/ Undifined / [Marganugami Daily] धनगढीमाई नपाको प्रथम नगरपरिषद सम्पन्न नीति तथा कार्यक्रम सार्वजनिक

[Marganugami Daily] धनगढीमाई नपाको प्रथम नगरपरिषद सम्पन्न नीति तथा कार्यक्रम सार्वजनिक

कमलेश यादब
सिरहा, २१ पुस । धनगढीमाई नगारपालीकाको प्रथम नगर परिषदले पास गरेको नीति तथा कार्यक्रम आज शुक्रवार पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको छ । नगारपालीको प्रथम नगार परिषदले विभिन्न शिर्षको ४६ करोड, ३४ लाख, ८८ हजार एक सय ५१ रुपैयाँ बरावरको बजेट पारित गरेको नगरप्रमुख हरिनारायण चौधरीले जानकारी दिए । जस अन्तर्गत कुल पूँजिगत बजेट २५ करोड २९ लाख ३१ हजार एक सय ११, कुल चालु बजेट ६  करोड, १० लाख  २१ हजार, प्रत्यक वडालाई ५० लाख पर्नेगरी १४ वडास्तरी कार्यक्रमको लागि ७ करोड रकम विनियोजन गरेको आज सम्पन्न पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो ।
क्षेत्रगत बाँडफाड अनुसार आर्थिक विकासतर्फ ३ करो ९६ लाख ४९ हजार ४६ रुपैया, कृषि विकासतर्फ २ करो ७५ लाख ३९ हजार, सामाजिक विकासतर्फ ३ करोड ९१ लाख, १६ हजार ४ सय ६१ र शिक्षमा १ करोड ९५ हजार १ सय ४६ रुपैयाँ विनियोजन गरेको छ । 
त्यसैगरी, पूर्वाधार विकासतर्फ १५ करोड, ५ लाख ८७ हजार ६ सय ६५ रुपैयाँ, वातावरण तथा व्यवस्थापन १ करोड, १६ लाख ६५ हजार, संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ एक करोड १ लाख र अन्यत्र वर्गिकृत नभएको ६० लाख ८३ हजार ७ सय ५ रुपैयाँ रहेको छ ।
आर्थिक वर्ष २०७४÷०७५ को लागि कुल आन्तरिक आय (मालपोत तथा आन्तरिक राजश्व बाँडफाँड समेत) १ करो ९६ लाख, ४८ हजार ८ सय ७५ हुने अनुमान गरिएको छ । नेपाल सरकारबाट प्राप्त वित्तिय समानीकरण अनुदानबाट २५ करोड, ९६ लाख ६४ हजार, सशर्त अनुदान ८ करोड, ८५ लाख, ८० हजार, सामाजिक सुरक्षा  कार्यक्रमबाट ५ करोड, ७१ लाख ५ हजार, स्थानीय सासन तथा सामाजिक विकास कार्यक्रमबाट १३ लाख ४८ हजार र सडक बोर्डबाट २५ लाख गरी जम्मा ४६ करोड, ३४ लाख, ८८ हजार एक सय ५१ रुपैयाँ बरावरको निर्धारण गरिएको हो ।
त्यसैगरी नगर सभाले निम्न अनुसारको नीति तथा कार्यक्रम पारित गरेको जनाएको छ । एकीकृत नगर विकास योजना, नगर शक्षा योजना, पर्यटन गुरुयोजना, शक्षाको भौतिक तथा शैक्षणिक सुधारका कार्यक्रमहरु, स्वास्थ्यक्षेत्रमा औषधी आपूर्ति तथा भौतिक सुधार योजना निर्माण गरेको उल्लेख गरिएको छ ।
कर्षि विकासको लागि त्रैज्ञानिकीकरण तथा कृषि सडक, विद्युतिकरण, उज्यालो शहर कार्यक्रम, गाउँसहर विद्युतिकरण, हरेक वडामा ५ सय मिटर कालोपत्रे गर्ने योजना, हरेक वडामा एक लाखभन्दा माथिका योजना र एउटा वडामा १० लाख बरावरका २ वटा योजनाका लागि बजेड विनियोजन गरेको पत्रकार सम्मेलनमा जनाएको छ ।
स्थानीय तहको चुनाव पछि विकास निर्माणका गतिविधि सून्य जस्तै रहेको वेला सिरहाको १७ स्थानीय निकायमध्य धनढीमाई नपाले पहिलो नगर परिषद सम्पन्न गरेको हो । अव चाँडै जनताले स्थानीय निकाय गठनको अनुभुत गर्ने प्रमुख चौधरीले बताए ।


--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 1/06/2018 03:23:00 AM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment