Onlinesiraha-Nepali |
- सिरहामा यौनकाण्ड लुकाउन दिदीले गरिन् भाइको हत्या
- बाम गठबन्धनः प्रदेश दुईको सिटबाँडफाँड, जनकपुरधाममा स्वतन्त्र
- हत्याको आरोपी युवतीद्धारा हिरासतमै आत्महत्या
सिरहामा यौनकाण्ड लुकाउन दिदीले गरिन् भाइको हत्या Posted: 30 Oct 2017 11:29 PM PDT सिरहा, कात्तिक १२ – सिरहाको कर्जन्हा–२ की १६ वर्षिया प्रियंका यादवले यौनकाण्ड लुकाउन भाइको हत्या गरेकी छिन् । यादवले साथीसँग मिलेर आफ्नै ठूलोबुवाको छोराको हत्या गरेकी हुन् । १४ वर्षिय सञ्जय साहसँगको यौन सम्बन्ध खुल्ने डरले प्रियंकाले साहसँग मिलेर ठूलोबुवा कुसुमलाल यादवको १३ वर्षिय छोरा भवेश यादवको कात्तिक ३ गते हत्या गरेको प्रहरीले जनाएको छ । हत्या घटनामा संलग्न उनीहरु दुवैलाई प्रहरीेले पक्राउ गरेर छानबिन सुरु गरेको छ । भैसी चराउन गएको वेलामा प्रियंका र सञ्जयलाई आपत्ति जनक अवस्थामा देखेका भवेशले काका र आफन्तलाई सुनाइदिने भनेपछि उनीहरु दुबै मिलेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको आइतबार पत्रकार सम्मलेन गरी इलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिएको छ । गत कात्तिक ३ गतेदेखि घरबाट हराएका भवेशको शव घर ननिकैको सिशमको जंगलमा वनमारा घारीमा कुहिएको अवस्थामा ५ गते बेलुका फेला परेको थियो । प्रियंकाले नै साथीहरुसँग भैसी चराउन गएको बेला शव देखेको र शव नजिकै भाइ भवेशको हातमा लाउने बाला र चप्पल देखेपछि भवेशकै शव भएको भन्दै घरमा खबर गरेका थिए । प्रियंका र सञ्जयले आफूहरुको यौन काण्ड सार्वजपनक नगर्न अनुरोध गर्दा उनले अभिभावकलाई सुनाउने भनेपछि आफूहरुले हत्या गर्ने योजना बनाएको कुरा प्रहरीलाई बताएको प्रहरीले जनाएको छ । योजना अनुरुप नै भवेशसँग समेत अतिमिल्ने र ४ कक्षामा एउटै विद्यालयमा पढ्ने साथी सञ्जयले हामीले पटाका र एउटा मोबाइल भेटेका छौं तिमीलाई पनि दिन्छौं, भन्दै घर नजिकैको वनमा लगेर हत्या गरेको सञ्जयले प्रहरीलाई बयान दिएका छन् । प्रियंका र सञ्जयले पटाका खाल्डो खनेर लुकाएका छौं, यही छ भनि भवेशलाई खन्न लगाएर उनको गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ । लाश नचिनियोस् भनेर आफूहरुले जिउ र टाउको छुट्याएर फालेको उनीहरुले सुनाएको प्रहरीले जानकारी दिएको छ । कसरी भयो अनुसन्धान ? घरबाट सञ्जय र भवेशसँगै निस्किएको र सञ्जयले भवेशलाई आफूले नचिनेको युवकसँग कुराकानी गर्न थालेपछि मलाई घर जाउ म आउँछु भनेर घर पठाएको भनेपछि प्रहरीले उसैको बयानको आधारमा स्केच फोटो बनाएको थियो । सञ्जयको बयानका आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंबाट आएका प्रहरीले उनीसँगै मिल्ने स्केच फोटो बनाएका थिए । उनीसँगै मिल्ने फोटो बनेपछि प्रहरीले अनुसन्धानलाई उनीहरुबितर मोडेको थियो । अनुसन्धानकै क्रममा सञ्जय पछि घर आउँदा पानीले भिजेको कपडा लगाएर आएको सूचना पाएपछि प्रहरीले केरकार गर्दा घटनाको रहस्य खुलेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी गजुसिद्धी बज्राचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो 'अनुसन्धानको क्रममा सञ्जयलाई हामीले दिनभरी ल्याएर प्रहरीसँगै राख्ने र वेलुका घर पु¥याउने गरिरहेका थियौं, पछि प्रहरीको छानबिनको घेरमा उनी आफैं परे ।' उनीहरु दुवैलाई थप अनुसन्धानको लागि प्रहरी हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहा, २ नम्वर प्रदेशबाट आएका विशेष प्रहरीको अनुसन्धान टोली र इलाका प्रहरी कार्यालय मिर्चैयाको संयुक्त टोलीले हत्यामा संलग्न रहेकाले दुवैलाई पक्राउ गरी अनुसन्धान गरेको जनाएको छ । |
बाम गठबन्धनः प्रदेश दुईको सिटबाँडफाँड, जनकपुरधाममा स्वतन्त्र Posted: 30 Oct 2017 11:09 PM PDT एमाले र माओवादीसहितको बाम गठबन्धनले दुई नम्बर प्रदेशको सिट बाँडफाँड गरेको छ । वाम गठबन्धनले भने धनुषा क्षेत्र नम्बर ३ स्वतन्त्रका लागि छोडेको छ । जहाँ जनकपुरधामसमेत पर्ने गरेको छ । उक्त क्षेत्रबाट नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले चुनाव लड्ने घोषणा गरिसकेका छन् । त्यस्तै, महोत्तरी २, सप्तरी ४ र सर्लाहीको निर्वाचन क्षेत्र नम्बर २ मा पनि स्वतन्त्रका लागि छोडिएको छ । हुलाकी न्यूजलाई माओवादी केन्द्रका नेता मातृका प्रसाद यादवले दिएको जानकारी अनुसार स्वतन्त्रका लागि छोडिएको सिटमा प्रभाव शाली व्यक्तिहरुको खोजी हुँदैछ । जसमा मधेशवादी पार्टीबाट असन्तुष्ट नेताहरु पनि आउन सक्ने उनले बताए । तालिका : अनलाईनखबरबाट |
हत्याको आरोपी युवतीद्धारा हिरासतमै आत्महत्या Posted: 30 Oct 2017 10:46 PM PDT सिरहा, १२ कार्तिक । अनैतिक सम्बन्ध खुल्ने डरले भाईको हत्या गरेकी दिदीले प्रहरी हिरासतमै आत्महत्या गरेकी छिन् । सिरहाको कर्जन्हा नगरपालिका २ की १६ वर्षिया प्रियंका यादवले प्रहरी हिरासतमा आइतबार बेलुकी झुण्डिएर आत्महत्या गरेकी प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरेर आज सार्वजनिक गरेको केहि घण्टापछि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सिरहाका डिएसपी राजन भेटबालले बताए । काकाको छोरा तथा भाइ भवेशकुमार यादवको हत्याको आरोपमा प्रियंका र निजका नजिकका साथी सञ्जयकुमार साह पक्राउ परेका थिए । पक्राउ परेका मध्ये प्रियंकालाई ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट ठाउँ अभावका कारण प्रहरी चौकी बिष्णुपुर लगिएको थियो । प्रियंकाले हिरासतकै शौचालयको भन्टिलेरको रडमा सलले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google Inc., 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment