फिरोज शेख।लहान ।४ चैत्र । सिरहाको लहानमा व्यापक चोरीका घटना बढे संगै ईलाका प्रहरी कार्यलय लहानले चोरी नियन्त्रण गर्न आफ्नो सक्रियता देखाएका छन्। विभिन्न समयमा भएको मोटरसाइकल , ल्यापटप र डिजे मेसिन चोरीका अपराधी हरुलाई पक्राउ गरि जिल्ला अदालतमा पेश गरि कारवाही अगाडी बढाएका छन्।
ईलाका प्रहरी कार्यलय लहानका डिएसपी गणेश चन्दले दिएको जानकारी अनुसार विभिन्न समयमा चोरी भएको मोटरसाईकल चोरीमा संलगन जिल्ला सिरहा नवराजपुर गा .पा.वडा नं.४ बस्ने वर्ष २० को विवेक कुमार यादवलाई पक्राउ गरी मुद्दा अनुसन्धान पश्चात अदालतमा मुद्दा पेश गर्दा मिति २०७४।१०।१२ गते सिरहा जिल्ला अदालतको आदेशले रु.१ लाख ५० हजार धरौटी तिरी तारेखमा छुटेका छन्। भने लहान न.पा.वडा नं.१९ बस्ने वर्ष २३ को मोहमद वसिमलाई पक्राउ गरी मुद्दा अनुसन्धान पश्चात अदालतमा मुद्दा पेश गर्दा मिति २०७४।१०।२९ गते सिरहा जिल्ला अदालतको आदेशले रु.१ लाख धरौटी माग गर्दा उक्त धरौटी तिर्न नसक्दा कारागार चलान गरिएको छ।
यसै बीच सिरहा गोविन्दपुर गा.वि.स.वडा नं.४ हाल लहान न.पा.वडा नं.२४ बस्ने वर्ष १८ को दुखी दास ,लहान न.पा.वडा नं.३ बस्ने वर्ष २५ को ब्राजेन्द्र चौधरीलाई लाई पक्राउ गरी हाल मुद्दा अनुसन्धानको क्रममा रहेको छ।
त्यस्तै डिजे मेसिन चोरीमा संलगन जिल्ला सिरहा साविक सोनमती मझौरा गा.वि.स.वडा नं.३ हाल लहान न.पा.वडा नं.१९ बस्ने वर्ष ५० को राम कुमार यादवलाई पक्राउ गरी मुद्दा अनुसन्धान पश्चात अदालतमा मुद्दा पेश गर्दा मिति २०७४।१०।२९ गते सिरहा जिल्ला अदालतको आदेशले रु.५ हजार धरौटी राखी तारेखमा छुटेका छन्। त्यस्तै ल्यापटप चोरीमा संलगन सिरहा भगवानपुर गा.पा.वडा नं.१ बस्ने वर्ष १७ को सरोज कुमार पासवानलाई पक्राउ गरी हाल मुद्दा अनुसन्धानको क्रममा नै रहेको छ।
विगत दुई महिनाको अवधिमा लहान क्षेत्रमा आधा दर्जन बन्दा चोरीको घटना भएका छन् ,जसमा लहान १ स्थित कृष्ण टोलमा बस्दै आएका नेपाल पत्रकार महासंघ सिरहाका कोषाध्यक्ष, प्रेस मञ्च नेपाल सिरहा शाखाका अध्यक्ष तथा हिमालिनी हिन्दी पत्रीकाका सिरहार सप्तरी प्रतिनिधि मनोज बनैताको घरमा पनि चोरी भएको छ। उक्त चोरी घटनामा निज पत्रकारले प्रयोग गर्दै आएको ल्यापटप, मुभी क्यामेराको साथ-साथै नगद गरि लगभग २ लाख बराबरको सामान चोरी भएको छ।
पत्रकार बनैताको घरमा भएको चोरी घटनामा संलगन हाल सम्म कोहि पक्राउ न परेपनि ईलाका प्रहरी कार्यलय लहानले विशेष प्रहरी परिचालन गरि संकास्पद चोरहरुलाई पक्राउ गरि अनुसन्धान गरि रहेको डिएसपी गणेश चन्दले जानकारी दिएका छन्। यसै बीच चोरीमा संलगन हुन् सक्ने आशंका र विगतका तथ्यान्को आधारमा शनिबार यस क्षेत्रका विभिन्न स्थान बाट ९ जना लाई पक्राउ गरि अनुसन्धान थालेका छन्।
लहान क्षेत्रमा चोरी नियन्त्रण गर्नको लागी ईलाका प्रहरी कार्यलय बाट QRT Bike, Mobile गाडी, सादा पोशाकमा अत्यधिक मात्रामा प्रहरी परिचालन गरिएको छ।
यसै बीच मिति २०७४।०९।१७ गतेबाट हाल सम्म लागु औषध मुद्दामा संलगन मोहम्मद सलमान लाई नाईट्रोसन १५ ट्याबलेट र डाईलेक्स डिसि १ बोतल फेला पारी पक्राउ गरेका छन् भने जिल्ला सप्तरी साविक खडकपुर गाविस वडा नं ७ हाल बोदेबरसाईन नपावडा नं ४ बस्ने वर्ष ३२ को सुरेश कुमार यादव र बोदेबरसाईन नपा वडा नं ४ बस्ने वर्ष २५ को महेश कुमार चौधरी लाई लागु औषध डाईजिल्याव ४ एम्पुल, फेनारगन ४ एम्पुल, नाईट्राजेपाम ट्याबलेट ४५ पिस, नाईट्रोसन ट्याबलेट ९० पिस, लुपिजेसिक ४ एम्पुल, फोर्टविन १० एम्पुल फेला पारी पक्राउ गरि अनुसन्धान गरिरहेका छन् ।
त्यस्तै सिरहा लक्ष्मीपुर पतारी गापा वडा नं ५ वस्ने तालेव साहूको छोरा वर्ष ७४ को जिलेवी साह लाई लागु औषध गाजाँ एक किलो दुई सय ग्राम सहित पक्राउ गरेका छन् । यता सप्तरी बेदेबरसाईन नपा वडा नं १२ बस्ने वर्ष १९ को मुकेश कुमार यादवलाई अवैध लागु औषध नाईट्राभेट ३० ट्याबलेट सहित पक्राउ गरेका छन् । त्यस्तै उदयपुर त्रि नपा वडा नं १ बस्ने वर्ष २४ को विनोद चौधरीलाई अवैध लागु औषध लुपिजेसिक २१ एम्पुल, डाईजिल्याव २१ एम्पुल, फेनारगन २१ एम्पुल सहित फेला पारी पक्राउ गरेका छन्। यसै बीच सिरहा भगवानपुर गापा वडा नं २ बस्ने वर्ष २० को रंजित पासमानलाई लागु औषध डायजिल्याव १ एम्पुल, फोर्टविन १ एम्पुल, नोफिन १ एम्पुल र फेनारगन १ एम्पुल सहित पक्राउ गरेका छन् ।
लागु औषध मुद्दामा संलगन सात जना मध्ये सलमान ५ हजार , जिलेवी साह , मुकेश कुमार यादव २५ - २५ हजार धरौटी तिरी तारेखमा छुटेको छन् । भने अन्य माथि अदालत बाट म्याद थपगरि अनुसन्धान भइरहेको डिएसपी गणेश चन्दले सरगम खबरलाई जानकारी दिएका छन्। डिएसपी चन्दका अनुसार कोहि कसै बाट एक पिस लागु औषध बरामद भई पक्राउ परेमा सार्वजनिक मुद्दा चलाइने बताएका छन् ।
--
Posted By madheshexpress.com to JANLOKPRIYA at 3/17/2018 08:36:00 PM
No comments:
Post a Comment