/ Undifined / [Marganugami Daily] श्रीमानको कतारमा ज्यान गयो, सासु ससुराले नै गरिदिए पवनदेवीको दोस्रो बिहे

[Marganugami Daily] श्रीमानको कतारमा ज्यान गयो, सासु ससुराले नै गरिदिए पवनदेवीको दोस्रो बिहे

संगीता कर्ण
धनुषा, १४ फागुन । सासु ससुराले नै 'विधवा बुहारीको बिहे गरिदिन लागेको खबर धनुषाको एकराही गाउँमा डढेलो झैं फैलियो । एक्ली बुहारीका लागि राम्रो गरे भनेर होइन विधवाको बिहे गरिदिन लागे भनेर ।
यो परिवारले दोस्रो बिहे मात्रै गर्दै थिएन, दाजुको निधनपछि उनकै काईंलो भाइसँग भाउजुको बिहे गरिदिँदै थियो । उनीहरुको भनाई थियो लोग्ने मरेका एकल महिलाले दोस्रो बिहे गर्नु पाप हो । त्यति मात्रै होइन मृतक आत्माले सराप्छ पनि भने ।
तर गाउँलेका यस्ता कुराको पवनदेवी पासवानका परिवारले वास्ता गरेन । जेठी बुहारी पवनदेवीको काईंला छोरासँग बिहे गरिदिए । धनुषाकै ठाडी झिझाकी पवनदेवको एकराहीका देवेन्द्र पसवानसँग २०६८ मा परम्परागत रुपमाबिहे भयो ।बिहे भएको ३ वर्षपछि देवेन्द्र कतार गयो ।
कतार पुगेका देवेन्द्रको कमाई राम्रो थियो । उनले २ वर्षमा पुग्न लाग्दासम्म घरमा चार लाख रुपैयाँ पठाइसकेको थियो । २ वर्ष पुगेर पनि तीन महिना कटिसकेका ले  देवेन्द्र घर फर्किने तयारीमा थियो । सँगै हुन पाइने कुराले देवेन्द्रसँगै परिवारमा पनि खुसी थियो ।
तर त्यसको केही दिनमा ज्वरो र रुघाँखोकीले थलिएर देवेन्द्र अस्पताल भर्ना भएको खबर आयो । परिवारले सामान्य होला भन्ने सोच्यो तर सामान्य थिएन । एक हप्तामा अस्पतालबाट देवेन्द्रको निधन भएको खबर आयो । पवनदेवी र परिवारको केहीदिन अघिसम्मको खुसी शोकमा बद्लियो ।
१७ वर्षको हुँदा बिहे गरेकी पवनदेवीका २० वर्षमै सिउँदो पुछियो । 'एउटी महिलाको लागि श्रीमान गुमाउनु भनेको सर्वस्व गुमाउनु जस्तै हुन्छ । मलाई पनि यो पीडा सहन गाह्रो भएको थियो पवन भन्छ ।
एउटी महिलाका लागि त्यो भन्दा ठूलो चोट सायद अरु हुँदैन पनि । त्यही चोटले पवनदेवीको दिमागमा बाँच्नुको के अर्थ भन्ने सोचाइ मात्रै आइरहन्थ्यो । तर पवनसँग एक्लो जीवन मात्रै थिएन । छोरी अनुष्का ३ वर्ष र शिवानी डेढ वर्षकी मात्रै पुगेकी थिइन् । 
उनीहरुकै भविष्य सोचेर पवनदेवीले आफूलाई सम्हाले । त्यसका ठूलो साहस थप्यो सासु ससुराको मायाले । सासु ससुराले पवनको अनुहारमा खुशी मात्रै देख्न चाहेका थिएनन् । उनलाई कसैको साथ पनि दिलाउनुपर्छ भन्ने सोचेका थिए । अर्थात बिधवा भएकी बुहारीको बिहे गरिदिने सोचेका थिए ।
जुन उनीहरुको समुदायमा अपराध जस्तै थियो । तर पनि गाउँका माइन्जन (मुखिया) रहेका मुसाफिरले बुहारीका लागि त्यो खतरा पनि उठाउनुभयो । 'मेरो घरमा पर्यो भनेर होइन कोही पनि महिलाले एक्लै जिन्दगी बिताउनु नपरोस भनेर हामीले नै बिहेको प्रस्ताव गर्यौ मुसाफिरले भने ।
सासु ससुराले नचिनेका मान्छेसँग बिहे गर्ने प्रस्ताव गरेका थिएनन् । आफ्नै काईंलो छोरा अर्थात पवनका देवरसँग बिहे गरिदिने प्रस्ताव थियो । परिवारको प्रस्ताव पवनले नकार्न सकिएन । उनले आफ्नै देवरसँग बिहे गरे ।
मधेसको धार्मिक तथा सामाजिक मान्यता अनुसार महिलाले दोस्रो बिहे गर्नु हुँदैन । मृतक श्रीमानकै यादमा जीवन बिताउनुपर्छ । तर मुसाफिरको परिवारले त्यसलाई तोडेर उदाहरण दिएको छ । त्यति मात्रै होइन पवनले नयाँ जीवन पनि पाएको छ । अहिले पवनका छोरा जन्मिएका छन् । श्रीमान् गाउँमै ट्याक्टर चलाउछ । दुई जना छोरी स्कूल जान थालेका छन् । परिवारको साथ भएमा एक महिलाले पनि नयाँ जीवन पाउँछन् भन्ने उदाहरण बनेको छ पनवदेवी ।


--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 2/26/2018 08:58:00 PM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment