मिथिलेश यादव
लहान , ११ माघ । आइतबार प्रदेश सभा सदस्यहरूले (विधायक) पद तथा गोपनीयताको शपथ लिएपछि अब प्रदेश सरकार र प्रदेश मुख्यमन्त्रीको चर्चा चुलिएको छ । प्रदेश सरकारको नेतृत्व कुन दलले गर्नेदेखि मुख्यमन्त्रीको बन्ने विषयले प्रदेश २ को राजनीति तरंगित बनाएको छ ।
प्रदेश २ को प्रदेशसभा प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी १०७ सदस्यीय छन् । बहुमतका लागि चाहिने सिटसँख्या समाजवादी फोरम र राजपाको मधेस गठबन्धनसँग छ । सिटको अंकगणितको हिसाबले समाजवादी फोरमले प्रदेश सरकारको नेतृत्व गर्नेमा दुविधा छैन । प्रदेश सरकार प्रमुख (मुख्यमन्त्री) को नेता होला भन्ने विषय कौतुहलता बनेको छ । यादव जता ढल्किन्छन् दलका नेता तथा मुख्यमन्त्री उही बन्नेमा दुविधा छैन । फोरमका उपाध्यक्ष लालबाबु पनि अध्यक्ष यादव निकट नै मानिन्छन् । प्रदेशसभा सदस्य जितेका प्रभावशाली नेतामध्ये को मुख्यमन्त्री बन्ला भन्ने कौतुहलताले यो प्रदेशमा राजनीतिक बहस तताएको छ ।
केन्द्र सरकार गठनको समीकरणदेखि प्रदेश सरकार गठनमा समाजवादी फोरम र राजपासँगै रहने राजपाले आफ्नो राजनीतिक समितिबाटै निर्णय गरिसकेको छ । 'निश्चितरूपमा यो प्रदेशमा बहुमत सिट जितेकाले सरकारको नेतृत्व फोरमले गर्छ, राजपा अध्यक्ष मण्डलका सदस्य एवं सांसद राजकिशोर यादवले भने, 'यो प्रदेशमा बन्न लागेको मधेस सरकारको नेतृत्व फोरमले गर्छ । कफोरमको मुख्यमन्त्री र राजपाको उपमुख्यमन्त्री बन्ने लगभग निश्चित भइसकेको स्रोतले भने । बाँकी पद जस्तै प्रदेश सभामुख र सातवटा मन्त्रालयका विषयमा टुंंगो लागि नसकेको स्रोतले बतायो ।
माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजपा–फोरम कांग्रेस र एमालेसँग तालमेलका लागि कसरत सुरु गरेका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि फोरम राजपाको तालमेल जुन दलसँग हुन्छ (कांग्रेस वा एमाले) प्रदेश २ को सरकार गठनमा सोही दलसँग समीकरण बन्ने राजपाका एक नेताले भने । सरकारको नेतृत्व हामीले गर्ने हो ती नेताले भने, 'तर, समर्थन त्यो तदलको पनि रहन्छ । समीकरण हुँदा ती दलले मन्त्री माग गरे एउटा मन्त्रालय पनि दिन सकिने ती नेताले भने ।
राउत र यादवको चर्चा बढी प्रदेश २ को पहिलो प्रदेशसभा बैठक माघ २१ गते तय भएको छ । प्रदेश सभा बैठक अगावै फोरमको प्रदेशसभा सदस्यको बैठक बस्ने तयारी भैरहेको छ । फोरमका प्रदेशसभा सदस्यहरुको उक्त विधायक दलको बैठकबाट विधायक दलको नेता चुनिने छन् । कारण विधायक दलका नेता नै मुख्यमन्त्री बन्ने अभ्यास छ । विधायक दलका नेतामा समाजवादी फोरमबाट अहिलेसम्म दुईजनाको नाम चर्चामा छ । पहिलो नाम फोरमका उपाध्यक्ष लालबाबु राउत र दोस्रो फोरमका कोषाध्यक्ष विजय यादव। विधायक दलको बैठकमा तेस्रो नाम पनि आउन सक्ने सम्भावना प्रवल छ । दुबैले आपूmलाई दलको नेता र मुख्यमन्त्रीका लागि प्रस्तुत गरेका छन् । तर, यसका लागि प्रदेश सभाका २८ जना विधायकको समर्थन चाहिने हुन्छ । जसको पक्षमा २८ जना विधायकको समर्थन पुग्छ, फोरम विधायक दलको नेता उही चुनिन्छ । फोरमको २९ जना विधायक छन् ।
विधायक दलका नेता बन्नका लागि फोरम पार्टी अध्यक्ष उपेन्द्र यादवको साथ र समर्थन महत्वपूर्ण छ । यादव जता ढल्किन्छन् दलका नेता तथा मुख्यमन्त्री उही बन्नेमा दुविधा छैन । फोरमका उपाध्यक्ष लालबाबु पनि अध्यक्ष यादव निकट नै मानिन्छन् । कारण तेस्रो मधेस आन्दोलन (२०७२) मा सरकारसँग गठित वार्ता टोलीको सदस्यमा फोरमबाट राउतलाई सहभागी गराइएको थियो । मुख्य मन्त्रीका अर्का आकांक्षी विजय यादव पनि फोरम अध्यक्ष यादवका नजिकका पात्र मानिन्छन्। कारण फोरमबाट ०६८ ताका झलनाथ खनालको सरकारमा विजय आपूर्तिमन्त्री बनेका थिए ।
यो प्रदेशमा (प्रदेश २) जातीय समुदायको हिसाबले सबैभन्दा बढी संख्या यादवको छ । जातीय सन्तुलन मिलाउन र यादव जातिको जातीय भोट बैंक जोगाउन उपेन्द्र यादवको पल्ला विजय यादवको पक्षमा रहने फोरमका एक नेताले भने । अर्कोतर्फ वरियताको हिसावले राउत यादवभन्दा माथि भएकाले उनको पल्ला पनि भारी छ । 'वरियता मिचेर यादव संसदीय दलको नेता तथा मुख्यमन्त्री भए पार्टीभित्र मनमुटाव बढ्न सक्ने सम्भावना पनि उत्तिकै छ, ती नेताले भने । यादव र राउतको मुख्यमन्त्रीको दाबेदारीले फोरम अध्यक्ष यादवलाई तनाब बढेको छ ।
फोरका विद्यायक योगेन्द्र राय यादवका अनुसार पार्टीभित्र धेरै विधायकहरू प्रदेश प्रमुक हाँक्न सक्ने हैसियत राख्छन् । 'अहिले नै यो वा त्यो भनेर आँकलन गर्नु बेठिक हो, उनले भने, 'धेरै प्रचारमा नआएका वा प्रचारमै नआएका विधायक पनि मुख्यमन्त्रीका रूपमा आउन सक्छन् । 'विद्यायकहरु विद्यायक दलको नेता चुन्दा कुन जिल्लाबाट कति सिट जितेको छ हेरिन्छ उनले भने, 'बढी सिट जितेको जिल्लालाई माइनस गरेर बल्लतल्ल जमानत जोगाएका जिल्लाको नेतृत्व कसरी स्वीकार्ने ?
यादवको भनाइअनुसार अहिले चर्चामा आएका मुख्यमन्त्री पदका दुई आकांक्षी राउत र यादवमध्ये राउतको पल्ला भारी देखिन्छ । कारण राउत निर्वाचित भएको पर्षा जिल्लाबाट फोरम राजपा गठबन्धनका ४ जना सांसद र ४ जना विद्यायक निर्वाचित भएका छन् । जबकी सिरहाबाट फोरमबाट एकजना विद्यालयक विजय यादव र राजपाबाट एक सांसद राजकिशोर यादव तथा अर्का विद्यायक सुरेश मण्डल निर्वा्चित भएका छन् ।
उपमुख्यमन्त्री राजपाको भागमा परेको छ । राजपाबाट उपमुख्यमन्त्रीमा वरिष्ठ उपाध्यक्ष नवलकिशोर साह र महासचिव मनिष सुमनको नाम चर्चामा छ । 'पार्टीमा लगानी र सहकर्मी विधायकहरूको समर्थनले विधायक दलको नेतामा दावेदारी पेश गर्दै छु, अर्का मुख्यमन्त्री आकांक्षी विजय यादवले भने ।
लालबाबु राउत विधायक दलको नेतामा आफ्नो दाबी स्वाभाविक हो । कारण पार्टीको पदीय वरियतामा वरिष्ठ भएकोले मैले विधायक दलको नेता पाउने दावी न्यायिक हो, उनले भने ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 1/25/2018 06:46:00 PM
No comments:
Post a Comment