जनता कँगाल,मधेसी नेता मालामाल Posted: 14 Nov 2017 10:56 AM PST | राजेन्द्र महतोको घर |
राजेन्द्र महतो र निजको श्रीमति को नाममा जनकपुर , काठमाण्डौ , सर्लाही लगायतनेपालको बिभिन्न जिल्लामा अरबौ को घर जग्गा र करोडौं को सुन चांदी...
२०७४ कार्तिक २७ गते काठमाडौं । मधेसका गरीव एवं उत्पीडित जनतालाई पहाडे समुदाय र काठमाडौंविरुद्ध भड्काउँदै हिँडेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले काठमाडौंमा कति जग्गाजमीन जोडेका होलान् ? तथ्य थाहा पाउने हो भने मधेसमा आन्दोलनरत उनकै दलका कार्यकर्ता छक्क पर्न सक्छन् ।
विमानस्थलमा लोडरको जागिर खाइरहेका भए महतोले काठमाडौंमा घर र करोडौंको जमीन किन्न शायदै सम्भव थियो । तर, राज्यले हेपेको तर्क गर्दै पटक-पटक मन्त्री बनेका महतोका लागि मधेसको राजनीति आर्थिकरुपमा फलीफापपूर्ण देखिएको छ । महतोले काठमाडौंका विभिन्न ठाउँमा ३ रोपनीभन्दा बढी जमीन किनेको तथ्य भेटिएको छ ।
सार्वजनिक भाषणहरुमा काठमाडौंले मधेसलाई शोषण गरेको बताउने महतोले मधेसी जनताको सपनालाई रामै्रसित भने दोहन गरेका छन् । पहिलो मधेस आन्दोलनमा सहिद र घाइते बनेका जनतालाई बेवास्ता गर्दै आफ्नै श्रीमती शैल कुमारी देवीलाई उनले सांसद बनाएको विषय पुरानो भइसकेको छ । राज्यले मधेसी जनतालाई हेरेन भन्ने महतो आफूले चाँहि राज्यका निकायमा अवसर पाउनासाथ कार्यकर्ताको साटो आफ्नै पत्नी र परिवारलाई रोज्ने गरेको कसैसँग छिपेको छैन ।
सदभावना अध्यक्ष महतो र उनको परिवारले काठमाडौंमा कति जग्गाजमीन जोडिसकेका छन् भन्ने तथ्य सदभावना पार्टीकै कार्यकर्तालाई थाहा छैन ।
काठमाडौंमा कति छ जग्गा ?
काठमाडौंको भीमसेनगोलामा राजेन्द्र महतोको घर रहेको सबैले थाहा पाइसकेकै विषय हो । तर, त्यसबाहेक उपत्याकाका कुनाकाप्चीमा समेत महतोले आफू र पत्नीका नाममा करोडौं मूल्य पर्ने जग्गा जोडेका छन्, जसको स्रोत स्पष्ट छैन ।
काठमाडौंको मच्छेगाउँ-२ मा महतोपत्नी एवं सांसद शैल कुमारी देवीका नाममा १ रोपनी ६ आना २ पैसा जग्गा छ । त्यसैगरी काठमाडौंकै वार्डभञ्ज्याङ-३ मा महतोले २ रोपनी ९ आना जग्गा किनेका छन् । यो जग्गा पत्नीको नाममा नभएर महतोले आफ्नै नाममा राखेका छन् ।
काठमाडौं महानगरपालिका वटा नम्बर ९, प्रयागमार्गमा रहेको ५ आना जग्गाचाँहि महतोपत्नी तथा सांसद शैल कुमारी महतोकै नाममा छ ।
महतो परिवारले घर बहालबाट समेत नियमित आम्दानी गर्दै आएको छ ।
मधेसमा कति छ जमिन ?
मधेसका जनताको हितका लागि लागेको बताउने तर सत्तामा गएपछि कमाएको पैसाले उपत्यकामा जमिन जोड्ने महतो परिवारको मधेसमा पनि जग्गा जमीन छ ।
नागरिकता अनुसार महतोको स्थायी ठेगाना सर्लाहीको बबरगञ्ज गाविस वडा नम्बर ८ मा पर्छ । पूर्वमन्त्री समेत रहेका महतोले स्थायी लेखा नम्बर पनि लिएका छन् । उनको स्थायी लेखा नम्बर १००३६२१०९ हो ।
सर्लाही बबरगञ्जका महतोको विष्णुपुर- ६ मा एक कठ्ठा १८ धुर जग्गा छ । यो घडेरी सांसद शैल कुमारीका नाममा छ ।
बबरगञ्ज- ८ मा महतोको ४ बिघा १२ धुर जमीन छ । यो जमिन राजेन्द्र महतोकै नाममा छ ।
सर्लाहीकै नेला गाविसमा महतोका नाममा १४ कठ्ठा जमिन छ ।
धनुषाको बेगासीपु-६ मा महतोपत्नी शैलकुमारीका नाममा १ विघा १३ कठ्ठा १८ धुर जग्गा छ ।
सुन ९५ तोला, चाँदी ३ किलो
महतोले मन्त्री एवं पार्टी अध्यक्ष हुँदा कमाएको सम्पत्ति जग्गा जमीनमा मात्रै होइन, सुन चाँदीमासमेत लगानी गरेका छन् । महतोसँग ९५ तोला सुन र ३ किलो चाँदी रहेको तथ्य अनलाइनखबरले फेला पारेको छ ।
तीनवटा बैंकमा खाता
काठमाडौं, नयाँ बानेश्वरस्थित एभरेष्ट बैंकमा राजेन्द्र महताको खाता छ, जसमा घरभाडा उठेको रकम जम्मा गर्ने गरिएको छ । विगतमा सभासद र मन्त्री हुँदा उनको पारिश्रमिक यही बैंकमा जम्मा हुन्थ्यो ।
महतोको अर्को बैंक खाता सर्लाही मलंगवाको नेपाल बैंक लिमिटेडमा छ । त्यहाँ पनि उनले नगद जम्मा पारेका छन् ।
त्यसैगरी कृषि विकास बैंक गौशालामा महतोपत्नी शैल कुमारी देवीको खाता छ । सांसद बनेपछि एभरेष्ट बैंकमा पनि उनले खाता खोलेकी छिन् । |
सप्तरीको गौरामा घाँटी रेटेर श्रीमतीको हत्या Posted: 14 Nov 2017 08:39 AM PST |
यौन दुराचार आरोपी शिक्षकलाई उम्काउने प्रयास Posted: 14 Nov 2017 05:58 AM PST सिरहा, २८ कार्तिक । स्थानीय जनता माध्यमिक विद्यालय, गोलबजार ८ का एक शिक्षकले आफ्नै विद्यार्थीमाथि यौन दुराचार गरेको अभियोग लागेको छ । विद्यालयका प्रा।वि। शिक्षक हरिनारायण महतोले ६ कक्षामा अध्ययनरत एक छात्रालाई यौन दुराचार गरेको अभिभावकको आरोप छ । अभिभावकले सोमबार विद्यालयमै आएर उजुरी गरेका थिए । पीडितले आइतबार विद्यालयबाट घर पुगेर आमालाई रुदै शिक्षकले आफूलाई शरिरका विभिन्न भागमा सुमसुम्याएको भनेपछि अभिभावक उजुरी गर्न सोमबार विद्यालय पुगेका थिए । अभिभावकको उजुरीपछि आज ९मंगलबार० विहानैदेखि स्थानीय बुद्धिजिवी, जनप्रतिनिधी, विद्यालयका प्र।अ। व्रम्हदेव प्रसाद सिंह, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवु महतो र इलाका प्रहरी कार्यालय गोलबजारका असई रेमती महतो सहितको उपस्थितिमा घटना मिलाउन छलफल चलिरहेको बताइएको छ । घटना सार्वजनिक भएपछि आक्रोशित स्थानीय युवा तथा विद्यार्थीहरुले विद्यालयमा ताला लगाएका छन् । तालाबन्दका कारण जारी अर्धवार्षिक परीक्षा समेत स्थगित भएको छ । पीडक शिक्षकलाई कार्वाहीको माग गर्दै सिरहाको चोहर्वामा चक्काजाम गरिएको छ । |
No comments:
Post a Comment