/ Undifined / [Marganugami Daily] सिराहा प्रतिनिधि सभाका उमेदवारहरु

[Marganugami Daily] सिराहा प्रतिनिधि सभाका उमेदवारहरु

नेपाली का"ग्रेस, रामचन्द्र यादव सिरहा क्षेत्र नं.ः–२
रामचन्द्र यादवको जन्म २०२८ सालमा सिराहा जिल्लाको सनहीछा गाविसमा भएको हो । हाल उनी सिरहाकै फुल्काहाकट्टी गाविसमा बसोबास गर्छ । उनको बुवाको नाम रामअवतार यादव र आमाको नाम पारुदेवी यादव हो । यादवका श्रीमती, दुई छोरा र एक छोरी छन् । उनले भारतबाट आइए सरहको अध्ययन गरेको छ । २०४६ सालमा कम्युनिष्ट पृष्ठ भूमिबाट राजनीतिमा आएका यादव २०४८ र २०५४ सालमा नेपाली कांग्रेसबाट सिरहाको फुल्काहाकट्टी गाविसको अध्यक्ष मा निर्वाचित भयो । यादव सिरहा निर्वाचन क्षेत्र नम्बर ३ र क्षेत्र नम्बर ४ को एक÷एक पटक क्षेत्रीय सभापति भयो । २०६७ सालमा नेपाली कांग्रेसको जिल्ला सभापतिमा उम्मेदवारी दिएका यादव १२ मतले पराजित भएको थियो । २०७० सालको चुनावमा सिराहा क्षेत्र नम्बर ४ बाट ८ हजार ८ सय ५ मत ल्याएर विजयी भएको थियो ।
नेकपा माओवादी केन्द्र, सुरेसचन्द्र दास सिरहा–क्षेत्र नं. २
सिरहाको सीमावर्ती औरही गाउँपालिका–५, स्थायी घर भएका ६१ वर्षीय सुरेशचन्द्र दास यादवले लामो समय कांग्रेसमा रहेर राजनीति गरेको हो । बाबु देवनाथ दास यादवको बिरासत थाम्दै राजनीतिमा आएका पूराना र अनुभवी नेता मानिने दास कात्र्तिक १६ गते उम्मेदवारी दर्ता गर्नुभन्दा चार दिनअघि मात्र माओवादी केन्द्रमा प्रवेश गरेको हो । राणा शासनको अन्त्यपछि २०१५ सालमा भएको आम निर्वाचनमा तत्कालीन सप्तरी जिल्लाबाट
(२०१८ अघि सिरहा–सप्तरी एउटै जिल्ला थियो) दासका बाबु देवनाथले देशभरमै सबै भन्दा बढी मत ल्याएर चुनाव जित्नु भएको थियो । निरंकुश पञ्चायती व्यवस्था सुरु भएपछि भारतको दरभ·ामा निर्वासनमा रहेका बेला बाबुसँगै उतै बसेका सुरेशले पनि त्यति बेलैदेखि राजनीतिप्रति चासो लिन थायो । भारत निर्वासनको लामो बसाइपछि नेता वीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि दास बाबुछोरा पनि नेपाल फकिएको थियो । २०४८ साल मा भएको आम निर्वाचनमा सिराहाको क्षेत्र नम्बर ३ बाट चुनाव लडेका उनी जिल्लामै सबैभन्दा बढी मत ल्याएर विजयी भएको थियो । २०५१ सालको मध्यावधि चुनावमा पुनः त्यही क्षेत्रबाट चुनाव जितेका दास २०५२ सालमा शेरबहादुर देउवाको सरकारमा स्वास्थ्य मन्त्रीसमेत भयो । जीवनको लामो कालखण्ड कांग्रेसमा बिताएका दास यो चुनावमा भने वामगठबन्धनको उम्मेदवार बनेको हो ।
संघीय समाजवादी फोरम नेपाल, शत्रुधन प्रसाद सिंह सिरहा क्षेत्र नं.–२

शत्रुधनप्रसाद सिंहको जन्म २०२८ साल असारमा सिरहाको बेतौना गाविस ९ मा भएको हो । उनको बुबाको नाम सिढिराम सेवक सिंह र आमाको नाम लालमती सिंह हो । उनको श्रीमती, २ छोरा र एक छोरी छन् । सिंहले भारतबाट राजनीति शास्त्रमा स्नातक गरेको छ । २०४६ सालमा नेपाली कांग्रेस बाट राजनीतिमा प्रवेश गरेका सिंह नेपाली कांग्रेस बेतौना गाउँ इकाइका अध्यक्ष भयो । नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेका सिंह २०६४ सालको मधेश आन्दोलनदेखि मधेशी जन अधिकार फोरममा सक्रिय भयो । २०६४ सालको संविधानसभा चुनावमा सिरहा–४, बाट निर्वाचित सिंहले ११ हजार ७ सय ७९ मत प्राप्त गरेको थियो । तर २०७० सालको चुनावमा उनी यसै क्षेत्रबाट पराजित भयो । २०६६ सालमा मधेशी जनाधिकार फोरम फुटेपछि फोरम लोकतान्त्रिकतिर लाग्यो । सिंह २०६६ सालमा पर्यटन राज्य मन्त्री भएको थियो ।


--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 12/01/2017 07:17:00 PM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment