/ Undifined / [JANLOKPRIYA] दुई दिनमा सिरहा ट्राफिकले गरे १३६ मोटरसाइकल चालकमाथि कारवाही

[JANLOKPRIYA] दुई दिनमा सिरहा ट्राफिकले गरे १३६ मोटरसाइकल चालकमाथि कारवाही


फिरोज शेख । लहान  ४ चैत्र - ट्राफिक प्रहरीले दुई दिनमै नियम उल्लंघन गर्ने १३६ मोटरसाइकल चालकलाई कारवाही गरेको छ ।
मोटरसाइकल दुर्घटना कम गर्न ट्राफिक प्रहरीले गरेको चेक जाँचमा नियम उल्लंघन गरी चलाइएका मोटरसाइकल कारवाहीमा परेका हुन् । सिरहाको लहानस्थित इलाका प्रहरी कार्यालय लहान तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानको संयुक्त प्रहरी टोलीले शुक्रबार र सनिबार ट्राफिक नियम उल्लंघन गरी चलाइएका मोटरसाइकल नियन्त्रणमा लिई कारवाही गरेको छ।

शुक्रबार र सनिबार लहान क्षेत्रमा बिनाहेलमेट चलाइएका ३९, दुई जनाभन्दा बढी चढेका १७ र ब्लुबुक, सवारी चालक अनुमतिपत्र नभएका ८० वटा मोटरसाइकल नियन्त्रणमा लिई कारवाही गरेको ईलाका प्रहरी कार्यलय लहानका डिएसपी गणेश चन्दले बताएका छन् । चन्दका अनुसार कारवाही गरिएका मोटरसाइकल धनीबाट जरिवाना स्वरुप ८९ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको अवधिमा भएका २४२ सवारी दुर्घटनामध्ये १४७ वटा मोटरसाइकल दुर्घटना रहेको छ। उक्त अवधिमा ट्राफिक नियम उल्लंघनमा परेका १८ हजार १५० सवारी साधनमध्ये १० हजार १९७ वटा मोटरसाइकल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यलय लहानका प्रमुख रुद्रप्रसाद चुडालले जानकारी दिएका छन्।

दिनहु सवारी दुर्घटना बढी रहेको व्यापक जनगुनासो आएपछि ईलाका प्रहरी कार्यलय लहान र जिल्ला ट्राफिक प्रहरी कार्यलय लहानले यस क्षेत्रका विभिन्न ठाउमा उल्लेखनीय नेपाल प्रहरी र ट्राफिक प्रहरी परिचालन गरि नियम उल्लंघन गर्ने सवारी साधनहरु लाई कारवाही गर्न सक्रिय भएका छन्।


--
Posted By madheshexpress.com to JANLOKPRIYA at 3/17/2018 08:58:00 PM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment