रामबाबु यादब
सिरहा, ११ माघ । अब कुनैपनि शक्तिले लोकतन्त्रको अपहरण गरेर निरंकुशता लाद्न नसक्ने नेकपा माओवादी केन्द्रका नेता नारायणजी श्रेष्ठले बताएको छ । सिरहाको गोबलाजार नगरपालीकाको प्रथम नगर परिषद्को उद्घाटन गर्दै नेता श्रेष्ठले तीनै तहको निर्वाचनपछि अव लोकतान्त्रको अभ्यास तल्लो तहसम्म पुगिसकेकोले अव यसलाई दुनियाँको कुनै शक्तिले दवाएर निरंकुशता लाद्न नसक्ने जिकिर गरे ।
नेता श्रेष्ठले लोकतन्त्रको अभ्यासगर्ने सवैभन्दा तल्लो निकाय स्थानीय तहको निर्वाचनपछि गाउँ गाउँका जनताले लोकतन्त्रको अभ्यास गर्न पाएकाले यसलाई कसैले खोस्न नसक्ने बताए ।
उद्घाटन मन्तव्यकै क्रममा उनले तत्कलको लागि राजनीतिक आन्दोलनको एउटा अध्याय पुरा भएको भन्दै अव विकास र समृद्धिको मुद्दालाई अगाडी बढाउनु पर्ने बताए । यसको लागि संघियता कार्यान्वनले ढोका खोलेको उनले जनाए । उनले भने, 'स्थानीय तहले निति निर्माण देखि कतिपय कानुनि अधिकारसमेत प्राप्त गरेकोछ, यसको उचित अभ्यासले मुलुक चाँडो समृद्धिको दिशातर्फ बढ्ने निश्चित छ ।
सोही क्रममा नेता श्रेष्ठले देश विकासको सम्भावनासँगै यसको गतल प्रयोग भयोभने संघियता नै धरापमा पर्ने सम्भावनापनि उत्तिकै रहेको तर्फ सजग गराए । उनले भने,'स्थानीय तहमा निहित अधिकार र शक्तिको दुरुपयोग भएको खण्डमा संघियता नै धरामपमा पर्ने निश्चित छ, त्यसैले विकासको लागि शुशासन मुख्य आधार हुनुपर्छ ।
मन्तव्यकै क्रममा नेता श्रेष्ठले फागुन महिनामा बाम गठवन्धनको सरकार बन्ने समेत जनाए । फागनु भित्रमा बाम सरकार बन्छ, त्यसले पाँच वर्षसम्म ढुक्कका साथ सरकार पनि चलाउँछ, भन्दै उनले भने, 'बाम सरकार गठन पछि भ्रष्टचार नियन्त्रण गरेर देश विकासलाई जोड दिन्छौं ।
अवको पाँच वर्षमा देशलाई शुशासन र विकासको दिशा दिने र अर्को पाँच वर्षमा देशलाई विकसित देशहरुको हाराहारी मा पुर्याउने समेत बताए । उनले बाम सरकारको मुख्य एजेण्डा नै राष्ट्रियताको जगेर्ना गर्दै देश विकासमा जोड दिने योजना रहेको जनाए ।
नगरसभा उद्घाटन कार्यक्रममा नेकपा माओवादीका नेता तथा पूर्व मन्त्री विश्वनाथ साह, प्रदेश सासंदहरु रामकुमार यादव, जगत यादव लगाएतले गोलबजार नगारपालीकाको नगरसभाले राम्रा कामहरुको योजना बनाउने र नगर विकासका महत्वपूर्ण कामहरु गर्नुपर्नेमा जोड दिए ।
कृषि, शिक्षा र स्वास्थ्यमा लगानी गर्न विशेष जोड दिदै उनीहरुले त्यसको लाग आफ्नोपनि साथ सहयोग रहने रहने जनाए । नगरसभाको उद्घाटन कार्याक्रम नगर प्रमुख देवनाथ यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 1/25/2018 06:40:00 PM
No comments:
Post a Comment