/ Undifined / [Marganugami Daily] जे.एस. मुरारका क्याम्पसमा बीएस्सी एग्रिकल्चर पढाई हुने

[Marganugami Daily] जे.एस. मुरारका क्याम्पसमा बीएस्सी एग्रिकल्चर पढाई हुने

लहान, १६ मंसिर । जे. एस. मुरारका क्याम्पसमा आगामी शैक्षिक शत्रदेखि बीएस्सी एग्रि कल्चरको पढाई शुर हुने भएको छ । शुक्रबार उक्त क्याम्पसका प्राद्यापकहरु, सिरहा क्षेत्र नं. एकका शिक्षकहरुसंग क्याम्पस मा भएको अन्तरक्रिया कार्यक्रम मा प्राध्यापकहरुले राखेको माग पुरा गराउन नेपाली कांग्रेसका नेता प्रदीप गिरिसँग छलफल भएका छन् ।
छलफल स्थलबाटै त्रिभुवन विश्व विद्यालयका उपकुलपति लाई आउँदो शत्र देखि जे.एस. मुरारका क्याम्पसमा बी.एस.सी. एग्रिकल्चरको पढाईको स्वीकृति दिन अनुरोध गरेका छन् । शिक्षा मंत्रालयबाट लिनु पर्ने स्वीकृति यस अघि नै शिक्षा मंत्री रहनु भएकी नेपाली कांग्रेसकी नेता चित्रलेखा यादवको पहलमा भइसकेको छ । अब विश्व विद्यालय बाट स्वीकृति लिन बाँकी रहेको जानकारी क्याम्पस प्रमुख तुलसी राम पोखरेलले गिरिलाई गराए ।
तत्कालै गिरिले उपकुलपति लाई फोन गरेर २२ विघा क्षेत्रफल मा भएको यस क्यामपसको भौतिक पूर्वाधार व्यस्थित भएको जानकारी गराएका छन् । यस भेगमा किसानका छोरा÷छोरीहरु बढी भएकाले कृषि विषयको स्नातक तहको पढाई आवश्यक भएको जिकिर गरे । साथै क्याम्पसको प्राध्यापकहरुको अनुरोधमा लहान क्याम्पसलाई विश्वविद्यालयको रुपमा लाने वा राजर्षि जनक विश्वविद्यालय अन्तर्गत सरकारी क्याम्पस बनाउने कुरामा सहयोग गर्न तयार रहेको प्रदीप गिरिले बताए ।
अन्तरक्रिया पछि क्यामपसका प्राध्यापक, कर्मचारी र शिक्षक संगठनका नेताहरु  जिताऊ अभियानमा लागेर गाउँगाउँ पसेका छन् । सिरहा क्षेत्र नं. १ को बौद्धिक व्यक्तित्वहरु गिरिको पक्षमा जनलहर ल्याउन गाउँगाउँ मा भोट माग्दै हिडिरहेका छन् । गिरिको भोट माग्नेहरुले सकारात्मक कुरामा बढी ध्यान दिने गरेको तर एमालेका भोट माग्ने नेता र कार्यकर्ताहरु हारको मानसिकता बाट गाली गलौजमा उत्रिएको बौद्धिक व्यक्तित्वहरुको विश्लेषण छ । जेएस मुरारका क्याम्पसका एक प्राध्यापकले यो क्षेत्रको लागि गिरि आवश्यक रहेको र उनले पाँच बर्षमा क्षेत्रको आर्थिक, राजनीतिक, शैक्षिक, स्वास्थ्य स्थितिमा काया पलट गराउन सक्ने दावी गरे ।
प्रदीप गिरिको अनुरोध एमाले, माओवादी, फोरम, राजपा सबै पार्टीका नेताहरुले मान्ने गरेकोले यसपटक क्षेत्र नं. १ का बासिन्दाले पनि उनलाई जीताउनु पर्ने तर्क सर्वत्र गरिदै आएको छ ।


--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 12/03/2017 02:32:00 AM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment