काठमाडौं , १८ मंसिर । दोस्रो चरणको चुनाव हुन लागेको ४५ जिल्लाका सम्पूर्ण शिक्षण संस्थाहरु आजबाट बन्द भएका छन् । निर्वाचन आयोगको आग्रहमा सरकारले आजबाट मंसिर २१ गतेसम्म विद्यालयहरुमा विदा दिएको हो ।
अधिकांश स्कुल र कलेजहरुमा चुनावको मतदान केन्द्र तोकिएको छ । धेरैजसो शिक्षकहरुलाई पनि निर्वाचन आयोगले कर्मचारीको रुपमा परिचालन गरेको छ । त्यसैले आयोगको आग्रहमा विद्यालयमा विदा दिने निर्णय सरकारले यसअघि नै गरेको थियो ।
दोस्रो चरणको मतदान हुने दिन मंसिर २१ गते भने ४५ जिल्लाका सबै कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय सरकारले गरेको छ । दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधि आज मध्यरातिबाट शुरु हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मंसिर २१ गते ४५ जिल्लामा हुन लागेको दोस्रो चरणको चुनावको मौन अवधि मध्यराति १२ बजेबाट शुरु हुनेछ ।
मौन अवधि शुरु भएपछि मतदान नसकिएसम्म निर्वाचन प्रचार प्रसार गर्न र कुनै पनि माध्यमबाट भोट माग्न पाइँदैन । एसएमएस, भाइबर, फेसबुक लगायत कुनै पनि माध्यमबाट भोट माग्न नपाइने निर्वाचन आयोगले जनाएको छ । मौन अवधिमा चुनाव प्रचार गरेमा वा कसैले भोट मागेमा एक लाख रुपैयाँ जरिवानादेखि उम्मेदवारी रद्ध गर्नेसम्म अधिकार निर्वाचन आयोगलाई छ ।
साथै मतदान केन्द्रको तीन सय मिटर वरिपरि राखिएका आ-आफ्ना निर्वाचन चिहृन र प्रचार सामग्री पनि दलहरुले हटाएको हुनुपर्ने आयोगका प्रवक्ता ढकालले बताए । अनलाइनखबरमा खवर छ ।
--
Posted By madheshexpress.com to JANLOKPRIYA at 12/03/2017 07:04:00 PM
No comments:
Post a Comment