/ Undifined / [Marganugami Daily] कठ्याग्रिंएर सप्तरीमा मृत्यु हुनेको संख्या ६ पुग्यो, रौतहटमा ३ जनाको ज्यान गयो

[Marganugami Daily] कठ्याग्रिंएर सप्तरीमा मृत्यु हुनेको संख्या ६ पुग्यो, रौतहटमा ३ जनाको ज्यान गयो

राजविराज, २१ पुस । जाडोसँगै चलेको शितलहरीले कठ्यांग्रिएर सप्तरीमा मृत्यु हुनेको संख्या ६ पुगेको छ । बिहीबार र शुक्रबार गरी थप ३ जनाको मृत्यु भएपछि जाडोका कारण जिल्लामा मृत्यु हुनेको संख्या ६ पुगेको हो । प्रहरीका अनुसार महदेवा गाउँपालिका–२ अकबरपुरका ५८ वर्षीय सुकदेव यादवको शुक्रबार बिहान घर नजिक नहर किनारमा शौच गर्ने क्रममा कठ्यांग्रिएर मृत्यु भएको छ ।
यस्तै सदरमुकाम राजविराज नगरपालिकामा पनि २ जनाको मृत्यु भएको छ । राजविराज नगरपालिका–१० झल्हीकी ६५ वर्षीया कैलीदेवी खंग र राजविराज नगरपालिका–२ का ६० वर्षीय नाजो बेगमको चिसोका कारण मृत्यु भएको वडाध्यक्ष अरुण यादवले जानकारी दिए ।
यसअघि जाडोले कठयाग्रिंएर छिन्मस्ता गाउँपालिका–१ वीरपुरका ३६ वर्षीय कुलदीप राय, ३५ वर्षीय रामदयाल राम र ७२ वर्षीया रजियादेवी रायको मृत्यु भएको थियो । राजविराज नगरपालिकाका मेयर शम्भू यादवले जिल्ला वन कार्यालय र नेपाली सेनासितको सबन्मयमा नगरपालिकाका वभिन्न स्थानमा आगो बाल्ने ब्यवस्था मिलाइएको बताए । यस्तै रौतहटको विभिन्न स्थानमा गरी पाँच दिनयता ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबै विपन्न परिवार र रोजगारीको लागि रौतहट आएका मजदुर रहेका छन् । जाडोले कठया·्रीएर गढीमाई नगरपालिका–४ का ५५ वर्षीय महर्जन ठाकुर हाजामा, राजदेवी नगरपालिका–७ मुडवलवाका ७५ वर्षीय अयोधीराय यादव र गढीमाई नगरपालिका–१ स्थित चिमनी भट्टामा काम गर्ने सर्लाहीका नेक महम्मद अलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीका अनुसार हाजामको १७, यादव र अलीको १९ गते मृत्यु भएको प्रहरीले जनाएको छ ।


--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 1/06/2018 03:20:00 AM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment