जनकपुरधाम,मंसिर १८ गते । सर्लाहीको मलंगवाको एक लजमा एक महिलाको हत्या भएको छ । काठमाडौं टोखा–९ घर भएकी ३२ वर्षकी कल्पना श्रेष्ठ लजको कोठा नम्बर २०५ मा बस्नुभएको थियो ।
आइतबार बिहान अबेरसम्म पनि कोठा नखुलेपछि लज सञ्चालकले महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । लजमा महिलासँगै सर्लाही बागमती नगरपालिका–४ घर भएका २४ वर्षका दीपक दाहाल बसेका थिए । दाहालले कल्पना आफ्नो श्रीमती भएको बताएका थिए ।
कल्पनाको हत्या दाहालले गरेको हुन सक्ने सर्लाहीका प्रहरी नायव उपरीक्षक राजेशबाबु थापाले बताउनुभयो । यसविषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको मिथिलाञ्चल एफएमले लेखेको छ ।
--
Posted By madheshexpress.com to JANLOKPRIYA at 12/03/2017 06:55:00 PM
No comments:
Post a Comment