/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


कांग्रेस, एमाले र माओवादी केन्द्र सहितका सयौ नेता कार्यकर्ताहरु राजपामा प्रवेश

Posted: 16 Nov 2017 09:36 AM PST

जनकपुरधाम, कात्तिक ३० गते ।
आगामी निर्वाचनको तयारीमा दलहरु जुटेका बेला कांग्रेस, एमाले र माओवादी केन्द्र सहितका दललाई ठूलो झटका लागेको छ ।
बिहीवार धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेस, एमाले र माओवादी पार्टीबाट आजिज भई सो पार्टी परित्याग गरी सयौंको संख्यामा मधेश गठबन्धनका साझा दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा प्रवेश गरेका छन् ।
क्षेत्रमा पर्ने प्रदेश नम्बर २ का केन्द्र विन्दु जनकपुर उपमहानगरपालिका स्थित पेठिया बजारमा करीब ८ सयको संख्यामा कांग्रेस, एमाले र माओवादी पार्टी परित्याग गरी नेता कार्यकर्ताहरु प्रवेश गरेका छ्न ।
प्रवेश गर्नेहरुमा एमाले, कांग्रेस, नयांशक्ति र माओवादी सहित दलका  उत्तिमलाल यादव, रामप्रसाद साह, सोयल राजा दर्जी, आदम राइन, माधब साह, राजेश अग्रबाल, सम्भु कुमार साह, बिना मण्डल, बादल पासवान, जितेन्द्र सिंह, बिटु ठाकुर लगायत करीब ८ सय नेता कार्यकर्ताहरु रहेका छ्न ।
नवप्रवेशीहरुले वर्षौदेखि हामी ती पार्टीहरुमा लागेका थियौं तर तिनीहरु मधेशको विकास गर्नुको सट्टा मधेशलाई जर्जर बनाउंदै मधेशीको छाती र टाउकोमा गोली हान्ने बाहेक कुनै काम नगरेकोले बाध्य भई मधेशलाई अधिकार सम्पन्न बनाउनमा सहयोग गर्न राजपामा प्रवेश गरेको बताए । उनीहरुले अब ती दलहरुको शोषणबाट मुक्त भई मधेशी शहीदको सपना साकार गर्न र संविधान संशोधन मार्फत अधिकार सम्पन्न बनाउन अब संघर्ष होइन ब्यालेटको मार्पmत जवाफ दिदै  मधेश केन्द्रित दलमा लागेर अघि बढने प्रतिबद्धता समेत जनाएका छ्न ।

आचार संहिता विपरित राखिएका सामग्री प्रशासनले हटायो

Posted: 16 Nov 2017 09:03 AM PST

राजविराज, ३० कार्तिक ]प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिदै गर्दा निर्वाचन आचार संहिता उल्लघंनका घटनामा वृद्घि हुन थालेपछि स्थानिय प्रशासनले विहिबार देखि नियन्त्रणको प्रयास थालेका छन् । जिल्लाको विभिन्न ठाउँमा राजनितिक दलहरुले निर्वाचन आचार संहिता उल्लघंन गरी राखेका निर्वाचन अंकित झण्डा, तुल, ब्यारन, पोष्टर लगायतका सामग्री हटाएर स्थानिय प्रशासनले आचार संहिता उल्लघंनका घटना रोक्ने प्रयास गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, मुख्य निर्वचन अधिकृत हरिशचन्द्र ढुंगाना, नेपाल प्रहरीका उपरिक्षक मुकेश सिंह, शसस्त्र प्रहरी उपरिक्षक रामाधार यादव लगायतको अगुवाईमा प्रहरीले सार्वजनिक स्थल र विभिन्न सरकारी कार्यालयको प्रखालमा विभिन्न दलद्वारा लगाईएको पोष्टर, तुल, ब्यानर लगायतका प्रचार सामग्री हटाईएको छ ।प्रमुख जिल्ला अधिकारी पाण्डेले निर्वाचन आचार संहितामा उल्लेख गरिएको व्यवस्था विपरित विभिन्न दलले जथाभावि प्रचार प्रसार सामग्री राखेकाले हटाउने काम सुरु गरिएको बताए ।

मतदाता भन्छ्न मतको अधिकारि मधेसी गठबन्धन

Posted: 16 Nov 2017 08:57 AM PST

सिराहा,कार्तिक ३० गते । मधेसमा आन्दोलन भईरहेकाे बेला पहाडमा खुसियाली मनाइरहेको अबस्था थियो,त्यो पल अहिले पनि सम्झिदा अँखा भरी आँसु आउँछ कसरी अफ्नो मत फेरि अरुलाइ बिष्णुपुर गाउँपालिका २ बस्ने रमन यादव भन्छ्न यस्पालि को मतको अधिकारी मधेसी गठबन्धन । चुनाब आउने दिन को व्यग्र प्रतीक्षामा रहेको कल्याणपुर-१ बस्ने ७८ बर्सिया वृद्ध राम लखन मण्डल भन्छ्न हामी सधैभरि पुरानो पार्टी कांग्रेस,एमालेलाई लाई भोट दिएर जितायो तर हातलागि शून्य मात्र भयो जादा जादै मर्ने बेलाको अन्तिम भोट मधेसलाई नै दिने निधो । मधेस सरकार निर्माणमा गर्न र मधेशि सहिदको सपना साकार गर्न यसपाली अरुभन्दा पनि मधेसी गठबनधन नै उत्म नगरपालिका मिर्चैया ३ बस्ने चिरञ्जीवी यादब । म यसपालिको भर्खरै सप्पन्न स्थानीय तहको चुनावमा अरु पार्टीलाई आफ्नो मत दिएपनि यो चुनावमा मधेसी दललाइ नै मेरो रोजाइ कर्जन्हा २ बस्ने सन्जय पासमान बताउछन् । हामिलाइ सडक बाटो होईन अधिकार सम्पन्न मधेस चाहियो । मधेस बाट जितेर जाने र मधेसको विपक्षमा लाग्ने लाई होइन यस पालिको मतको अधिकारि मधेसी द्ल नै हो,बिष्णुपुर गाउँपालिका ३ बस्ने सुर्य देव यादव । सिराहा क्षेत्र नम्बर ४ मा सञ्चारकर्मिको एक टोलिले मत सर्बे गर्दा अधिकान्स मतदाताको रोजाइ नै बनेको देखियो मधेसी गठबन्धन । यस क्षेत्रमा मधेसी गठबन्धन बाट राजपाका अध्यक्ष मणडल सदस्य राज किशोर यादव रहेका छन भने बाम गठबन्धनबाट अजय सन्कर नाय्क तथा लोकतान्त्रिक गठबन्धन बाट मोक्तार आल्म रहेका छ्न ।

सार्वजनिक विदा पुनरावलोकन गर्न सर्वोच्चको निर्देशनात्मक आदेश

Posted: 16 Nov 2017 07:48 AM PST

३० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक विदा पुनरावलोकन गर्न सरकारलाई निर्देशनात्मक आदेश दिएको छ ।
डिसेम्बर २५ मा क्रिसमसको सार्वजनिक विदा पाउनु पर्ने माग गर्दै परेको रिटमा न्यायाधीशद्वय ईश्वर प्रसाद खतिवडा र सपना प्रधान मल्लको संयुक्त इजालसले विदा पुनरावलोकन गर्न गर्न भनेको हो ।
आदेशमा धार्मिक सहिष्णुतासहितको अवस्था तथा सरकारी कर्यालयबाट जनताले पाउने सेवा सुविधाको प्रभावकारितालई समेत मध्यनजर गरी सम्पूर्ण सार्वजनिक विदालाई पुनरावलोकन गर्न भनिएको छ ।

नेपाली व्यापारीमाथी सीमावर्ती क्षेत्रमा गोली प्रहार

Posted: 15 Nov 2017 09:30 PM PST

३० कात्तिक, सर्लाही ।सर्लाही सदरमुकाम मलंगवाका एक व्यापारी माथी भारतीय भूमीमा गोली प्रहार भएको छ । सदरमुकाममा थोत्रा सामान संकलन गरेर व्यापार गर्दै आएका मलंगवा नगरपालिका– ९ बस्ने ३७ वर्षीय राकेश चौधरीमाथी गोली प्रहार भएको हो । भारतको सोनवर्षाबाट मलंगवा फर्किने क्रममा गएराती ८ बजेतिर भारतको सीतामढी जिल्ला स्थित चिलरा मोडमा नचिनेका मानिसले जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । पेट बायाँपट्टी गोली लागेर घाईते भएका चौधरीलाई जिल्ला अस्पताल मलंगवामा सामान्य उपचारगरि नेशनल मेडिकल कलेज वीरगञ्ज रेफर गरिएको सर्लाहीका प्रहरी प्रमुख एसपी मसउद आमल खाँ ले जानकारी दिनुभयो । व्यापारी माथी गोली प्रहार गर्नेहरुको सर्लाही प्रहरी र भारतको सोनवर्षा प्रहरीले खोजी गरिरहेका छन् । घटना भारतमा भएपनि घटना संलग्नहरुको खोजी गर्न आफूहरुले पनि सहयोग गरिरहेको एसपी खाँ ले बताउनुभयो ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment