लहान, १४ कात्तिक । राप्रपा नेपालका केन्द्रिय सदस्य लगनलाल चौधरी नेकपा एमालेमा मंगलबार हजौरौ कार्यकता सहित प्रवेश गरेका छन् । अगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी तयारी तथा पार्टी प्रवेश कार्यक्रममा केन्द्रिय सदस्य चौधरीलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य रामपृत पासमानले फुलमाल लगाई पार्टीमा प्रवेश गराएका हुन । चौधरीले राप्रपा नेपालले पार्टीको हित विपरित काम गर्दै आइरहेको र संघ र प्रदेशको चुनावमा काग्रेस पार्टीसंग लोकतान्त्रिक गठबन्धन बनाउन लागेको भन्दै हजारौ नेता तथा कार्यकताका साथ एमाले प्रवेश गरेका छन् । स्थानीय तहको निर्वाचनमा राप्रपा नेपालको तर्फवाट लहान नगरपालिकाका मेयरमा चौधरी एमालेका निर्वाचित मेयर मुनि साहसंग नराम्रोसंग पराजित भएका थिए । चौधरीसंगै नेपालीका काग्रेसका बिरेन्द्र चौधरीको नेतृत्वमा २ सय कार्यकता प्रवेश गरेका छन् भने संघिय समाजवादी फोरमका रामनारायण महतो लगायत अन्य पार्टीका नेता कार्यकताहरु पार्टी प्रवेश गरेको नेकपा एमाले लहान नगर सभापति सचितानन्द चौधरीले जानकारी दिए । को हुन लगनलाल चौधरी ? चौधरी २०४३ सालमा राप्रपा नेपालबाट राष्ट्रिय पञ्चायतका सदस्य थिए भने २०४८ सालमा लहान नगरपालिकाको पहिलो मेयरका रुपमा निवार्चित भएका थिए । चौधरी २०५८ सालमा जिल्ला सभापति भइसकेका चौधरी हालै सम्पन्न भएका स्थानीय तहको निर्वाचनमा लहान नगरपालिका लहानका मेयरमा पराजित भएका हुन । उनले लहान नगरपालिकाको मेयरमा ४ हजार ४ सय ६५ मत ल्याएर पराजित भएका थिए । चौधरी प्रवेशले माओवादी केन्द्र र नेकपा एमालेको बाम गठबन्धन सिरहा निर्वाचन क्षेत्र नं १ मा बलियो देखिएको छ । लहान नगरपालिकाको मेयर उपमेयर सहित ९ वटा वडामा एमाले जित हासिल गरेका छन् भने माओवादी केन्द्रले २ वटा वडामा विजय भएका छन् । त्यसो त एमाले माओवादी गठबन्धन यस क्षेत्रमा बलियो रहेको छ भने चौधरीको मत जोडदा लोकतान्त्रिक गठबन्धन भन्दा अधिक मत देखिन्छ । लगनलाल चौधरी मेयर हुदा लहान नगरमा गरेको विकासले उहालाई यस क्षेत्रको लोकप्रिय नेताको रुपमा चिनिन्छ ।
काठमाडौं । पाए आफन्त, नपाए ग्राहक खोज्दै टिकट बेच्दै आइरहेको राजपा पार्टीभित्र इमानदार र स्वच्छ छबिका नेता कार्यकर्तालाई बाइकट गर्दै प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका व्यक्तिले टिकट हत्याउने क्रम बढेको छ ।
राजेन्द्र महतोले स्याङ्जाली नरमाया ढकाललाई एक करोडमा टिकट बेचेको प्रशंग सेलाउन नपाउँदै जनकपुरबाट विभा ठाकुरसँग २० लाख असूलेर अनिल झाले टिकट दिलाएको चर्चा छ । राज्यसँग अधिकार माग्ने तर अधिकार दिने बेलामा दलित, महिला, जनजातिलाई नै उपेक्षा गरिएको चर्चा छ । सिरहाबाट विनिता यादव, सप्तरीबाट पुष्पा ठाकुर, महोत्तरीबाट राम्रो जनाधार भएकी रानी शर्मालगायतको प्रमुख दावेदारी अगाडिदेखि नै चर्चामा थियो । तर यी महिलालाई बाइपास गरेर समानुपातिकमा खुम्च्याउने प्रयास भएपछि उनीहरु रुष्ट भएका हुन् । जनआस्था साप्ताहिकबाट
सिरहा, कार्तिक १५। मिरचैया नगरपालिका-२ का नवनिर्वाचित वड़ा अध्यक्ष लक्ष्मेशर कापरीले सपथ ग्रहण गरे देखी दोस्रो पटक काम गर्न सुरु गरे र सरसफाई तथा जनचेतना बढाउने काम सुरूवात गरेका छन । नेकपा माओवादी केन्द्र वाट मिरचैया नगरपालिका -२मा कडा प्रतिस्पर्धाका विच विजयी भएका बड़ा अध्यक्ष कापरी द्वारा आज बड़ा भित्र सरसफाई र घर घर मा गएर जनचेतना कार्यक्रमको आयोजना गर्नु भएको छ ।आफ्नो वड़ा लाई सबै भन्दा राम्रो वडा बनाउने लक्ष्य लिएर सरसफाइ र जनचेतना कार्यक्रमको आयोजना गर्नु भएको छ ।उक्त कार्यक्रममा मिरचैया नगरपालिका-२मा आफै कुचो,पन्जा ,मास्क, लगाई सरसफाई गर्नु भएको छ उहा लगायत मिरचैया नगरपालिका मेयर,वडा बाशी,बुद्धिजीबी,भारभलधमी,शिक्षक,शिक्षाका ,विद्यार्थी,संचारकर्मी,वडा कार्यालय को सम्पूर्ण कर्मचारीहरले सरसफाई गरेका थिए र सरसफाई तथा जनचेतना र फोहरमैला व्यवस्थापन कार्यक्रम सम्पन भएको छ । साथै,हेल्प मदेशी ,कतार का प्रमुख विनाेद साह र काेषा अध्यक्ष लालबाबु कापरी द्वारा कतार मा मृत्यु भएका राजकुमार कापरीका श्रीमती ईशवर वती देबि कापड़ी लाई मिरचैया नगरपालिका नवनिर्वाचित मेयर श्रवण यादव को हात बाट ₹ २४०२५ ।- प्रदान गरेको छ ।
सिरहा,कार्तिक १५ गते । जिल्ला वन कार्यालय सिरहाले आज विशेष सुराकको आधारमा लहान न.पा १८ बाट लाखौ मुल्य बराबरको काठ बरामद गरेका छन् । लहान न.पा १८ वस्ने ईसलाम मियाको घरबाटबाट अन्दाजी २ लाँख पचास हजार मुल्य बाराबरको काठ बरामद गरेको सहायक वन अधिकृत अमरेन्द्र प्रसाद यादबले बताए । यादबका अनुसार सहायक वन अधिकृत रामभगत यादबको कमाण्डमा खटिएका शसत्र वन सुरक्षाकर्मी टोलीले आज दिउसो ३ बजे उक्त परिमाणका काठ बरामद गरेको बताए । यस बिषयमा छानविन भई रहेको जिल्ला वन अधिकृत सुनिल कुमार सिंहले बताए ।
No comments:
Post a Comment