/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


ऑनलाइन सिरहा डटकम सर्भे : प्रदेश न-२ का जनतालाई जनकपुर प्यारो

Posted: 12 Nov 2017 11:22 AM PST

 ऑनलाइन सिरहा डटकम को हिन्दी संस्करण गरेको सर्भेमा ,प्रदेश २ को राजधानी कहाँ राख्नुपर्छ ? भन्ने प्रस्नमा जनकपुरमा  96% र बिरगंजमा मात्र ४ % भोट आएको छ।आफ्नो मत राख्न यो लिंकमा जानुहोस। 

निर्वाचनलाई लक्षित गरी सिरहामा मतदाता शिक्षा शुरु

Posted: 11 Nov 2017 10:30 PM PST

लहान, कात्तिक २६ गते । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी सिरहामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मत बदरको संख्या कमी ल्याउने उद्देश्यले जिल्ला निर्वाचन कार्यालय सिरहाले मतदाता शिक्षा कार्यक्रमका लागि जिल्लामा खटिने मतदाता शिक्षा स्वयंसेवकलाई तालीम दिन शुरु गरेको छ ।

सिरहाका ४३६ वटै मतदान केन्द्रमा खटिने मतदाता शिक्षा स्वंयसेवक समूहमा विभाजन गरी तालीम दिन शुरु गरिएको जिल्ला निर्वाचन कार्यालय सिरहाका प्रमुख इन्दिरा यादवले जानकारी दिनुभयो ।

निर्वाचन आयोगबाट नमूना मतपत्रलगायतका मतदाता शिक्षा सामग्री आइसकेकाले तालीम लगत्तै गाउँगाउँमा मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिने प्रमुख यादवले बताउनुभयो ।

निर्वाचनसम्बन्धी उठ्ने जिज्ञासा र अस्पष्टतालाई समाधान गर्दै मतदातालाई निर्वाचनप्रति उत्प्रेरणा जगाउने गतिविधि सञ्चालनका लागि निर्वाचन आयोगलगायत विभिन्न संघसंस्थाले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।

मतदाता शिक्षा कार्यक्रममा निर्वाचनमा सहभागी हुन र मतदान गर्न जान प्रोत्साहन गर्ने, मतदाताले निर्वाचनसम्बन्धी राखेका जिज्ञासा र अस्पष्टतालाई स्पष्ट बनाउने, मतको महत्व बुझाएर मतदान गर्न सल्लाह दिने, निर्वाचन प्रणाली र सरकार गठनसम्बन्धी व्यवस्थाबारे स्पष्ट बनाउने, हरेक दलका घोषणापत्र हेर्न आग्रह गर्ने, मताधिकार प्रयोगको गोप्यताका बारेमा आश्वस्त पार्नेलगायतका विषयमा जानकारी दिइने गरिन्छ ।

यसैगरी समग्र विकास सेवा केन्द्रले पनि सिरहा र सप्तरीसहितका जिल्लामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।

युएसएडको सहयोगमा समग्र विकास सेवा केन्द्रले सिरहा र सप्तरीमा मतदाता शिक्षामा खटिने मतदाता शिक्षा स्वयंसेवकलाई दुई दिने तालीम दिएर गाउँगाउँमा खटाइएको छ ।

निर्वाचनप्रति मतदातालाई सचेत र जागरुक बनाउने उद्देश्यका साथ सिरहाको लहान नगरपालिका, मिर्चैया नगरपालिका र कर्जन्हा नगरपालिकालगायत विभिन्न स्थानीय तहमा मतदाता शिक्षाका लागि मतदाता शिक्षा स्वयंसेवक खटाइएको समग्र विकास सेवा केन्द्रका पूर्वाञ्चल संयोजक दुर्गाप्रसाद महतोले जानकारी दिनुभयो । उहाँका अनुसार सप्तरीमा पनि मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि मतदाता शिक्षा स्वयंसेवकलाई तालीम दिन शुरु गरिएको छ ।

सप्तरीको शम्भुनाथ नगरपालिकास्थित नगर सभाहलमा शुरु गरेको मतदाता शिक्षा स्वयंसेवकको दुईदिने तालीममा २५ जनाको सहभागिता रहेको समग्र विकास केन्द्र सप्तरीका संयोजक अरुणकुमार चौधरीले जानकारी दिनुभयो ।

यसका साथै मतदाता शिक्षा कार्यक्रमअन्तर्गत सिरहा र सप्तरीका विभिन्न स्थानमा नमूना मतदान र सडक नाटकसमेत गरिने संयोजक महतोको भनाइ छ ।

प्रतिनिधिसभाको चार र प्रदेशसभाका लागि आठ निर्वाचन क्षेत्र रहेको सिरहामा कूल तीन लाख ४४ हजार ३७० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ ।

सिरहा ४ मा दुइ मन्त्रिको दौड, कसले मार्लाबाजी

Posted: 11 Nov 2017 10:15 PM PST


सिरहा, २६ कात्तिक ।  दोस्रो चरण अन्तर्गत आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभाको लागि सिरहा क्षेत्र नं. ४ मा बमगठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा पूर्व मन्त्री अजयशंकर नायक र मधेसी गठबन्धनका तर्फबाट पूर्व मन्त्री तथा राजपा नेपालका अध्यक्ष मण्डका अध्यक्ष राजकिशोर यादवले उम्मेदवारी दिएका छन् । नेपाली कांगेसले महासमिति सदस्य तथा सभासद मोखतार आलमले उम्मेदवारी दिएका छन् ।

सिरहा क्षेत्र नं. ४ मा पर्ने मिर्चेया र कर्जन्हा नगरपालीका नेकपा माओवादी केन्द्रले जितेका छन्, भने नरहा गाउँ पालीका नेकपा एमालेले विजयी हासिल गरेको छ । त्यसैगरी, नेपाली काग्रेस कल्याणपुर नगरपालीकामा विजयी भएका छन् । यहाँ राजपाले ४ वटा वडा जितेको छ, भने विष्णुपुर गाउँपालीका संघिय समाजवादी फोरम जियी भएका छन् ।


वर्तमान निर्वाचन क्षेत्र नं. ४ मिर्चैया, कर्जन्हा र कल्याणपुर नगारपालीका, विष्णुपुर गाउँपालीकाको वडा नं. २,३,४  नरहा गाउँ पालीकाको ३,४, ५ र नरहा गाउँ पालिकाको ३, ४, ५ नम्वर वडालाई समेटेर क्षेत्र निर्धारण गरिएको छ ।

स्थानीय निर्वाचनको परिणामलाई आधार मान्दा यसक्षेत्रमा सवैभन्दा बलियो बाम गठवन्धन देखिन्छ । मधेसवादी दल र नेपाली काँग्रेस उसकोको उपस्थिति कम देखिन्छ ।
स्थानिय निकायमा भएको पराजय र बाम गठवन्धनको दवावमा मधेसी दलहरुले पनि आपसमा गठबन्धन गरेपछि उनीहरुको पनि अवस्था सुधार भएको स्थानीय जानकारहरु बताउँछन् । तर, यसक्षेत्रमा राजपाको राम्रो मानिएको कल्याण नगरपालीकामा नै स्थानीय स्तरमा संघिय समाज वादी फोरम र राजपा विचमा कटुता देखिएकाले राजपाले आकलन गरेजस्तो मत नआउन सक्ने आकलन गरिएको छ ।
स्थानीय निर्वाचनताका राजपाले अरुनै दलसँग गठबन्धन गरेपछि यहाँका फोरम निकट नेताहरु राजपाप्रति असन्तुष्ट रहेको भनाई छ । यसले यो निर्वाचनमा असर गर्ने स्थानीय बुझरुकहरुको आकलन छ ।
यो असन्तुष्टिले यहाँ नेपाली काँग्रेसलाई पफाइदा हुने आकलन गरिएको छ ।
 कल्याणपुरस्थित रामदुलारी माध्यमिक विद्यालयका प्रधानअध्यापक लालदेव साहका अनुसार स्थानीय निकायको मत परिणामले बामगठबन्धन अगाडी देखिएपनि शोही अनुसारको मत बाम गठबन्धनले पाउन गाह्रो हुने बताउनु हुन्छ । 
उहाँ भन्नुहुन्छ, 'पछिल्ला केही दिनदेखि देखिएको गतिविधिहरुले बाम गठबन्धन अग्रभागमा देखिएपनि नेपाली काग्रेस र राजपाका उम्मेदवारलाई पनि कम आक्न मिल्दैन, नेपाली काग्रेसको अवस्थापनि सुधार हुँदै गएको पाएको छु ।'
यही गतिमा नेपाली काग्रेस अगाडी बढ्ने हो भने बाम र कांग्रेसको प्रतिस्पर्धा हुने प्राध्यापक साहको आकलन रहेको छ ।
यता, नेकपा माओवादीका उम्मेदवार अजयशंकर नायकले यो क्षेत्र पहिलादेखि नै बामहरुको पक्कड रहेको र अहिले एमाले माओवादी गठबन्धले हाम्रो अवस्था असाध्ये राम्रो बनेको जिकिर गर्नुभयो ।
 उहाँले उन्नुभयो, 'धेरै कुरा स्थानीय निर्वाचनले पनि बताई सकेको छ, त्यसको साथै हाम्रो पार्टी स्वसित, 'पीडित जनताको पक्षमा रहेकोले उनीहरुले हामीलाई मायाँ गर्नेछ भन्ने विश्वास छ ।' उहाँले यो क्षेत्रमा बाम गठबन्धनलाई कसैले रोक्न नसक्ने पनि दावी गर्नुभयो ।
त्यसैगरी, राजपा नेता राजकिशोर यादवले जसरी बामगठबन्धनको पक्कड भएको प्रचार गरिएपनि आफूले त्यस्तो नपाएको बताउनु भयो ।
 उहाँले आफू क्षेत्रमा घुमेपछि आफ्नो पाक्षमा धेरै जनता रहेको पाएको सुनाउनु भयो । उहाँले आफूले मधेसी जताको पक्षमा खेलेको भूमिका र व्यक्तित्वका कारण पनि आफ्नो अवस्था निकै राम्रो रहेको जनाउनु भयो ।
जनताले गाउँ गाउँमा पुग्दा दिउको माँयाले आफू निकै उत्साहित भएको पनि पूर्व मन्त्रि यादवले बताउनु भयो ।
यता नेपाली काग्रेसका उम्मेदवार मोखतार अमदले अहिले नै जित हारको आकलन गर्न नसकिने जनाए । तरपनि जनताले आफूलाई मायाँ गर्नेमा विश्वस्त रहेको मोख्तारको कथन थियो ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment