/ Undifined / [JANLOKPRIYA] परिक्रमा सडकको मुवाबजा वाडिदै हजार भन्दा वढी परिवारले रकम पाउने

[JANLOKPRIYA] परिक्रमा सडकको मुवाबजा वाडिदै हजार भन्दा वढी परिवारले रकम पाउने

     
                    
                                            सडक निर्माणमा गति आउने आशा
रंजन भण्डारी .  महोत्तरी,6  चैत्र । महोत्तरीमा निर्माणाधिन परिक्रमा सडकको निर्माण कार्य पुरा गर्न मुवाबजा रकम वाड्न थालिएको छ ।

 जिल्ला प्रसासन कार्यालय महोत्तरी मार्फत महोत्तरीमा २४ करोड वरावरको मुवाबजा रकम वाडिने भएकोमा सो मध्ये हालसम्म करिव ६५ जनाले ६८ लाख रकम पाईसकेका जिल्ला प्रसासन कार्यालय महोत्तरीले जनाएको छ । दुई किस्तामा वाडिने मुवाबजा रकमको हाल पहिलो किस्ता वाड्न सुरु गरिएको र घर तोडेपछि अन्तिम किस्ता वाडिने प्रमुख जिल्ला अधिकारी वावुराम श्रेष्ठले बताए ।

यता मुवाबजा स्वरुप वाडिने रकम सडकमा घर परि तोड्नु पर्नेहरुले पाउने भएपनि उनीहरुले जग्गाको रकम भने नपाउने परिक्रमा सडक प्रमुख दिपेन्द्र पाण्डेयले जनाए । उनले नेपाल सरकारले जग्गाको मुवाबजा नदिई घरको मात्र दिने गरेको निर्णय वमोजिमनै मुवाबजा वाड्न लागेको बताए ।

घरको मात्र मुवाबजा वाड्न सुरु गरेपछि केहि व्यक्तिले जग्गाको समेत मुवाबजा पाउनु पर्ने मौखिक निवेदन गरेपनि जिल्ला प्रसासन कार्यालयमा लिखित निवेदन भने दिएका छैन्न् ।

मुवाबजा पाउनेहरु मटिहानी,जलेश्वर,बल्वा,भंगहा र लोहारपटटी नगरपालिकाका एक हजार चार घरधनी रहेका छन ।

सडक निर्माणमा गति आउने आशा

जिल्ला प्रसासन कार्यालय महोत्तरीले मुवाबजा रकम वाड्न थालेपछि अव निर्माण कार्यमा गति आउने स्थानियहरुको भनाई छ । मुवाबजा कै कारण वर्षौ देखि सुस्त गतिमा चलिरहेको सडक निर्माण कार्य विगत केहि महिना देखि थोरै गति लिएको छ । तिन प्काकेजमा निर्माण हुदै गरेको महोत्तरीको करिव ५१।४८ किलो मिटरको सडक निर्माणको लागि हालै ठेकेदार कम्पनीहरुले म्याद सकिए पनि पुन ः थप म्याद लिई निर्माण कार्यलाई निरन्तरता दिएको छ । यता लोहरपटटी महेन्द्र नगर प्याकेजमा करिव ६५ प्रतिशत काम सम्पन्न भएको तथा मटिहानी जलेश्वर र जलेश्वर लोहारपटटी प्याकेजमा लगभग २५ देखि ३० प्रतिशत कार्य सम्पन्न भएको परिक्रमा सडकका ईन्जिनियर संजय ठाकुरले बताए ।

धार्मिक मार्गको रुपमा परिचित परिक्रमा सडक महोत्तरी र धनुषामा ९८।९४ किलोमिटर र भारतमा २५ किलोमिटर रहेको छ । 


--
Posted By madheshexpress.com to JANLOKPRIYA at 3/19/2018 08:59:00 PM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment