/ Undifined / [Marganugami Daily] नागरिकको अधिकार र विकासका लागि चुनाव लड्दै प्रदीप गिरी

[Marganugami Daily] नागरिकको अधिकार र विकासका लागि चुनाव लड्दै प्रदीप गिरी

लहान, १६ मंसिर । नेपाली काँग्रेस सिरहा क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यको उम्मेदवारको प्रदीप गिरिले आफ्नो चुनावी सभाहरुमा नागरिकको अधिकार र विकासका लागि यो चुनाव लडेको बताउँदै आएका छन् । उनले भने, जारी भएको संविधान लेख्नको काम बाँकी छ । संविधानमा मधेशी, जनजाती, महिला, थारु, मुस्लिम, दलित लगायतको माँग पुर्ण रुपमा सम्बोधन भएको छैन् । त्यो काम आफुले पुरा गर्ने उनले बताए । मधेशको अधिकारका लागि गिरिले संसद वहिष्कार गरेका छन् । संविधानमा हस्ताक्षर पनि गरेको छैन् ।
गिरि पहिले अरु क्षेत्रबाट चुनाव लड्दै आएका थिए । यसपालि पनि उनलाई सिरहा क्षेत्र नम्बर ४ बाट एकल सिफारिस भएको थियो । पार्टीले काठमाण्डौँ ५ बाट पनि चुनाव लड्न गिरिलाई आग्रह गरेका थिए । तर, उनले आफ्नो जन्मथलो सिरहा क्षेत्र नम्बर १ रोजेका छन् । 
काँग्रेस उम्मेदवार गिरिले भने, 'पार्टीले जहाँ जहाँ खटाएको छ । त्यहाँ म सेवा गरेको छु । मैले देशको हरेक ठाउँमा सेवा गरेका छु । जिल्लामा पनि काम गरेको बताए । सिरहा ४ बाट निर्वाचत भएकोवेला त्यहाँ जनताको चाहना अनुसार हरेक काम गरेको गिरिले बताए । अर्बौ लगानीको कमला तटबन्ध निर्माण, दर्जन भन्दा पुल, गाउँ गाउँमा विजली, मिर्चैया खानेपानी, वस्तीपुर खानेपानी, कल्याणपुर खानेपानी, सडक विस्तार, विद्यालय स्थापना लागयत कार्यहरु गिरिले आफु निर्वाचित भएकोवेला गरेको बताए ।
सिरहा क्षेत्र नम्बर १ को प्रदेश सभा 'क (पहिलेको क्षेत्र नम्बर १) मा काँग्रेसका साँसद पद्म नारायण चौधरीको पालमा विकास निर्माण थुप्रै काम भएका छन् । तर, दक्षिणी भेग (पहिले क्षेत्र नम्बर २) मा २०६४ को निर्वाचनमा फोरम र ०७० को एमाले निर्वाचित भएपनि कार्यकर्ता योजना बाड्ने वाहेक केही बहुखुमी कार्य गर्न सकेको छैन् ।
आफु निर्वाचित भए यस क्षेत्रमा जनतालाई अधिकतम हित हुने विकास निर्माणका कामलगायत अन्य काम द्रुत गतिमा बढाउने गिरिले बताएका छन् ।
गिरिको विकासका योजना
उनले सिरहा क्षेत्र नं. १ को विकासका लागि  भारतीय सीमासंग जोडिएको ठाडीमा विराटनगर र बीरगंजमा जस्तै ठूलो भन्सार नाका बनाउने । बडी भन्सार बनाउने प्रक्रिया अगाढी बढाइसकेको गिरिले बताए । ३ महिनाभित्र यो काम पुरा भइसक्ने उनले बताए । 
ठाडीबाट लहान हुँदै ओखलढुंगा सम्म चार लेन सडक, बलान र खुट््टी खोलामा बाँध र नहर बनाएर क्षेत्रभरी सिंचाइको व्यवस्था गर्ने, विजुलीको सहज बनाउने र मानिक दहमा औद्योगिक क्षेत्र खोल्ने । सर्रे खोला र खुट्टीखोलामा पुलहरु बनाउने, लहानलाई क्षेत्र नं. दुईको राजधानी बनाउन पहल गर्ने, धार्मिक स्थल हरुलाई पर्यटनमूखी बनाउने र क्षेत्रमा रहेका राजदेवी मन्दिर, मानिकदह, पकडियागढ. फुलवरिया, ब्रम्हानगोर्छारी, पतारी पोखरी, बालासुन्दरी मन्दिर क्षेत्र लाई एक अर्को पर्यटकीय स्थल संग  जोडने  पक्कि पर्यटकीय सडक निर्माण गर्ने जस्ता प्रतिवद्धताहरु व्यक्त गरेको छ ।
मधेशको माँग सम्बोधन गराउने उनले भौतिक विकासले मात्र मधेसलाई नपुग्ने बताउँदै सर्वप्रथम मधेसीको आत्मसम्मानको लागि आफू लड्दै आएको बताए । मधेस केन्द्रित पार्टीहरुलाई संलग्न नगराई संविधान जारी गरिएकोले नेपाली कांग्रेस भएर पनि आफूले संविधानमा हस्ताक्षार नगरेको बताउँदै मधेसीलाई जन संख्याको आधारमा सबै क्षेत्रमा अधिकार दिलाउन कसर नराख्ने बताएका छन् ।
महिलाहरुलाई छात्रबृत्ति दिने काँग्रेस उम्मेदवार गिरिले लहान को चुनावी सभालाई सम्बोधन गर्दै पढ्न चाहने महिलाहरुलाई छात्रबृत्तिको व्यवस्था गर्ने घोषणा गरेका छन् ।
सभालाई सम्बोधन गर्दै गिरिले भने, शिक्षाको अभावले छोरीहरु लाई सानै उमेरमा अभिभावकले विवाह गरिदिन्छन् । वालविवाह र दाइजोले महिला हिंसा बढेको छ । अधिकारको लागि महिलाले लड्नु पर्छ । त्यसमा सबैले छोरी लाई साथ दिनुपर्छ । उनले छोरी लाई शिक्षा दिएर  उमेर पुगेपछि विवाह गरिदिन थालियो भने महिला हिंसामा कमि आउने बताए । नेता गिरिले अहिले पनि समाज मा छोरा पाउने निहूँमा छोरीको भु्रण हत्या भइरहेकोले यस्तो कार्य रोक्नको लागि महिला शिक्षामा जोड दिनुपर्ने बताए । 
उनले संविधान लेख्ने काम अहिले पुरा नभएको दावी गर्दै संविधानमा मधेश, दलित, महिला, जनजातिको हकहितको लागि संसोधन गर्न बाँकी रहेको तर्क गरेका छन् । सोही कामको लागि  आफु प्रतिनिधिसभाको लागि चुनाव लडेको बताए ।
विकासका लागि आफु सधैँ अगाडी लड्ने ः चौधरी 
                  नेपाली काँग्रेस सिरहा क्षेत्र नम्बर १ 'क का प्रदेश सभा उम्मेदवार संतोष चौधरीले आफुले जनताको सेवा तथा विकासका लागि सधैँ अगाडी रहने बताएका छन् । उनले भने, विगत पाँच वर्षमा यस क्षेत्र (अहिलेको प्रदेश सभा 'क) मा भएको विकास कार्यलाई निरन्तरता दिने तथा जनमुखि कार्य गराउने तत्पर रहने बताएका छन् ।
                         युवाहरुलाई खेलकुदमा विकास गर्नको लागि क्रिकेट, फुटबल मैदान निर्माण गराउने बताएका छन् । वेरोजगारी समस्या कम गर्नका लागि गाउँघरमै रोजगारी श्रृजना गर्ने उनले बताए ।  राज्यको सेवा, सुविधा जनतामा सहज पहुँच पु¥याउने उम्मेदवार चौधरीले सुनाए । यस क्षेत्र धार्मिक स्थलहरुलाई संरक्षण सम्वद्र्धनमा आफु अग्रसर हुने उनले बताए ।
नयाँलाई मौका दिनु ः यादव
                             नेपाली काँग्रेस सिरहा क्षेत्र नम्बर १ 'ख को प्रदेश सभा उम्मेदवार देवनाथ यादवले नयाँ अनुहारलाई मौका दिनुपर्ने बताएका छन् । अहिलेको 'ख (पहिले क्षेत्र नम्बर २) यहाँ ०६४ सालमा फोरम नेपालबाट राजलाल यादव र ०७० को चुनावमा एमालेबाट रामचन्द्र यादव निर्वाचित भएका थिए । राजलाल यादव अहिले फेरि चुनाव लडेका छन् ।
   यस 'ख क्षेत्रमा काँग्रेसले नजितेर विकास काम नभएको उनले बताए । पहिले जितेकाहरु कार्यकर्तामुखि योजना बनाएर काम गरे । जनताको सेवा सुविधा को वारेमा सोचेको छैन् । आफु निर्वाचित हुनेमा ढुक्क रहेको बताए । सधैँ जनताको सेवाका लागि तयार रहेको उनले बताए । सडक राम्रो छैन् । स्कुल त्यस्तै छ । किसानलाई सिँचाई सुविधा छैन् । यी समस्या समाधानका लागि आफु चुनाव लडेको उनले बताए ।


--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 12/03/2017 02:30:00 AM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment