी ठूलो संख्यामा चिकित्सकको अध्ययन पूरा गरेका विद्यार्थीको मृत्यु भएकामा चिन्ता व्यक्त गर्दै त्यसबाट भएको मानवीय क्षतिले मुलुकको अपुरणीय नोेक्सान भएको बताउनु भएका छन ।
उहाँले घाइतेको उचित उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ ।
दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रममा श्री जुद्ध क्याम्पसका प्रधानाध्यापक चन्देश्वर राउत, शिक्षक कमलेश सिंह, मुकेश पटेल, स।स।फोरम जिल्ला उपाध्यक्ष श्यामविहारी यादव, नेकपा एमालेका नेता पवन कुमार पटेल, समावजादी बिधार्थी फोरम जिल्ला अध्यक्ष प्रकाश भाई, युवा नेता अरबिन्द यादव, ललन यादव, राकेश यादव समाजसेवी राकेश पटेल लगायत दर्जनौ सर्वसधारणको उपस्थितिमा घटनाप्रति दुःख प्रकट गरेका छन् ।


विमानस्थलको धावनमार्गमा अवतरणका क्रममा हिजो भएको सो विमान दुर्घटनामा परी ५१ जनाको मृत्यु भएको थियो भने सो दुर्घटनामा परी घाइते भएका तथा २२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।



--
Posted By Samagrasandesh to Samgrasandesh.com at 3/14/2018 05:30:00 PM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment