नेकपा माओवादी केन्द्र, अजयशंकर नायक सिरहा क्षेत्र नं.–४
पूर्वमन्त्री अजय शंकर नायकको जन्म २०३४ साल भदौ ७ गते सिरहाको बडहरामालमा भएको हो । रामशरण नायक र ईश्वरीदेवी नायकका कान्छा छोरा अजय शंकरका दुई छोरा र एक छोरी छन् । २०७० सालको चुनावमा समानुपातिकतर्फबाट सभाषद भएका नायकले मानविकी तथा समाजशास्त्रमा त्रिभुवन विश्व विद्यालयबाट स्नात्तक तहसम्मको अध्ययन गरेको छ । साधारण कार्यकर्ताको स्तरबाट माओवादी को भूमिगत राजनीति सुरू गरेका उनी त्यसअघि माओवादी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) कर्जन्हा माध्यमिक विद्यालयको कोषाध्यक्ष हुन्थ्यो ।
पार्टीको क्षेत्रीय कमिटी सदस्य हुँदै जिल्ला सेक्रेटरी बनेका उनी हाल नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य हुन । उनी २०५५ सालदेखि भूमिगत भएको थियो । उनका बुवा श्रीराम शरण नायक पूर्वएकता केन्द्रका नेता हुन्थ्यो । २०६० सालमा एक घाइते माओवादी कार्यकर्तालाई उपचार गर्न लैजाने क्रममा उनका बुबा श्रीराम शरण नायकलाई सेनाले सिरहा र धनुषाको सीमाबाट पक्रेर बेपत्ता पारेको थियो ।२ ०७३ साल साउन ३० गते कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भएर समेत काम गरेको छ ।
नेपाली का"ग्रेस, मोख्तार अहमद सिरहा क्षेत्र नं.–४
नेपाली कांग्रेसका नेता मोखतार अहमद २०२९ सालको कात्तिक ९ गते सिराहाको कल्याणपुर नगरपालिका–१२, को वेलहा मा जन्मिएको हो । विद्यार्थी जीवनमै २०४४ सालमा नेपाल विद्यार्थी संघको इकाई सभापति भएर राजनीतिक यात्रा सुरु गरेका अहमद जिल्ला कार्यसमितिको सदस्य हुँदै हाल पार्टीको महासमिति सदस्य हुन । २०७० को संधिानसभा चुनावमा सामानुपातिकतर्फ बाट सभासद बनेका मोखतार अहमदले मुस्लिम आयोगको मस्यौदा समितिको संयोजक भएर समेत काम गरेको थियो ।
राष्ट्रिय जनता पार्टी नेपाल, राज किशोर यादव सिरहा क्षेत्र नं.–४
मधेशी गठबन्धनबाट उम्मेदवार बनेका राजकिशोर यादव राजपा नेपालको अध्यक्ष मण्डलका सदस्य हुन । सिराहाकै क्षेत्र नं. ४ मा पर्ने नरहा गाउँपालिका ३, चोहर्वामा २०३० सालको भदौ ७ गते उनको जन्म भएको हो । सिराहको जनता माध्यमिक विद्यालय चोहर्वाबाट एसएलसी र भारतको चण्डिगढ पञ्जावबाट एयर इन्जिनियरिङ गरेका यादव २०६० सालबाट राजनीतिक क्षेत्रमा आएको हो । उपेन्द्र यादवको नेतृत्वमा सबै मधेश वादी पार्टी र स्वतन्त्र मधेशीहरुको साझा संगठनको रुपमा स्थापना भएको मधेश अधिकारवादी फोरम, मधेशी जनअधिकार फोरमबाट २०६० सालमा उनी सक्रिय भएको थियो । त्यसलगत्तै २०६३ सालको मधेश आन्दोलन मा सक्रिय भएका उनी २०६४ को संविधानसभामा सिरहाको तत्कालीन क्षेत्र नं. ६ बाट फोरमबाटै विजयी भएको थियो । उपेन्द्र यादवसँग फूटेर विजय कुमार गच्छदारको लोकतान्त्रिक फोरम हुँदै जयप्रकाश गुप्ताको गणतान्त्रिक फोरममा पुग्यो । २०६८ सालमा जयप्रकाश गुप्ता भ्रष्टचारको अभियोगमा जेल परेपछि राजकिशोर यादव फोरम गणतान्त्रिकको अध्यक्ष बने । अध्यक्ष भएको केही समयमै उनी सूचना तथा सञ्चार मन्त्री पनि बने । २०७० सालको चुनावमा भने उनी यसै क्षेत्रबाट नेपाली कांग्रेस का गणेश मण्डलसँग पराजित भएको थियो । उनको नेतृत्वमा रहेको दलले सामानुपतिकतर्फ एक सिट मात्रै पाएपछि उनले आफ्नै श्रीमतीलाई सभासद बनाएको थियो । यो निर्णयका कारण पार्टीमा उनले चर्को आलोचना खेप्यो । पार्टी नै संकटमा पर्दै गएकाबेला मधेशवादी दलको एकतासँगै राजपाको स्थापना भएको र उनले अध्यक्ष मण्डलको सदस्य बने ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 12/01/2017 07:35:00 PM
No comments:
Post a Comment