/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


मिर्चैया प्रहरीद्धारा अवैध गाजा खेति फडानी

Posted: 11 Nov 2017 06:27 AM PST

राम नारायण पंडित, सिरहा, २५ कार्तिक । विभिन्न स्थानमा लगाईएको अवैध गाँजा खेती फडानी गर्ने कार्यलाई सिरहा प्रहरीले निरन्तरता दिएको छ । ईलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाको संयुक्त गस्ति टोलीले मिर्चैया नगरपालिका बडा नं. ९ रमपुरामा लगाइएको करीब १० कठ्ठाको अबैध गाजा खेती आज (शनिबार) नष्ट गरेको हो । 
अबैध रुपमा लुकाईछिपाई बडाको बिभिन्न स्थानमा लगाईएको करीब १० कठ्ठाको २५ सय अबैध गाँजाका बोट फडानी गरी नष्ट गरिएको ईलाका प्रहरी कार्यालय मिर्चेयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) गजुसिद्धि बज्राचार्य बताए । 

गाँजा फडानीका लागी अभियान नै सञ्चालन गरिएकोले विभिन्न ठाउँमा लगाईएका गाँजा खेती नसकिएसम्म फडानी कार्य जारी रहने डिएसपी बज्राचार्यले बताए । 
गाँजा लागुऔषध भएकाले गाँजा खेति, उत्पादन, खरिद विक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐन अनुसार कारवाही हुने उनले वताए ।


अब वडा कार्यालयमा पाइने सुबिधाहरु: जानकारी सक्दो शेयर गरिदिनुहोला

Posted: 10 Nov 2017 10:36 PM PST

यी हुन् वडा कार्यालयमा पाइने सुबिधाहरु



काठमाडौं । नयाँ संरचनाअनुसार स्थानीय तह कार्यान्वयनमा आएपछि सेवाग्राहीहरु अन्योलमा परेका छन् ।
विशेष गरी गाउँ पालिकाको नयाँ व्यवस्थासँगै गाविसबाट हुँदै आएको काम कारबाही र उपलब्ध सेवा बारे नागरिकमा अन्योल बढेको हो ।
नयाँ व्यवस्थाअनुसार गाविसले पहिले प्रदान गर्दै आएको सेवा अब गाउँपालिकाको वडाबाट उपलब्ध हुनेछ ।
अब वडा कार्यालयमा पाइने सुबिधाहरु निम्न छन्ः
१) नाता प्रमाणित, २) नागरिकता र प्रतिलिपी सिफारिस, ३) घर बहाल कर शिफारिस,
४) मोहि लगत कत्ता शिफारिस, ५) घर जग्गा कर, ६) जन्ममिति प्रमाणित,
७) व्यापार व्यवसाय खोलेको बन्द गरेको, ८) मिलापत्र, ९) विवाहित अविवाहित, १०) निशुल्क उपचार सिफारिस,
११) अङ्ग्रेजी भाषामा सिफारिस, १२) घर जग्गा प्रमाणित, १३) व्यक्तिगत प्रमाणित, १४) घरपुर्जा प्रमाणित,
१५) पुर्जा हराएमा प्रमाणित, १६) कित्ताकाट सिफारिस, १७) नामथर जन्म मिति संशोधन, १८) मृत्युु दर्ता, हकदार नामसारी,
१९) उद्योग नामसारी, ठाँउसारी, २०) पूर्व प्रथामिक विद्यालय खोल्ने सिफारिस, २१) जग्गा ,धितो मुल्यांकन, २२) विद्यालयको कक्षा थप्ने,
२३) पोषण सम्बन्धि, २४) वैवाहित अङृकृत सिफारिस, २५) गरिब, बिप्पन प्रमाणिात,
२६) विद्यालय ठाँउसारी, २७) धारा , विद्युत, ढल जडान, २८) अन्य

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment