/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


अबको गठकन्धन सरकारले बृद्धा पेन्सन ५ हजार पु¥याउने छ ः प्रमोद कुमार यादव

Posted: 19 Nov 2017 07:41 AM PST

सिरहा, २९ कात्तिक । नेकपाा एमालेको घोषणा पत्रमा गठबन्धनको सरकारले बृद्धा पेन्सन ५ हजार पु¥याउने छ । एमालेकै सरकारले शुरु गरेको बृद्धा पेन्सन १०० सय बाट २००० पुगेको सिरहा क्षेत्र नं. ३ का प्रदेश 'ख' का उम्मेदवार प्रमोद कुमार यादवले बताएकाछन् । त्यस्तै सिरहा नगरपालिका वडा नं. ७ मा शहिद हेम नारायण यादवको स्मारक बनाउदा नेपाली कांग्रेसका तात्कालिन सभापति सिता देवीले रोक्नको लागि पुनरावेदन अदालत सम्म मलाई पठाए भने यही राजा सल्हेशको स्मृति दिवसको उद्दघाटनमा प्रथम राष्ट्रपतिको आगनका बिरुद्धमा जिल्ला विकास समितिबाट कुनै सहयोग नगर्ने, यसै वडा अन्तर्गत मलाह टोलबाट गाउँमा गएको ढलान सडकलाई पनि रोक्न पछाडि नपरेका आज विभिन्न भ्रमका कुरा फैलाएर मत माग्नेलाई प्रतिवाद गर्ने मौका आएको छ । एमाले समावेशी र सामानुपातिकमा चल्ने पार्टीको उदाहरण यसै वडाका वडाअध्यक्ष पदमा अल्पसंख्यकलाई ल्याएको कुरालाई नबिर्सि आफ्नो मत सुरक्षित ठाउँको लागि दिने र दिलाउन सिरहा नगरपालिका वडा नं. ७ सल्हेश मन्दिरको प्राङ्गनमा बुधबार भएको अगुवा कार्यकर्ता भेलेमा आग्रह गरेका छन् ।

त्यस्तै उक्त अगुवा कार्यकर्ता भेलामा राजा सल्हेशको ठाउँमा आएर पर्यटन केन्द्र बनाउने जिल्लाकै नमुना पर्यटकिय क्षेत्र रहेको छ भने आफू बाहिरका नभएका पाँच वर्ष सम्म उपसभापति भई यसै ठाउँमा रहदै आएको अवधिमा नै शंकर रंगशाला निर्माणको योजना ल्याएको र यसै जिल्लाको दक्षिणी भेग भन्दा उत्तरी भेगमा बढी विकास भएको कारण उत्तरी भेग संग दक्षिणी भेगलाई जोडने चार लेनको सडको योजना मात्र होइन राजमार्ग जस्तै हुलाकी सडकलाई पनि बनाउन २४० करोड बजेट छुट्टाएको एमालेको कर्म भूमि नै मधेश भएकोले भविष्य तर्फ लक्षित भई सूर्य छापमा मत दिई क्षेत्र नं. ३ का प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्यलाई मत दिई विजय गराउन क्षेत्र नं. ३ का प्रतिनिधी सभा सदस्य उम्मेदवार तथा नेकपा एमालेका केन्द्रिय सदस्य लिलानाथ श्रेष्ठले आग्रह गरेका छन् ।

उपेन्द्र यादव चढीरहेको गाडीमा बम राखेको खुलासा

Posted: 19 Nov 2017 06:46 AM PST

काठमाडौं, ३ मंसिर । छुट्टै तराई राष्ट्रको माग गर्दै भूमिगत सशस्त्र संघर्ष गर्दै आएका जनतान्त्रिक तराई मुक्ति मोर्चा(क्रान्तिकारी)का अध्यक्ष जयकृष्ण गोइतले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव चढेको गाडीमा बम हालेको दाबी गरेका छन् ।

गोइतले आइतबार साँझ एक विज्ञप्ति जारी गरी फोरम अध्यक्ष यादव चढेको गाडीमा प्रेसर कुकर बम हालेको र कुनै पनि बेला विस्फोटन हुनसक्ने जनाएका छन् ।

उनले जारी गरेको विज्ञप्तिमा भनेका छन्, ' यात्रा गरी रहेको गाडीमा कुनै वेला विष्फौट हुने छ । यसबाट मर्नेको साथै क्षति हुने र उत्पन्न हुने दुष्परिणामको जिम्मेवार बन्दलाई अवज्ञा गर्नेहरु नै हुने छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment