/ Undifined / [JANLOKPRIYA] सिमानाकामा तस्करीको गर्ने लाखौ मोल बराबरको सामान पैहरीको नियन्त्रणमा

[JANLOKPRIYA] सिमानाकामा तस्करीको गर्ने लाखौ मोल बराबरको सामान पैहरीको नियन्त्रणमा



चालु आर्थिक वर्षमा २१० भन्दा वढी स्थानबाट तस्करीका सामग्रीहरु पक्राउ गरिएको छ ।

रंजन भण्डारी , महोत्तरी,ट चैत्र । महोत्तरीको सिमानाकामा सुरक्षा निकाय र भन्सार कार्यालयले तस्करी नियन्त्रणको लागि नियमित अभियान चलाउदा भन्सार छली नेपाल भित्र्याउन लागेको लाखौ मोल वरावरको मालसामानहरु जफत गरिएको छ ।

जिल्लाको सम्सी गाउपालिका वडा नं। ६ स्थित सिमा क्षेत्रमा सोमवार शसस्त्र प्रहरीको गस्ती टोलीले १९४६० रकम वरावरको कस्मेटिक र सुर्ती पक्राउ गरेको छ । यता शसस्त्र कै गस्ती टोलीले नै मटिहानी नगरपालिका वडा नं। ८ बाट करिव सात हजार वरावरको मसाला सामग्री तस्करी गर्दै गर्दा पक्राउ गरेको छ ।

त्यसतै भन्सार कार्यालयले विभिन्न चोनाका हुदै तस्करी गर्न लागको हजारौ मोल वरावरको खाद्यान्न सामग्रीहरु आईतवार नै पक्राउ गरेको थियो । यता आईतवार नै शसस्त्र प्रहरीले समेत मटिहानी नगरपालिकाको सिमा क्षेत्रवाटै एक थान मोटरसाईकल सहित २४० मिटर सुटको कपडा बरामद गरेको थियो ।

सिमानाकामा तस्करी वढ्न लागेको जनगुनासो आउन थालेपछि सुरक्षा निकाय र भन्सार कार्यालय गम्भिर हुदै गस्ती,खोजतलास र निगरानी वढाउन थालेपछि तस्करीका सामग्रीहरु वरामद हुन थालेको छ ।

जलेश्वर भन्सार कार्यालयले  यस आर्थिक वर्षमा ८५ लाख वराबरको विभिन्न सामग्रीरु नेपाल प्रहरी,शसस्त्र प्रहरी र भन्सार स्वयमको समेत प्रयासमा पक्राउ परेको जनाएको छ । भन्सार प्रमुख केशव भण्डारीले पक्राउ परेका सामग्रीहरु मध्ये खराव हुन सक्ने वा कुहिन सक्ने सामग्री तथा चौपायाहरु तत्कालै लिलाम गर्ने गरिएपनि तत्कालै खराव भएर नजाने सामग्रीहरु स्टोर गरिने र ठुलो परिमाण भएपछि लिलाम प्रकृयामा लगिने बताए ।

चालु आर्थिक वर्षमा २१० भन्दा वढी स्थानबाट तस्करीका सामग्रीहरु पक्राउ गरिएको छ ।

अझै लाखौ राजश्वर गुम्दै ः

खुल्ला सिमाकै कारण सुरक्षा संयन्त्र र भन्सार कार्यालय समेतको प्रयासले विभिन्न स्थानबाट तस्करीको सामग्रीहरु पक्राउ पर्ने गरेपनि अझै सिमा क्षेत्रमा तस्करी रोक्न सकिएको छैन ।

सिमा क्षेत्रमा सुरक्षाकर्मीको कमि तथा खुल्ला सिमाको फाईदा उठाउदै दैनिक लाखौ रकम वरावरको सामग्रीहरु तस्करी हुने गरेको भन्सार प्रमुखको भनाई छ ।  सिमा क्षेत्रमा तस्करी रोक्न भने प्रयास जारी रहेको भन्सार प्रमुखको भनाई छ ।
 



--
Posted By madheshexpress.com to JANLOKPRIYA at 3/19/2018 08:55:00 PM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment