काठमान्डौ, १ चैत। प्रधानमन्त्री केपी ओली सरकारलाई पूर्णता दिने तयारीमा लाग्नु भएको छ । उहाँले आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेपछि राजपा र संघिय समाजवादीसँग वार्ता गर्नुहुनेछ । प्रधानमन्त्री ओलीले हिजो पनि माओवादी अध्यक्ष प्रचण्डसँग बालुवाटारमा लामो संवादगर्नु भएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै साँझ मन्त्रिपरिषद विस्तार हुने बताउनु भएको थियो । एमालेका दुई तथा १६ फागुनमा एमालेका दुई र माओवादी केन्द्रका दुई गरी अहिलेसम्म सात सदस्यीय मन्त्रिमण्डल मात्र गठन गरेका छन् । सरकारले १७ वटा मात्र मन्त्रालय बनाउने निर्णयका आधारमा पनि अझै ११ मन्त्री नियुक्त गर्न बाँकी छ । आज नै मन्त्रिपरिषद विस्तार हुनपनि सक्ने तर टुङ्गो लागि नसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु परमालले आज सम्भाव नभए भोलि हुने जानकारी प्राप्त भएको छ । x
--
Posted By madheshexpress.com to JANLOKPRIYA at 3/14/2018 09:41:00 PM
No comments:
Post a Comment