राजेन्द्र महतोको आफ्नो जिल्लामा त हैसियत छैन्, जनकपुरमा जनताले जवाफ दिन्छन्: निधि Posted: 13 Nov 2017 07:23 AM PST जनकपुर । नेपाली कांग्रेसका नेता एवम् धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेद्धवार विमलेन्द्र निधिले एमाले–नेकपा माओवादी केन्द्रको कम्युनिष्ट गठबन्धनले बुहमत कुनै हालतमा ल्याउन नसक्ने ठोकुवा गरेका छन् । उनले भने, 'उनीहरुले बहुमत त ल्याउन सक्दैनन्, कहाँबाट दुई तिहाई आउँछ ? यो सबै हावा प्रचारवाजी हो ।'
बिहीबार रिपोर्टर्स क्लब नेपालले जनकपुरमा आयोजना गरेको चुनावी विशेष अन्तरक्रियामा बोल्दै निधिले भने, 'हेर्दै जानुहोस्, देशभरि नै कांग्रेसका उम्मेद्धवारहरु विजयी हुन्छन्, हामी बहुमत आरामले ल्याउँछौं, एमाले र माओवादीले भनेजस्तो दुई तिहाईको कुरा यी सबै प्रचारवाजी मात्रै हुन् ।'
उनले अहिलेको चुनावलाई सामन्य चुनावको रुपमा मात्रै नहेर्न आम मतदाताहरुसँग आग्रह गरेका छन् । उनले भने, 'यो चुनाव भनेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था रहने कि एकदलीय निरंकुशता शासन रहने भन्ने फैसला पनि हो, एमाले र माओवादी केन्द्रले एउटै कम्युनिष्ट पार्टी निर्माण गरेर एकदलीय कम्युनिष्ट गणतन्त्र स्थापना गर्ने चाहना राखेका छन्, त्यसैले यो चुनाव त्यो व्यवस्था राख्ने कि लोकतान्त्रिक व्यवस्था राख्ने भन्ने वीचको लडाई पनि हो ।'
उनले आफ्नो पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई कायम राख्ने र यसको लागि कांग्रेसले अगुवाई गरिरहेको समेत जिकिर गरे । उनले भने, 'यो प्रणालीलाई बलियो बनाउनको लागि हामी लागिपरिरहेका छौं, तर अहिलेको संविधानलाई खारेज गरेर एमाले–माओवादीले कम्युनिष्ट शासन ल्याउने चाहाना राखेका छन्, त्यसैले कुन व्यवस्थालाई बलियो बनाउने भन्ने जनताको हातमा छ ।'
उनले आफू विद्यार्थी कालदेखि नै काँग्रेसबाट जनताको लागि संघर्ष गरेको व्यक्ति भएको उल्लेख गर्दै प्रजातन्त्रको लागि पटक–पटक जेल गएको सुनाएँ । उनले थपे, 'जनताको लागि जेल गएको हुँ । लडाई गरेको छु, लोकतन्त्र, संघीयता, गणतन्त्र, संविधानको लागि मैले आफ्नो तर्फबाट ठूलो भूमिकानिर्वाह गरेको छु, त्यसैले यहाँका जनताले मलाई भोट दिनुहुन्छ ।'
त्यस्तै उनले जनकपुरका गाउँगाउँमा आफूले पक्की बाटो र कलेजहरु बनाएको पनि दाबी गरे । त्यस्तै जनकपुर–ढल्केवर ६ लेनको बाटो, हवाई सेवा विस्तारदेखि लिएर अन्यकामहरु समेत गरेको उल्लेख गर्दै उनले आफूले गरेका सबै कामहरु जनतालाई राम्रोसँग थाहा भएकोले आफूलाई भोट हाल्ने विश्वास व्यक्त गरे । राजश्री विश्वविद्यालय बनाउन मैले सफलता रुपमा काम गरेको छु ।
उनले धनुषाको चार वटै क्षेत्रमा कांग्रेसले जित्ने दाबी समेत गरे । उनले थपे,'जनकपुरका मतदाताले मलाई र रुख छापामा भोट दिन्छन्, हामी ४ वटै क्षेत्रमा जित्छौं ।'
उनले वाम गठबन्धनले दुई तिहाई ल्याउने र सरकार बनाउने भनेर झुटो प्रचार गरेको समेत आरोप लगाए । उनले थपे, 'जनता यो संविधान टिकाउन चाहन्छन्, उनीहरुको दुई तिहाईको कुरै छोडिदिऔं, बहुमत ल्याउन पनि सक्दैन्न, यो तपाई लेखेर राख्नुहोस्, कांग्रेसले बहुमत ल्याउँछ।'
राजेन्द्र महतोलाई जनकपुरले स्वीकार्दैन
उनले राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो बाहिरिया मान्छे भएकोले जनकपुरवासीले उनलाई नस्विकार्ने दाबी गरे ।
उनले भने,'बाहिरिया मान्छे हामीलई चाहिँदैन भनेर यहाँका जनताले भनिसकेका छन्, राजेन्द्र महतो त आफ्नो जिल्लामा हैसियत नभएको मान्छे हो, उहाँ त गालीगलौजको भाषा बोल्नुहुन्छ अरे, मैले मिडियाको माध्यमबाट यही कुरा सुनेको छु, तर म गाली गलौजको भाषाप्रयोग गर्न चाहन्न किनकी मिथिलाको मान्छे हुँ, यहाँ गालीगलौजको भाषा चल्दैन। महतोलाई यहाँको जनतालाई जवाफ दिन्छन् ।'
महतोले आफूलाई हराउनको लागि यहाँ आएको भनेर अभिव्यक्ति दिएको उल्लेख गर्दै भने, 'उहाँ त मलाई हराउनको लागि आउनुभएको छ अरे, तर म चुनाव लड्दैछु, जनकपुरलाई राजधानी बनाउनको लागि, राजश्री विश्वविद्यालयबनाउनको लागि, ६ लेनको बाटो बनाउनको लागि, मेरो उद्देश्य भनेको जनकपुरलाई जिताउने हो ।'
उनले चुनावपछि लोकतान्त्रिक गठबन्धन बलियो बन्ने समेत विश्वास व्यक्त गरेका छन् । |
जिल्ला समन्वय समिति सिरहामा बाम गठबन्धन को प्यानल विजय Posted: 13 Nov 2017 05:18 AM PST शिव दयाल यादव सिरहा,कार्तिक २७ गते । जिल्ला समन्वय समिति सिरहामा बाम गठबन्धनको पूरै प्यानल विजय भएका छन । ९ सदस्यीय जिल्ला समन्वय समितिको अध्यक्ष,उपाध्यक्ष र सदस्यहरुमा बाम गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् । अध्यक्षमा बामगठबन्धनवाट रामचन्द्र ठाकुर(माओवादी केन्द्र),उपाध्यक्षमा सरोज कुमार यादव(नेकपा एमाले),महिला सदस्यहरुमा तेतरा मोची,गिता पासमान,नुरहजा खातुन र कृष्णमाया कामी र पूरुष सदस्यहरुमा उमेश कुमार सिंह,छविलाल यादव र शुभनारायण यादव निर्वाचित भएका छन् । अध्यक्षमा संघिय समाजवादी फोरमका बादल यादव र उपाध्यक्षमा नेपाली काँग्रेसका विसुन साह पराजित भएका छन् । ३४ मत मध्ये ३३ मत खसेको थियो । जसमा १ मत पूर्ण बदर भएको मूख्य निर्वाचन अधिकृत सुर्दशन पाण्डेले बताउनुभयो |
राजधानीमा मिस्टर र मिस थारुको अन्तिम चरणको अडिसन सम्पन्न भएको छ । Posted: 13 Nov 2017 03:10 AM PST कार्तिक २७,
काठमाडौँ, राजधानीमा मिस्टर र मिस थारुको अन्तिम चरणको अडिसन सम्पन्न भएको छ । नेपालमै पहिलो पटक यो अवसर संचाल्न भइ अन्तिम अडिसन राजधानीको मसाला कोटेजमा सम्पन्न भएको हो। थारु अनलाईन मिडिया र नेक्स्ट ईभेन्ट ईन्टरनेश्नलले पहिलो पटक मिस र मिस्टर थारुको आयोजनामा अन्तिम चरणको अडिसन सम्पन्न भएको छ ।
यो अडिसन १९ गते धनगढि, २२ गते चितवन, २३ गते झुम्का , २४ गते लाहान र २५ गते राजधानीमा सम्पन्न भएको हो। यस अडिसनकाे लागि काठमाडौँ मात्र ८७ जनाले आवेदन दिएका थिए । अडिसनमा निवेदकहरुको छनोटका निम्ति निर्नायक मनडलि नेक्स्ट ईभेन्ट ईन्टरनेश्नलक फाउण्डर दिबस कनिया , थारु मोडेल दोश हरण चौधरी, मिस एशिया नेपालकि उकुषा गिरि साथे थारु फिल्म प्रोडक्सनका मुख्य निष्पादन अधिकारी राम लाल चौधरी र मोडेल एक्टर सुनिता दहित, चंचल चौधरी र श्रवण चौधरी रहेका थिए ।सहभागी मध्ये ४० जनालाइ मिस्टर एण्ड मिस थारुको टिमले सहभागी हुने सहभागीलाइ अन्तर्वार्ताको अचारसिहिताको पालना गरि सहभागीहरुको योग्यता , छ्म्ता, सीप, सैक्षिक् योग्यता, उमेर , उचाई , स्वाथ्य आदिको आधारमा छनोट गरिएका छन् ।
सहभागीहरु मध्ये छनोट हुन् सफल भएका सहभागीको नाम यस प्रकार रहेको छ ।
1. रोशनि चौधरी ( सर्लाही )
2. यरिसा चौधरी ( रौतहट )
3. कबीराज चौधरी ( रौतहट )
4. आशीष महातो (टिकाथली)
5. सुबम चौधरी ( बारा )
6. अलिना चौधरी (कैलाली)
7. सबिता चौधरी (उदयपुर)
8. पार्वती चौधरी (केलाली)
9. किस्मत सिंह थारु ()
10. अनिल सिंह थारु ( नेपालगञ्ज )
11. बिनोद बखरीया ( बर्दिया )
12. नीलम चौधरी ( सप्तरी )
13. सम्झना चौधरी ( दाङ )
14. प्रदुरन चौधरी ( बर्दिया )
15. प्रमेश्वर चौधरी ( कपिलवस्तु )
16. चन्द्नन चौधरी (सिरहा)
17. आर्यन चौधरी ( नेपालगन्ज )
18. नेहा चौधरी (दाङ)
1 9. दिप चौधरी ( बर्दिया )
20. रितिका चौधरी ( सप्तरी )
21. गंगा चौधरी (विराटनगर)
22. विजय चौधरी ( बाँके )
23. अलिशा चौधरी ( इटहरी )
24. संजिप चौधरी ( बर्दिया )
25. दीपा चौधरी ( सुर्खेत )
26. प्रबिण कुमार चौधरी ( बाँके )
27. आशमा चौधरी ()
28. अजय चौधरी
29. राजेन्द्र चौधरी
30. रिंकु कुमार पजियार ( सर्लाही )
31. सिजन चौधरी (सप्तरी)
32. सबनम चौधरी (सप्तरी)
33. बिपिन चौधरी
34. सुनील चौधरी
35. पुष्पलता चौधरी ( सिरहा)
36. सम्झना चौधरी ( सप्तरी )
37. आधारभूत चौधरी
38. सागर चौधरी
39. प्रियान्शी शाक्य थारु (उदयपुर)
40. स्वेता चौधरी ( सुनसरी )
मिस्टर र मिस थारुका निर्देशक सुरेश चौधरीले जानकारी दिएका छन्। |
समानुपातिकको दलित कोटामा गैरदलित उमेद्वार ! Posted: 13 Nov 2017 03:02 AM PST २०७४ कात्तिक २७, काठमाडौं विश्वास खड्काथोकी
काठमाडौं-आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि नौं राजनीतिक दलले समानुपातिकतर्फ दलित कोटामा गैरदलितलाई उमेद्वारी बनाएका छन् । निर्वाचन आयोग नेपालले गत १७ कार्तिकमा प्रकाशति गरेको समानुपातिकको बन्द सूचीमा १७ जनागैरदलितलाई दलितको कोटामा राखिएको छ ।
दलितको कोटामा कांग्रेस, नकपा माले, संघिय समाजवादी फोरम, नेपाल मजदुर किशान पार्टी, एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी, लिवरल डेमोक्रेटिभ पार्टी र युवा नेपाल पार्टीले एक, एक जना, जनसमाजवादी पार्टी नेपालले चार, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चले चार, युवा नेपाल पार्टीले दुई जना गैरदलितलाई उम्मेद्वार बनाएका छन् ।
दलित कोटामा गैरदलितको नाम राखेको बिरोध गर्दै युथ एलायन्स, दलित सरोकार मञ्च र दलित अधिकारकर्मीहरु शुक्रबार निर्वाचन आयोगमा डेलिगेसन गएको थियो । उनीहरुले सूची सच्याउन माग गर्दै निवेदनसमेत दिइएको छ । दलित युथ एलायन्सका अध्यक्ष दिपक सोनीले भने, 'कतिपय दलहरुले समानुपातिकका दलितका कोटाअनुसार नाम नै सिफारिस गरेका छैनन् र कतिपयले गैरदलितलाई सिफारिस गरेका छन् । यसलाई सच्याउनको लागि माग गर्दछौँ । हामीले दलित अयोगमा रजिस्टर भएको सम्पूर्ण थर समेत बुझाएका छौँ ।'
दलितको कोटामा जाने गैरदलित:राजपाले दलित नै पठाएन
राष्ट्रिय जनता पार्टिले दुई नम्बर प्रदेशबाट समानुपातिकतर्फ एक जना पनि दलितको उमेद्वार बनाएको छैन । यस विषयमा दलित सरोकार मञ्चका भोला पासवानले भने, 'दुई नम्बर प्रदेशमा १७.२८ प्रतिशत दलितको जनसंख्या छ । तर, राजपाले एक जना पनि समानुपातिकमा उमेद्वार पठाएको छैन । संविधान त यस प्रदेशबाट कम्तिमा ७ जना दलितलाई उम्मेदबार बनाउनु पर्ने थियो, त्यसैले हामीले सूचीलार्ई सच्याउनको माग गर्दछौँ ।'
उनले राजपाले दलित कोटामा तोकिएभन्दा निकै कम दलित उमेद्वार बनाएको पनि जानकारी दिए । राजपा नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ वर्खिलाप गरेको उनको भनाई छ । एमाले र माओवादी केन्द्रले पनि १५ जना दलितको सूची बुझाउदा एक जना पनि मधेसी दलितलाई नपार्नु पनि दुखद रहेको उल्लेख गरे ।
सच्याउन सकिन्छ
नवराज ढकाल, प्रवक्ता, निर्वाचन अयोग नेपाल
समस्या आएको खण्डमा आगमी २५ गतेसम्म दावि, विरोध गर्न पाइन्छ । त्यसैले, निवेदन नै दिनको लागि हामीले २५ गतेसम्मको लागि समय तोकेका छौँ । सार्वजनिक रुपमै विरोध गर्न पनि पाइन्छ । यो सूची हामीले भन्दा पनि दलहरुले ल्याउने भएकाले उहाँहरुकै अनुसार दर्ता गर्छौँ । पत्रको आधारमा हामीले नाम दर्ता गर्ने हो । दलितको कोटामा गैरदलितलाई राखेको भन्दै उहाँहरुले निवेदन दिनुभएको छ । यस विषयमा हामीले छानविन गर्छौँ । यदि साँचो हो भने सच्याउन सकिन्छ ।
source-Nayapatrika |
डाअध्यक्ष वार्डसदस्य महिलासँग आपत्तिजनक अवस्थामा रंगेहात समातिए Posted: 13 Nov 2017 02:28 AM PST गौशाला: जलेश्वर नगरपालिकाका एक वडा अध्यक्ष गएराति आफ्नै दलित महिला वडा सदस्यसँग आपत्तिजनक अवस्थामा फेला परेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–८ का वडाध्यक्ष विजयकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । गए राति साढे १० बजेतिर जलेश्वर–८ स्थित दलित महिला वडा सदस्यको घरमा वडाध्यक्ष सिंह र दलित महिला वडा सदस्य दुवैलाई आपत्तिजनक अवस्थामा महिलाका देवर, ससुरा र जेठाजुले देखेपछि बाहिरबाटै दुवै जनालाई घरमा थुनेर गाउँलेलाई बोलाएर दुवैलाई रंगेहात पक्राउ गरिएको आरोप रहेको प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभयो । सो महिलाका घरका सदस्यहरु तथा गाउँलेले अध्यक्ष सिंह र दलित महिलालाई पक्राउ गरी प्रहरी बोलाएर गए राति ११ बजे दुवैलाई प्रहरीको जिम्मा लगाएको थियो भने प्रहरीले दुवैलाई गए राति नै मेडिकल जाँच गराई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको प्रहरीले जनाएको छ । सिंह तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)बाट वडाध्यक्षमा विजयी भएका थिए । करिब नौ महिनाअघि वैदेशिक रोजगारीका क्रममा पतिको मृत्यु भएकी सो दलित महिला सदस्यले गत असोज २ गते भएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा दलित महिला वडा सदस्यमा नेकपा एमालेबाट विजयी भएकी थिइन् । पति गुमाएर विधवा रहेकी दलित महिला वडा सदस्य गए राति आफ्ना चार बालबालिकासँग सुतिरहेको बेला वडाध्यक्ष सिंह उनको घरमा पसेको उनीसँग आपत्तिजनक अवस्थामा फेला परेको आरोप महिलाका परिवारका अन्य सदस्य तथा गाउँलेले लगाएका छन् ।
प्रहरी उपरीक्षक कडायतले वडाध्यक्ष सिंह तथा महिला वडा सदस्यमाथि लगाइएको आरोपको सम्बन्धमा प्रहरीले घटनाको वास्तविकता के हो भन्ने बारे थप अनुसन्धान र सोधपुछ गरिरहेको बताउनुभयो । |
जनकपुरको राराब क्याम्पसमा तालाबन्दी,पठन–पाठनमा ध्यान नदिएको आरोप Posted: 13 Nov 2017 12:39 AM PST जनकपुरधाम/२७ कात्तिक, । क्याम्पस प्रशासनले पठन–पाठनमा ध्यान नदिएको आरोप लगाउँदै स्थानीय रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका विद्यार्थीले क्याम्पसमा तालाबन्दी गरेका छन ।क्याम्पस प्रमुख र कर्मचारीबीचको विवादको कारण क्याम्पसको पठनपाठन केही समयदेखि प्रभावित हुँदै आइरहेको छ ।पठनपाठनमा क्याम्पस प्रशासनले ध्यान नदिएपछि सोमबार बिहान बीबीएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसको मूल ढोकामा ताला लगाएका हुन् ।विद्यार्थी आशिष मिश्राले आफूले पटक पटक क्याम्पस प्रमुखलाई वार्ताको लागि गरेको आग्रहमा अटेरी गरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको छ । |
राज्यको नजर नपरेछि..... बलान बिहुल गाउँपालिकाका लाखौं जनता आधुनिक युगमा पनि टुकीको भरमा Posted: 12 Nov 2017 11:19 PM PST राम नारायण पंडित/सिरहा । देशका राजधानी लगायत जिल्ला सदरमुकामहरु लोडसेडिङमुक्त घोषणा भईरहदा ग्रामिण भेगमा अहिले पनि बिजुली बल्न सकेको छैन । सप्तरीको पश्चिमी दक्षिणी भेगका कतिपय स्थानहरुमा अहिलेसम्म विद्युतिय पोल पनि गाडिएको छैन । गाउँमा विजुली वत्तिको व्यवस्था नहुदाँ स्थानियहरु आधुनिक सेवा सुविधाबाट बञ्चित हुन पुगेका छन् । बिजुलीको अभावमा मोवाईल चार्ज गर्न र कुटान पिसान गर्न सिमाबर्ती क्षेत्र अथवा अन्य जिल्ला जानु पर्ने बाध्यता रहेको स्थानियले दुखेसो पोखेका छन् ।
सप्तरीको पश्चिमी दक्षिणी साकिकका बेल्ही, मौवाहा, मल्हनियाँ, रामनगर कोदरकट्टी, रौटहट हाल वलान विहुल गाउँपालिकामा अहिले पनि स्थानियहरु टुकी ९डिबिया० कै भरमा छन् । सरकारले उक्त गाविसहरुलाई मिसारएर वलान बिहुल गाउँपालिका बनाएपनि अबस्था जस्ताको त्यस्तै रहेका छन् । साविक मौवाहा, मल्हनियाँ गाविसका केहि क्षेत्रमा पोल गाडिएको बर्षौ भएपनि विजुली सुचारु हुन सकेको छैन् । स्थानियले भने "स्थानियहरु पोल पाए पनि बिजुली बत्ति अहिलेसम्म पाएनन् । यस्ता धेरै गाउँ अझै छन, जहाँ टुकीकै भरमा जीवन गुजारिँदैछ ।"
सप्तरीका वलान बिहुल गाउँपालिकाका स्थानिय भन्छन, 'हामीलाई कसैले हेरेन, हामी नगरवासी भएर पनि बत्ति मुनिको अधेरो जस्तै भएका छौं ।' देशले हाम्रो समाजको विकासका लागी केहि पनि गरेनन् ।' देश र स्थानिय राजनितिक दलहरुले विकासका लागी खासै पहल नगरेका कारण आफुहरुको क्षेत्र विकासमा पछि परेका छन् । राजनितिक पार्टीका स्थानीय नेताहरु र जनता एकजुट नहुँदा पनि विकास प्रभावित हुने गरेको जानकारहरुको बुझाई रहेका छन् । स्थानियले भने, 'विजुली छैन, सडक छैन, व्यवस्थित खानेपानी छैन तरपनि नगरवासी चाँही हौं ।' गाउँपालिकामा घर छ भन्न पनि लाज मर्दो अवस्था भएको छ । आउँदा दिनमा कसैले सडक, विजुली, सिचाई र कृषिमा लगानी गरेर गाउँको विकास गरी दिए आफुहरुको जीवनमा परिवर्तन आउने अपेक्षा गरेको स्थानिय बुद्धिजिबीहरुको भनाई रहेका छन् ।
राजनितिक दलका प्रभावशाली नेताको प्रत्यक्ष चासो रहेका क्षेत्र रहेपनि बस्तीमा बिजुली बत्ति बलेन । कतिपय तार टाँगिएको क्षेत्रमा पनि बिद्युत प्राधिकरणले बिजुली नदिएको प्रशस्तै उदाहरणहरु छन् ।
हालै निर्वाचित भएका बलान विहुल गाउँपालिकाका नवनिर्बाचित अध्यक्ष दयानन्द गोईतले आफ्नो नगर क्षेत्रमा बिकासका पुर्बाधारका साथै बिद्युत, यातायात, स्वास्थ्य, शिक्षा, संचार लगायतका अतिआबश्यक सेवालाई प्राथमिकतामा राखेको बताएका छन् । पहिलो गाउँपालिका बोर्डको बैठकले आधारभूत आवश्यक्तालाई अगामी ६ महिना भित्र पूरा गर्ने निर्णय समेत गरिएको गाउँपालिकाका अध्यक्ष गोईतले बताए ।
भौगोलीक हिसाबले विकट वडाहरु विकासमा सधै पछि पर्ने गरेका छन । यसलाई गाउँपालिका कार्यालय र राजनितिक दलहरुले अन्त्य गरेर वडाहरुको विकास र त्यहाँका स्थानीयहरुको श्रोत र साधनको पहुँचमा बृद्धि गराउँदै नगरवासी भएको अनुभुति दिलाउन प्रयास गर्नुपर्ने आवश्यक्ता देखिन्छ । |
सिङ्गो बुधौरा गाउँ एमालेमा प्रवेश Posted: 12 Nov 2017 01:02 PM PST सिरहा ः सिरहाको क्षेत्र नंं ३ अन्तर्गत पर्ने सिरहा नगरपालिकाको वडा नंं १५ ( साविक सुखचैना गाविस को वडा नं. १ ) बुधौरा गाउँका २ सय घरधुरीवाट २ सय अभिभावक आज विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । नव प्रवेशीहरु तात्कालिन सुखचैना गा.वि.स.का पूर्व उपाध्यक्ष रामचन्द्र यादवको नेतृत्वमा उहाँकै आँगनमा आयोजित एक सभामा एमालेमा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई एमालेका केन्द्रीय सदस्य तथा सिरहा क्षेत्र नं. ३ का वाम गठबन्धनका स.युक्त प्रतिनिधि सभाका उम्मेदवार लीलानाथ श्रेष्ठले अवीरको टिका लगाई पार्टीमा स्वागत गर्नुभएको थियो भने एमालेका सिरहा जिल्ला अध्यक्ष तथा क्षेत्र नं. ३ को प्रदेश सभा ख का उम्मेदवार प्रमोद यादवले फूलमाला लगाई पार्टीमा भित्र्याउनु भएको थियो । सो अवसरमा माओवादी कैनद्रका नेता मेहश यादवको पनि समउपस्थिति थियो । बुधौरा गाउँका लोकप्रीय तथा वयोवृद्ध नेता तथा गाविसका पूर्व उपाध्यक्ष रामचन्द्र यादव नेपाली कांग्रेस पार्टी परित्याग गरीएमालेमा प्रवेश गरेका हुन् । उनीसंगै सो गाउँका करीव १ सय घरधुरीका अभिभावकहरु , युवा तथा महिलाहरु एमालेमा प्रवेश गरेका हुन् । त्यसैगरी बुधौरा गाउँवाट संघीय समाजवादी फोरम पार्टी परित्याग गरी १ सय युवाहरु एमालेमा प्रवेश गरेका हुन् । नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका नेता रामचन्द्र यादवले भन्नुभयो म बुढेसकालमा नेपाली कांग्रेस परित्याग गरी एमालेमा आएको छु । यसको एकमात्र कारण हो जिल्लाको अभिभावक तथा ईमान्दार नेता लीलानाथ श्रेष्ठलाई जिताउनु छ र प्रमोद यादवलाई जिताउनु छ । लीलानाथ श्रेष्ठ बिकासप्रेमी नेता हुन् । उनी जिल्ला बिकास समिति सिरहाको उपसभापति हुँदा सिरहा जिल्लामा उल्लेख्य विकास गर्नुभएको थियो । सभालाई एमाले जिल्ला अध्यक्ष प्रमोद यादव ,एमाले कै नेता डा. नविन यादव , माओवादी केन्द्रका नेता महेश यादव र एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार लीलानाथ श्रेष्ठले पनि संवोधन गर्नु भएको थियो । सभालाई संवोधन गर्दै लीलानाथ श्रेष्ठले भन्नुभयो विरामी पर्दा उपचारका लागि सक्षम डाक्टर खोज्नु पर्छ । जातको डाक्टर खोजेर हुँदैन । त्यसैगरी चुनावमा ईमान्दार र विकासप्रेमी नेता रोज्नु पर्छ । जात रोजेर हुँदैन । मधेस र मधेसीको विकासका लागि वाम गठबन्धनले नै काम गर्ने र गर्न सक्ने ठोकुवा गर्नुभयो । प्रवेशीहरु दुई सय जनको संख्यामा एमालेमा प्रवेश गरेपछि बुधौरा गाउँ एमालेमय भएको छ । नव प्रवेशीहरुले यस गाउँवाट एमलेलाई दुई तिहाई मत आउने ठोकुवा गरेका छन् । |
मधेसी दलले तोडे सिमा -युवाहरुले यसरी पोखे रिस Posted: 12 Nov 2017 11:23 PM PST ऑनलाइन सिरहा डटकमचुनाव नजिक आउदा प्रचार प्रसार नि तिब्र हुन थालेको छ र यसै विच मधेसी दल ले नि प्रचार प्रसार तिब्र बनाएको छ। प्रचार प्रसारमा प्रयोग हुने ब्यानरमा हिन्दी भाषा अत्यधिक प्रयोग हुन थाले पछि मधेसी युवाहरुले आफ्नो दुखेसो सामाजिक संजालहरुमा पोख्न थालेको छ। चुनाबमा प्रयोग हुने ब्यानरमा हिन्दी भाषा प्रयोग हुन थालेपछि युवा हरु रुस्त हुन थालेको छ र कति युवा ले आफ्नो फेस बुकमा नि यस्तो आक्रोस पखेको छ। |
No comments:
Post a Comment