/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


सिरहामा मध्यान्हसम्म ठूला दलका एउटै उम्मेदवारी परेन

Posted: 02 Nov 2017 09:30 AM PDT

सिरहा,कात्तिक १६ गते : आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि आज सिरहामा पनि मनोनयनपत्र दर्ता सुरु भएको छ । सिरहा सदरमुकामस्थित चन्द्र मावि परिसरमा खडा गरिएको निर्वाचन कार्यालयमा मनोनयन दर्ता सुरु भएको हो ।


बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गराउने समय तोकिएको छ । तर मध्यान्ह १२ बजेसम्म दुई उम्मेदवारले मात्र उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेका अनुसार मध्यान्ह १२ बजेसम्म क्षेत्र नम्बर ४ को प्रदेशसभा १ बाट पलासदेवी यादब स्वतन्त्र र रामभवन कापर नेपाल समाजवादी पार्टी (लोहियाबादी)बाट उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार कसलाई बनाउनेबारे टुंगो नलागेकाले काँग्रेसको उम्मेदवारी दर्ता साँझसम्म हुने अनुमान गरिएको छ । बाम गठबन्धनको तर्फबाट एमाले र माओवादी केन्द्रलाई उम्मेदवारी दर्ता गर्न दिउँसो २ बजेको समय तोकिएको छ । २ बजे अगाडि नै राजपा र संघीय समाजवादी फोरमको समय तोकिएपनि अहिलेसम्म कोही उम्मेदवार उम्मेदवारी दिन आएका छैन् ।

विगतको निर्वाचनमा मनोनयन दर्ताको दिन उल्लेख्य भिड देखा पर्ने गरेपनि आजको मनोनयन दर्ता कार्यक्रममा सिरहा सदरमुकाममा खासै चहलपहल तथा भिड देखा परेको छैन । मनोनयनपत्र दर्ता गराउने स्थलमा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

सिरहामा प्रतिनिधिसभाका ४ र प्रदेशसभाका ८ निर्वाचन क्षेत्र कायम भएको छ । जिल्ला निर्वाचन कार्यालय सिरहाका अनुसार कुल ३ लाख ४४ हजार ३७० मतदाता रहेका छन् । स्थानीय तहको निर्वाचनमा ४३१ मतदान केन्द्र रहेको थियो । तर मतदाता संख्या बढेपछि ५ मतदान केन्द्र थप गरेर यो निर्वाचनका लागि कुल ४३६ मतदान केन्द्र तोकिएको छ । source:AP

मेडिकल डाक्टरको गाउँमै सेवा गर्ने अभियान

Posted: 02 Nov 2017 09:27 AM PDT

सिरहा, १२ कार्तिक । सिरहाको लहान वरिपरिका डाक्टर,नर्स,अहेब, अनमी पढेकाहरु तथा डाक्टरी पेशामा स्थापित भइसकेका व्यक्तित्वहरुको समुहले गाउँमै सेवा गर्ने अभियान थालेका छन् । वस्तीपुर ग्रामिण स्वास्थ्य केन्द्र संस्था स्थापन गरी उनीहरुले मानव स्वास्थ्य सम्बन्धी अभियान सुरु गरेका छन् । सोही अभियानको क्रममा एकसाता अगाडि लहान नगरपालिका १४ वस्तीपुरमा स्वास्थ्य शिविर मार्फत सैयौँ विरामीलाई उपचार गरेका छन् । विरामीहरुलाई उपचारको साथै औषधि पनि निःशुल्क उपलब्ध गराएका थिए ।वस्तीपुर ग्रामिण स्वास्थ्य केन्द्र मार्फत मानिसको शारिरीक स्वास्थ्यको लागि मात्रै होइन, सामाजिक स्वास्थ्यको लागि पनि अभियान सुरु गरेको संस्थामा आवद्ध डा. सन्दर्भ गिरीले जानकारी गराएका छन् । उनले भने, 'हामीले समय–समयमा स्वास्थ्य शिविरहरु आयोजना गरि विरामीलाई उपचार गर्छौ ।'केही दिनभित्रै हामीले नाक, कान, घाँटीको शिविर गर्ने योजनामा रहेको डा. गिरीले बताए । नाफा वितरण

नया मैथिली गीत-आहा के रूप इ सिङ्गार स

Posted: 01 Nov 2017 08:17 PM PDT

गायक: अनजु यादव र संन कुमार
संगीत: रोहित र प्रमोद
गीत: सरोज मंडल
दिशा: अशोक आर्यन यादव
आदर्श: सरोज आर्यन यादव र लाजिना सबेडी
कोरियोग्राफी: स्यान्डिप मन्डल



फोरम नेपाल द्वारा ६२ उम्मीदवारका नाम घोषणा (उम्मीदवार र निर्वाचन क्षेत्र को सूची सहित)

Posted: 01 Nov 2017 08:06 PM PDT

संघीय समाजवादी फोरम नेपालले 62 जना उम्मेदवारहरूको प्रतिनिधित्वको प्रतिनिधित्वका लागि घोषणा गरेको छ। फोरम नेपाल र राजपाले पहिले नै राज्यका उम्मेद्वारहरूको नाम र निर्वाचन क्षेत्रका प्रतिनिधिहरू सार्वजनिक गरेको छ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment