/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


अन्तर्राष्ट्रिय ‘भैँंसी’ सम्मेलन चितवनको सौराहामा, ११ देशका वैज्ञानिक सहभागी

Posted: 15 Nov 2017 09:08 AM PST

चितवन । भैँंसीपालन र व्यावसायिक उत्पादन क्षेत्रमा काम गरिरहेका विभिन्न देशका वैज्ञानिकको सहभागितामा 'भैँंसी' बारे चितवनको सौराहामा बुधवारदेखि अन्तर्राष्ट्रिय संगोष्ठी भइरहेको छ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशुविज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय मुख्य आयोजक एवम् नेपाल सरकार, पशुपन्छी विकास मन्त्रालय, पशुसेवा विभाग, नेपाल कृषि अनुसन्धान परिषद् र मिचिगन स्टेट युनिभर्सिटी अमेरिकाको सहआयोजनामा सम्मेलन भइरहेको आयोजकले जनाएको छ । 'खाद्य एवम् आर्थिक वृद्धिका लागि भैंँसी उत्पादनमा वृद्धि' भन्ने नारासाथ जारी सम्मेलनमा नेपालसहित ११ देशका वैज्ञानिक सहभागी छन् ।
सम्मेलन मूलआयोजक समिति अध्यक्ष एवम् कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय रामपुरका डीन प्रा.डा. शारदा थपलियाले सम्मेलनमा नेपालसहित भारत, चीन, पाकिस्तान, बंगलादेश, थाइल्यान्ड, फिलिपिन्स, इटाली, अमेरिका, बेलायत र क्यानडाका वैज्ञानिक सहभागी रहेको दिए ।
सम्मेलनमा भैंँसीको व्यावसायिक उत्पादनबारे विभिन्न कार्यपत्र प्रस्तुत गर्नेछन् । भैँसीको प्रजनन प्रविधि, यसको स्वास्थ्य, पोषण एवम् व्यवस्थापन विधि, अनुवांशिक प्रविधि विषयमा करिब ९० कार्यपत्र प्रस्तुत गरिने उनले बताए । यसमा १४ आमन्त्रित कार्यपत्र रहनेछन् ।
आयोजक समिति सदस्यसचिव डा. भूमिनन्द देवकोटाका अनुसार सम्मेलनमा इन्टरनेसनल 'बफेलो' फेडेरेसन महासचिव एन्तोनी बोरगिज, एसियन बफेलो एसोसिएसन अध्यक्ष इन्दरजित सिंह, विभिन्न विश्वविद्यालयका अध्यक्ष एवम् विशिष्ट वैज्ञानिकको सहभागिता रहनेछ ।
नेपालमा पहिलोपटक आयोजित यसकिसिमको वैज्ञानिक सम्मेलनले भैँंसी उत्पादनका क्षेत्रमा अपनाइएका प्रविधि र पछिल्लो खोजबारे जानकारी सम्प्रेषण गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा यस क्षेत्रमा कार्यरत वैज्ञानिक, अनुसन्धान निकाय, विश्वविद्यालय एवम् सरकारी तथा गैरसरकारी संस्थाको बीचमा वृहत् सञ्जाल निर्माण र सहकार्य विस्तारमा सघाउने विश्वास व्यक्त गरे ।
नेपालको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरलाई भविष्यमा भैंँसी र यससँग सम्बन्धित उत्पादन अभिवृद्धिका लागि क्षेत्रीय र अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र बनाउने उद्देश्य लिइएको देवकोटाले बताए ।
दक्षिण एसिया, पूर्वी, मध्यपूर्वी र मध्यपश्चिम एसिया, तटीय देश एवम् दक्षिण र मध्य अमेरिकी देशको पशु उत्पादनको मुख्य हिस्सा भैँंसीले ओगटेको छ । भैँंसीको उत्पादनले नेपालको खाद्य एवम् आर्थिक क्षेत्रमा ठूलो योगदान गरिरहेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय उपकुलपति प्रा.डा. ईश्वरीप्रसाद ढकालका अनुसार, नेपालमा कुल दुग्ध उत्पादनको दुईतिहाइ बढी र कुल मासु उत्पादनको आधाभन्दा बढी हिस्सा भैंँसीको उत्पादनले ओगटेको छ ।
विश्वका ४२ देशमा भैँंसीपालन हुँदै आएको छ । विश्वभरिमा १८ करोड ५० लाख भैँंसी पालिएको अनुमान छ । यसमा सबैभन्दा बढी भारतमा १० करोड ५० लाख, पाकिस्तानमा ३ करोड र नेपालमा ५२ लाख भैँंसीपालन हुँदै आएको उपकुलपति ढकालले बताए ।
भैँसी सम्मेलनबाट आएको निचोडले सरकारलाई मार्गनिर्देशन गरी नीति निर्माण गर्न सहयोग पुग्ने उपकुलपति ढकालको भनाइ छ । नेपालमा तीनवटा रैथाने जात र दुई उन्नत जातका भैंँसी पालिँदै आइएको छ । रैथानेमा लिमे र पार्काेटे स्याङ्जा, पर्वत, बाग्लुङलगायतका पहाडी जिल्लामा र गड्डी जातका भैँंसी सुदूरपश्चिमका पहाडी जिल्लामा पालिँदै आएको छ । उन्नत जातका मुर्रा र क्रस मुर्रा भैँंसी तराई क्षेत्रमा पालिँदै आएको छ ।
कात्तिक २९ देखि सुरु अन्तर्राष्ट्रिय भैँसी सम्मेलन मंसिर २ गतेसम्म चल्नेछ ।

सरसफाइ गर्न लागिपरे वडा अध्यक्ष

Posted: 15 Nov 2017 08:46 AM PST

कार्तिक २९ गते,सिराहा । बिष्णुपुर गाउँपालिका वाडा नम्बर २ का वाडा अध्यक्ष ले आफ्नो गाउँ टोल सरसफाइ गर्न लागीपरेका छन् । वाडा नम्बर २ वाडा अध्यक्ष राम ईश्वर यादवले हप्ताको १ दिन आफ्नो गाउँ टोललाई सामुहिक रूपमा सर सफाइ गर्न अभियानकै रूपमा अगाडि बढाई सकेका छन् । उहा आफ्नो गाउँ- ठाउँलाई सफा र रोग ब्याधी मुक्त गर्न सरसफाइ अनिवार्य मात्र नभई आजको आबस्यकता भएको बताए । सुन्दर र स्वच्छ समाज निर्माण गर्न मेरा वाडाको पहिलो काम नै प्रत्येक घर घरमा चर्पि र आफ्नो टाेल आफै सफा गरौं भन्ने नाराका साथ थालिसकेको बताए ।

राजकिशोर यादवलाई फोरम बागी उम्मेद्बवार को समर्थन

Posted: 14 Nov 2017 06:30 PM PST

शिव दयाल यादव सिराहा,असोज २८ गते । संघीय समाजबादि फोरम नेपाल बाट बागी उमेदवार को रूपमा रहेको प्रतिनिधि र प्रदेश सभाका स्वतन्त्रद्वय उम्मेद्बारले राजकिशोर यादव लाई सनर्थन गरेको छ । मो.ताहिर प्रतिनिधि सभा र कारी यादव प्रदेश सभाको लागि उम्मेद्बारी दर्ता गराएको थियो । मधेसी दलको गठबन्धनमा पार्टीको निर्देशन बमोजिम समर्थन गरेको एक स्रोतको भनाइ रहेको छ । सिराहा निर्वाचन क्षेत्र नम्बर ४ मा राजपा का अध्यक्ष मणडल राज किशोर यादव लाई आफ्नै गठबन्धन बाट बागी उमेदवारको चुनौती परेको बेला ताहिर र यादव को समर्थनले मधेसी गठबंधन मा थप बल पुगेको छ । राजपाबाट प्रदेस सभाका लागि ४(क) बाट राम कुमार मणडल र ४(ख) बाट सुरेस मणडल रहेका छन् ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment