/ Undifined / [Marganugami Daily] बाबु विदेशमा कोमामा भएकी छोरीको विवाह मा हरायो रौनक, नेपाल ल्याउन समस्या

[Marganugami Daily] बाबु विदेशमा कोमामा भएकी छोरीको विवाह मा हरायो रौनक, नेपाल ल्याउन समस्या

मणिलाल विश्वकर्मा
लहान, १४ फागुन । सिरहाको धनगढीमाई नगरपालिका–२ मा पर्ने धनगढा गाउँको सामो मुस्लिम बस्ती । मुस्लिम बस्तीका मोहम्मद मकवुल राइन (मियाँ)की छोरीको विवाह ३ दिनपछि हुँदै छ । तर उनको घरमा विवाहको तयारी होइन, बरु दिनहुँजसो रुवावासी चलिरहेको छ ।
छैन विवाहको रौनक परिवारलाई सुखी राख्ने सपना बुन्दै करिब डेढ वर्षअघि पैसा कमाउन खाडी मुलुक कतार गएका थिए उनका बाबु । राइनलाई २ महिनाअघि मस्तिष्कघात भयो । मस्तिष्कघातका कारण राइन कतारस्थित हम्माद अस्पतालमा उपचाररत छन् । यता, फागुन १५ गते राइनकी साहिँली छोरी सहेना खातुनको विवाह हुँदै छ । बाबु कोमामा गएपछि राइनको घरमा रुवाबासी चलिरहेको हो ।
विवाहको तयारी गर्न जुट्नुपर्नेमा घरमा विवाहको रौनक छैन । यसले छिमेकीलाई समेत नराम्रो लागेको स्थानीय रामआशिष रायले बताए । 'गाउँघरमा विवाहलगायतका सामाजिक कार्यमा छिमेकीलाई सघाउने नेपाली समाजको परम्परा हो तर दैनिकजसो रुवावासी हुने गरेकाले राइन घरमा पुग्नै गाह्रो हुन्छ, रायले भने ।
स्थानीय झगडु मियाँका ४ भाइ छोरामध्ये साहिँला भाइ राइन डेढ वर्षअघि दोस्रो पल्ट कतार गएका हुन् । 'कतारस्थित कुनै निश्चित कम्पनीमा काम गरेको पनि पाइएन, उनले भने, 'निश्चित कम्पनी नभएपछि कोमामा रहेका राइनको उपचार गर्न र नेपाल फर्काउन भनसुन गर्न पनि गाह्रो भएको छ । राइन कतारस्थित हम्माद अस्पतालको कोमामा रहेको रायले जानकारी दिए ।
अप्ठ्यारोमा अवैध रूपले विदेशिन्छन् नेपाली  वैदेशिक रोजगारीका लागि सुरक्षित आप्रवासन (सामी) परियोजना सिरहाका कवीर चौधरीका अनुसार कतार, साउदी अरब, युएई, ओमान, बहराइन, कुबेत र मलेिसया 'फ्री भिसा फ्री टिकट भए पनि दलालहरूले 'राम्रो काम पाइँदैन भन्दै झुक्याएर पर्यटक भिसामा भारत हुँदै खाडीमुलुक पु¥याइएकाहरू अप्ठ्यारोमा पर्ने गरेका छन् । 'पर्यटक भिसामा गएकाहरूको भिसा म्याद सकिएपछि अवैध भएर बस्नुपर्ने बाध्यता हुन्छ, चौधरीले भने, 'राइन पनि त्यसरी नै अप्ठ्यारोमा परेका मध्येकै हुन सक्छन् ।
जिल्ला प्रशासन सिरहाको कार्यालय परिसरमा संचालित सामीको सूचना केन्द्रका अनुसार आर्थिक वर्ष २०६७र०६८ देखि २०७३र०७४ को बैशाखसम्म सिरहा जिल्लाका विभिन्न ठाउँका गरी ९५ हजार २७५ जना वैदेशिक रोजगारीमा छन् ।
मलेसिया, साउदी अरब, कतार, कुवेत, युएई, ओमान, बहराइन, जोर्डन र अन्य मुलुकमा सिरहाका १३१ महिला तथा ९४ हजार १४४ पुरुष रोजगारीको क्रममा विदेशमा रहेको सामीले जनाएको छ । त्यसमध्ये सबैभन्दा बढी मलेसिया, साउदी अरब र कतारमा नेपाली कामदारहरू काम गरिरहेका छन् ।


--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 2/26/2018 08:53:00 PM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment