संघीय समाजवादी फोरम नेपाल, असेश्वर यादव सिरहा क्षेत्र नं.–३
संघीय समाजवादी फोरम नेपालका नेता अशेश्वर यादवको जन्म २०२८ सालको वैशाख १५ गते विष्णुपुर गाउँपालिका ५ को लक्ष्मीपुरमा भएको हो । उनले विज्ञान विषय मा स्नातकोत्तर गरेको छ । जनता मावि वस्तिपुर बाट एसएलसी दिएका यादवले राराव कलेज जनकपुरबाट स्नातक गरे । २०५१ सालबाट राप्रपा मा आवद्ध हुँदै विद्यार्थी कालमै राजनीति सुरु गरेका यादव २०७० सालको चुनावमा उम्मेदवार बनेको थियो । तर उनी सिराहा क्षेत्र नम्बर ६ बाट पराजित भएको थियो ।
नेकपा (एमाले), लिलानाथ श्रेष्ठ सिरहा–क्षेत्र नं.–३
लिलानाथ श्रेष्ठको जन्म २०१८ साल माघ १५ गते सिरहाको चन्द्रलालपुर वडा नम्बर २ मा भएको हो । उनका बुवाको नाम जीतबहादुर श्रेष्ठ र आमाको नाम धनमाया श्रेष्ठ हो । उनका श्रीमती, एक छोरा र एक छोरी छन् । उनले नेपाल ल क्याम्पस काठमाडौंबाट कानुनमा स्नातक गरेको छ । २०३७ सालमा सप्तरी मा अनेरास्ववियूको जिल्ला सदस्य भएर राजनीतिमा प्रवेश गरेका श्रेष्ठ अनेरास्ववियूबाटै २०४१ सालमा नेपाल ल क्याम्पसको स्ववियू सह–सचिव भयो । २०४८ सालमा नेकपा एमालेको युवा संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको सिरहा जिल्ला सचिव भएका श्रेष्ठ २०६२ सालमा नेकपा एमालेको जिल्ला सचिव र २०६६ देखि हालसम्म जिल्ला अध्यक्ष हुन । उनी २०५४ सालमा सिरहा जिल्ला विकास समिति को उपसभापतिमा निर्वाचित भएको थियो । उनी जिल्ला विकास समिति महासंघको केन्द्रीय सदस्य हुन भने आदिवासी जनजाति महासंघको जिल्ला सल्लाहकार पनि भएर काम गरे । २०४५ देखि ०५२ सम्म गैरसरकारी संस्था महासंघको सिरहा जिल्ला अध्यक्ष भएर काम गरेका श्रेष्ठ सिरहाको सिर्जना सामुदायिक विकास केन्द्रको अध्यक्ष हुन । उनी सिरहा गोलबजारको रामप्रताप राम प्रसाद बहुमुखी क्याम्पसको सञ्चालक समितिको सदस्य पनि हुन । २०७० सालको चुनाव मा सिराहा क्षेत्र नम्बर ५ उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पराजित भएको थियो ।
नेपाली का"ग्रेस, अमर रेग्मी सिरहा क्षेत्र नं.–३
नेपाली कांग्रेसका नेता अमर रेग्मी २०१० सालको भदौ २० गते सिरहाको नरहा गाउँपालिका –२, पानबारीमा जन्मेको हो । रेग्मीका वुवा माधव प्रसाद रेग्मी २००४ सालदेखि कांग्रेसको सिपाही थियो । अमरले भने १६ वर्षको उमेरमा २०२६ सालमा वनारसमा वी.पी. कोइरालको हातबाट नेपाली कांग्रेसको सदस्यता लिएको थियो । सोही कारण ९ वर्ष देश निकाला भएका रेग्मीको परिवार ९ वर्षपछि २०२५ सालमा नेपाल आएका थिए । बुवाको निधनपछि ०४२ सालदेखि आमा बुना रेग्मीले पार्टीको जिल्ला सभापति भएर पार्टी चलाएको थियो । अमर भने २०५३ सालमा जिल्ला सचिव, त्यसपछि उपसभापति हुँदै कार्यवाहक सभापतिसमेत भयो । २०५७ सालबाट निरन्तर महासमिति सदस्य जित्दै आएको छ । २०६४ सालमा सिरहाको क्षेत्र नं. ४ मा उम्मेदवार बनेका रेग्मी पराजित भएको थियो ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 12/01/2017 07:27:00 PM
No comments:
Post a Comment