काठमान्डौ, १ चैत । आजदेखि देशभरबाट २० वर्ष नाघेका सार्वजनिक सवारी गुड्न नपाउने भएका छन् । नियम लगाएको छ । २० वर्ष नाघेका सार्वजनिक यातायात आजदेखि गुडेमा जफत गरी लिलाम गर्ने तयारी सरकारले गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गाडी गुडेको निगरानी गर्ने बताएको छ ।
मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले २० वर्ष पुराना सवारी आजदेखि गुडे समातेर राखिने राससलाई जानकारी दिनुभयो । २० वर्ष पुराना सवारी गुडाएमा समातेर कानुनी कारबाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो । देशभर गुडिरहेका २० वर्ष पुराना सवारी–साधनका कारण वायुप्रदूषण र सवारी दुर्घटनासमेत बढ्न थालेपछि चैतदेखि हटाउने निर्णय गरिएको हो ।
विभागले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ संशोधन गरी २० वर्ष पुराना सवारी–साधन हटाउन लागेको हो । विभागले गत वर्ष फागुनदेखि उपत्यकाबाट २० वर्ष पुराना सवारी–साधन हटाएको थियो । हाल देशभर पाँच हजार ५०० ओटा २० वर्ष पुराना सवारी–साधन गुडिरहेको तथ्यांक विभागसँग छ ।
--
Posted By madheshexpress.com to JANLOKPRIYA at 3/14/2018 09:53:00 PM
No comments:
Post a Comment