/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


मंसिर १० र २१ मा सार्वजनिक विदा दिन आयोगको आग्रह

Posted: 17 Nov 2017 08:36 AM PST

१ मंसिर, काठमाडौं । निर्वाचन आयोगले मसिंर १० र २१ गते सार्वजनिक विदा दिन सरकारलाई आग्रह गरेको छ । पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लामा १० गते र दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा २१ गते विदा दिन आग्रह गरिएको आयोगले जनाएको छ ।

साथै पहिलो चरणको चुनाव हुने जिल्लामा ७ देखि १० गतेसम्म र दोस्रो चरणको चुनाव हुने ४५ जिल्लामा १८ देखि २१ गतेसम्म सार्वजनिक तथा सांस्थागत विद्यालय र क्याम्पसहरुमा सार्वजनिक विदा दिन सरकारलाई आग्रह गरेको छ ।

‘स्थानीय तहमा मैथिली भाषा प्रयोगमा ल्याउनुपर्छ: पत्रकार यादव

Posted: 17 Nov 2017 08:26 AM PST

राजविराज, १ मंसिर । मैथिली साहित्य परिषद्का सचिव समेत रहेका नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादवले विश्वकै समृद्ध भाषाहरुमध्येको एक मैथिली भाषामाथि सरकारले उपेक्षा गर्दैआएको आरोप लगाएका छन् ।
'मिथिला स्टुडेन्टको शाखा गठन एमव् मिथिलाक विकासमे युवाक भूमिका' विषयक शुक्रवार आयोजित कार्यक्रमका प्रमुख अतिथि यादवले यस्तो कुरा बताएका हुन् । स्थानीय तहमा मातृभाषा मैथिलीलाई कामकाजको भाषा बनाउनुपर्नेमा जोड दिँदै उनले भने 'स्थानीय तहमा निवेदनहरु मैथिली भाषामै दिएर प्रयोगमा ल्याउनुपर्दछ, यसकालागि आ–आफ्नो स्थानबाट मैथिल युवाहरुको भूमिका खेल्नु जरुरी छ ।'
देशकै दोस्रो ठूलो भाषा मैथिली भए पनि राजनीतिक दलको प्राथमिकता अझैं पर्न नसकेको चर्चा गर्दै दैनिक जिवनमा मैथिलीको प्रयोगका साथै शिक्षाको माध्यम मैथिलीलाई बनाउन आम जनसमुदाय सचेत हुनुपर्नेमा जोड दिए । मैथिलीको भविष्य युवाहरुको काँधमा रहेकोले मैथिलीको विकासमा जुट्नु आवश्यक रहेको बताउँदै प्रमुख अतिथि यादवले भने 'दहेज प्रथा, बालविवाह र विभेद विरुद्ध समेत युवाहरु सशक्त रुपमा उठ्नुपर्दछ ।'
कार्यक्रमका विशिष्ठ अतिथि स्थानीय समाजसेवी देबेन्द्र झाले मैथिली भाषा, साहित्य र कलाको विकासमा युवाहरुको सक्रियता बढ्नु सकारात्मक रहेको बताए । मैथिली गतिविधिमा आफुबाट हुनसक्ने सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै मैथिली सम्वन्धि कार्यक्रम जनजनमा पुर्याउनुपर्नेमा जोड दिए । मिथिला स्टुडेन्ट युनियन नेपाल सिरहा लहानको शाखा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा गठन गरिएको छ ।  
हनुमाननगर स्थित माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमका बिच शाखा कार्य समिति एवम् सल्लाहकार समिति गठन भएको औपचारिक रुपमा घोषणा गरिएको हो । मो. हसन राजाको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा आरती साह, सचिवमा सत्यनारायण पंडित र कोषाध्यक्ष चन्दा साह रहेका छन् ।
समितिको सदस्यहरुमा रबि शर्मा, राजेश शर्मा, नेहा राउत, विजय राम, राजकुमार यादव र सञ्जय मण्डल रहेका छन् । यसैगरी समितिको सल्लाहकारमा माधव कुमार गुप्ता, देबेन्द्र झा, महेश मेहता र राजेन्द्र मिश्र रहेका छन् ।  मिथिला स्टुडेन्ट युनियनका सचिव गजेन्द्र गजुरद्वारा सञ्चालित कार्यक्रमममा पत्रकार विद्यानन्द राम, गीतकार एवम् मैथिलीकर्मी श्रीराम मण्डल 'भरोसी', शिक्षक समेत रहेका कलाकार महेश महतो, मिथिला स्टुडेन्ट युनियन लहानका अध्यक्ष हृदयनारायण यादव, पूर्व अध्यक्ष दिनेश रसिया, कोषाध्यक्ष गायत्री सिंह, गायक तेजु मैथिल, हिरा महतो, रामनारायण साह, युनियन बिराटनगरका सचिव शिवम मिश्र, माधव कुमार समेतले मन्तव्य व्यक्त गरे ।

'बरु आयोग गेटमै मर्छौ तर, विज्ञापन खारेज नभएसम्म आन्दोलन रोक्दैनौं'

Posted: 17 Nov 2017 08:10 AM PST

भक्तपुर, मंसिर १। शिक्षक विज्ञापन खारेजीको माग राख्दै आन्दोलनरत विद्यार्थीहरुले आयोगको विज्ञापन खारेज नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । बरु आफुहरु मर्न तयार रहेको तर, विज्ञापन खारेज नभएसम्म आन्दोलन स्थगित नगर्ने उनीहरुले चेतावनी दिएका हुन् । आन्दोलनमा एक्यवद्धता जनाउन अनसनस्थल पुगेका विद्यार्थी संगठनका नेताहरुका अगाडी अनसन बसेका विदार्थीहरुले शिक्षा ऐनको नवौं संशोधन र शिक्षक विज्ञापन फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्ने जिकिर गरेका हुन् ।बिहिवार आन्दोलनमा एक्यवद्धता जनाउन नेविसंघ, अनेरास्ववियू तथा अनेरास्ववियू (क्रान्तिकारी)का नेताहरु अनसन स्थल पुगेका थिए । उनीहरुले संयुक्त बैठक बसेर बुधवार विद्याथृिहरुको आन्दोलनमा एक्यवद्धता जनाउने निर्णय गरेका थिए ।विहिबार दिउँसो २ बजे विद्यार्थीसंगठनका नेताहरुसँगै हजारौंैंको संख्यामा आयोग पुगेका विद्यार्थीहरु अस्थायी शिक्षकका लागि खुलेको विज्ञापन तथा नवौं ऐन संशोधन खारेजीको माग गर्दै नाराबाजी लगाउँदै आयोग पुगेर प्रदर्शन गरेका थिए ।हजारौं विद्यार्थीहरुको र्याली सहित अनेरास्ववियुकी अध्यक्ष नविना लामा, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ तथा नेविसंघका केन्द्रीय सदस्य प्रेम शाही आयोग पुगेका थिए ।उनीहरुले विद्यार्थी संगठनहरुको आन्दोलनमा एक्यवद्धता जारी गर्दै उनीहरुको माग तत्काल पुरा गर्न सरकार सँग माग समेत गरेका थिए ।आन्दोलनरत विद्यार्थी संघर्ष समितिका संयोजक पुस्कर शर्माले आफूहरु कुनै पनि हालतमा पछि नहट्ने र अनसन जारी राख्ने बताए । रिले अनसनबाट माग पुरा नभए तीनजना अस्थायी शिक्षककोे बदलामा तीस जना विद्याथीृहरु आयोगकै गेटमा आमरण अनसन बस्ने उनले चेतावनी समेत दिए । शर्माले, शिक्षा ऐनमा भएको नवौं संशोधनले लाइसेन्स लिएर बसेका लाखौं विद्यार्थी माथि अन्याय परेको भन्दै आयोगले विज्ञापन खारेज नगर्दासम्म आन्दोलन जारी राख्ने चेतावनी दिए ।

शिक्षा ऐनको नवौं संशोधन खारेज हुनुपर्ने, शिक्षक सेवा आयोगको आन्तरिक विज्ञापन खारेज हुनुपर्ने, प्रत्येक वर्ष शिक्षक सेवा आयोगले खुला प्रतिष्पर्धाबाट विज्ञापन खोल्नुपर्ने, प्रत्येक वर्ष अध्यापन अनुमति पत्रको परीक्षा हुनुपर्ने लगायतका विभिन्न ७ सुुत्रीय माग राख्दै विद्यार्थीहरु गएको आइतबार देखि अनसनमा छन् ।

विद्यार्थी संघर्ष समितिले परीक्षाका लागि तयार गरिएको पाठ्यक्रम र ग्रिड पनि अस्थायी र खुला शिक्षकका लागि एउटै हुनुपर्ने माग गरेको छ ।

आज बालाचतुर्दशी, शिवालयहरुमा शतवीज छरिँदै

Posted: 16 Nov 2017 10:11 PM PST

काठमाडौं, मंसिर । मंसिर कृष्ण चतुर्दशीका अवसरमा आज पशुपतिनाथलगायत देशका विभिन्न शक्तिपीठमा शतबीज छरेर बालाचतुर्दशी मनाइँदै छ ।पितृ उद्धारका लागि उनीहरुको सम्झनामा शतवीज छर्ने गरिन्छ ।बालाचर्तुदशीको अघिल्लो दिन मार्गकृष्ण त्रयोदशीको दिन पशुपतिनाथलगायत देशका अन्य शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी चतुर्दशीको दिन शतबीज रोपण गरिन्छ ।
यसरी बत्ती बाल्दा पितृलोक झलमल्ल हुन्छ भन्ने विश्वास रहिआएको छ । सुरुमा सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेको गणेशमन्दिर नजिक आइपुगेपछि मूर्तिलाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गर्ने प्रचलन अर्को विशिष्टता हो ।
शतबीजरोपणले पितृको उद्धार हुन्छ भन्ने जनविश्वास छ । अन्य शिवालयभन्दा पशुपतिनाथमा गरिने शतबीज रोपणको ठूलो महिमा छ । यसैकारण पनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिस पितृउद्धारको उद्देश्यले पशुपति आउने गर्छन् ।

शतबीज भन्नाले सयथरी बीउ भन्ने बुझिन्छ तर पनि शतबीजमा मुख्यतः धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकैलाई मात्र लिइने गरेको पाइन्छ । यसैगरी शतबीजमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूल पनि हुने गर्छन् ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment